×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन्

१३ पुष , काठमाण्डौ ।

एकसाताको प्रत्यक्ष अप्रत्यक्ष संवादलाई काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेले आज झिसमिसे विहानमा ७ बुँदे सहमतिमा टुंग्याएपनि एकताकै पहलमा रहेका उज्यालो नेपाल पार्टीका संरक्षक उर्जामन्त्री कुलमान घिसिङ भने छुटेका छन् ।

Advertisement
Advertisement

सहमतिका लागि रवि र बालेनसहित संयुक्त रुपमा बसेका कुलमानले आफ्नो अस्तित्व समेत स्वीर्कानु पर्ने अडान नछाडेपछि बालेन र रवि मिल्दा समेत कुलमान एक्लिएका हुन् ।

यस्तै जेनजी आन्दोलनपछि नयाँ वैकल्पिक शक्तिको एकतामा रबि बालेन र कुलमानसँगै धरानका मेयर हर्क साम्पाङ समेत समेटिनु पर्ने आवाज उठिरहेपनि हर्कले समेत एकता नगर्ने घोषणा गर्दै आएका छन् ।

हिजो पार्टी एकता नभएको अवस्थामा रास्वपा भन्दा पनि कुलमानको उज्यालो नेपाललाई आफ्नो प्रमुख प्रदान शत्रुकै रुपमा हेरेका हर्कको वेचैनी आज बालेन र रविबीचको एकतापछि भने झनै बढेको छ ।

उनले आफ्नो वेचैनी सामाजिक संजालमार्फत देखाइरहेका छन् । यता पहिलो एकतामा छुटेका कुलमान भने अझै एकता र सहकार्यकै पक्षमा छन् । उनले रवि र बालेनबीचको एकतापछि वैकल्पिक सबै शक्तिहरु एक हुनुपर्ने बताएका छन् ।

सके एकता, नसके कार्यगत एकता गरेर भए पनि जानुपर्ने उनको धारणा छ । आज बिहान पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कुलमानले भने, ‘सही नेतृत्वहरु, वैकल्पिक शक्तिहरु सबै एक भएर जानुपर्छ ।

सकेसम्म एक भएर जाने, नभए कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौं । त्यसैले सबै नयाँ र मूलधारका शक्तिहरु एक भएर जान म आह्वान गर्छु ।’ नेपाली जनताको चाहना पनि यही भएको उनले बताए ।

‘आजको दिन नेपाली जनताको सबै वैकल्पिक शक्तिहरु एक होस्, अगाडि बढोस् र नयाँ नेतृत्व दिओस् भन्ने चाहना छ । यसलाई हामी सबैले बुझेर त्यसतर्फ अगाडि बढ्नुपर्छ,’ वर्तमान सरकारका मन्त्री समेत रहेका घिसिङले भने ।

रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएकै दिन घिसिङको यो अभिव्यक्ति सार्वजनिक भएको हो । उनले बालेनसँग एकता तथा सहकार्यका लागि छलफल समेत अगाडि बढाएका थिए ।

तर रवि र बालेन एक हुँदा कुलमान भने अहिले छुटेका छन् । घिसिङले उज्यालो नेपाल पार्टी सम्मान र स्वाभिमान नमेटाइकन सबैसँगै सहकार्य गर्न तयार रहेको बताए । त्यसको गृहकार्य पनि भइरहेको भन्दै उनले केही दिनमै नतिजा आउने विश्वास व्यक्त गरे ।

यता उज्यालो नेपाल पार्टीका प्रवक्ता डा. राजु थापाले रास्वपाका सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबिच अझै संवादको ढोका खुला रहेको प्रतिक्रिया दिएका छन् ।

उनले उज्यालो नेपाल निरन्तर संवाद जारी राख्ने पक्षमा रहेको बताएका छन् । हिजो कुलमान र बालेनबीच दुई पटक वान टु वान छलफल भएको थियो । बिहानको भेटमा बालेनले रास्वपासँग भएको आधारभूत सहमतिबारे व्रिफिङ गर्दै त्यसमा मिसिन कुलमानलाई प्रस्ताव गरे ।

तर, कुलमानले निशर्तरुपमा रास्वपामा विलय हुन नजाने अडान लिए । दिउँसो पार्टीको केन्द्रीय समिति वैठकमा सहभागी भएर उनले आत्मसम्मान गुमाएर एकता नगर्ने अभिव्यक्ति दिएका थिए ।

यद्यपि, रास्वपासँग मिल्नुपर्छ भन्ने मत पार्टीमा बलियो थियो ।साँझ फेरि बालेन र कुलमानबीच बालुवाटारमा भेटवार्ता भयो । उक्त भेटवार्ता झनै सकारात्मक हुन सकेन । कुलमानले आधा कार्यकाल आफू प्रधानमन्त्री बन्ने प्रस्ताव बालेनले अस्वीकार गरेको स्रोतहरुले बताएका छन् ।

कुलमानले भावि प्रधानमन्त्रीमा आलोपालो गर्ने प्रस्ताव बालेनसँग राखेका थिए । तर जेनजी आन्दोलनको म्यान्डेट नै आफू ५ वर्ष प्रधानमन्त्री हुनुपर्छ भन्ने रहेको बालेनले तर्क गरेका थिए । कुलमानले यसअघि रास्वपामा आफ्नो ओहदा र पार्टीको हिस्सेदारीको शर्त पनि राखेका थिए ।

पार्टीको नाम रास्वपा स्वीकार गरिसकेपछि कम्तिमा चुनाव चिन्ह उज्यालो नेपालको हुनुपर्ने उनको अडान थियो । रास्वपा यसमा सहमत भएन । केन्द्रीय समिति, पदाधिकारी र उम्मेदवारीमा निश्चित प्रतिशत हिस्सा उज्यालो नेपालले पाउनुपर्ने मागलाई पनि रास्वपा नेतृत्वले अस्वीकार गरिदिएको थियो ।

बालुवाटारमा कुलमान र बालेनबीच वान टु वान वार्तामा पछि रवि लामिछाने पनि मिसिएको दाबी गरिएको छ । हिजो मात्रै कुलमानले आफूसँग रविको भन्दा बढी जनविश्वास रहेको आशयसहित अभिब्यक्ति दिएका थिए ।

‘उहाँहरूसँग संरचना होला, सबै चिज होला, तर हामीसँग जनताको विश्वास होला,’ कुलमानले भने, ‘त्यही सबैभन्दा ठूलो करा हो। जनताको विश्वास भएपछि सबैकुरा अगाडि बढ्छ।’ सबैको अस्तित्वलाई बुझेर गरिएको एकता मात्रै लामो समय जाने टिप्पणी उनले गरेका थिए ।

रवि र बालेनले मिलेर जानको लागि गरेको प्रयासले रुष्ट कुलमानले पार्टीको केन्द्रीय समितिको बैठक राखेर अस्तित्व नै समाप्त हुनेगरि अरू पार्टीमा विलय नहुने निर्णय गराए। उज्यालोका नेताहरुले रवि लामिछानेले ‘इग्नोर’ गरेको मन्त्रीज्यूले महसुस गरेको समेत बताएका छन् ।

यता श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कसैसँग एकता नगर्ने स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै उनले आफ्नो पार्टीले मिसावटको राजनीति नगर्ने बताएका छन् ।

अहिले चुनावको माहोल छ । धेरैले धेरै खालका कुरा गरिरहेका छन् । जसलाई जोसँग मिल्नुछ, मिल्दा हुन्छ । श्रम संस्कृति पार्टी कोही कसैसँग मिल्दैन,’ उनले भनेका छन्, ‘श्रम संस्कृति पार्टीले मिसावट विनाको राजनीतिक गर्छ । यो देशको ढुंगाको, माटोको राजनीति गर्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच सातबुँदे सम्झौता भएको केही घण्टापछि उनको प्रतिक्रिया आएको हो । बालेन र रविबीच एकता भएपछि हर्क सबैभन्दा बढी तनाव देखिएका छन् ।

उनले विहानदेखि केही घण्टामा दजर्नाै स्टाटस लेखेका छन् । उनले कसैसँग एकता गर्छ कि भनेर नअलमलिन कार्यकर्ता र शुभेच्छुकलाई आग्रह गरेका छन् । ‘धेरैले यस्तोसँग मिल्छ कि उस्तोसँग मिल्छ कि भनेर अडकल गरिरहेका छन् । जो जोसँग मिले पनि हुन्छ । हामी कसैसँग मिल्दैनौं । श्रम संस्कृति बाहेकका अन्य सबै नयाँ पार्टी पुरानाजस्तै काम नलाग्ने रहेको उनको दावी छ ।

‘पुराना पनि काम नलाग्ने हुन् । श्रम संस्कृतिबाहेक अहिलेका पनि उस्तै हुन् । कसैसँग यो देशप्रति, जनताप्रति माया छैन,’ उनले भनेका छन्, ‘छ भने सत्ताको कुर्सीसँग माया छ र प्रतिशोध साँध्ने विचार छ । हामीलाई प्रतिशोधको राजनीति चाहिएको होइन ।’

रवि र बालेन साहबीच सहमति भएपछि धरानका मेयर साम्पाङ विरोधमा लेखिरहेका छन्। उनले विदेशीको इशारामा देश चलाउन खोजिएको भन्दै ‘डलरे’ र ‘विदेशीद्वारा पालित–पोषित’ को संज्ञा समेत दिएका छन्।

मिडिया ट्रायलमार्फत प्रधानमन्त्री घोषणा गरिएको भन्दै उनले आफूहरू तीन करोड नेपाली जनतासँग मात्रै मिल्ने र विदेशी दलाली गर्ने पार्टीहरूसँग सहकार्य नगर्ने अभिव्यक्ति दिएका छन्।

आफ्नो कार्यशैलीको बचाउ गर्दै साम्पाङले ‘हर्कवाद’ र ‘श्रम संस्कृति’ को पक्षमा वकालत जारी राखेका छन्। ढुङ्गा बोकेको फोटो सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘यो वाद, त्यो वाद भन्दै रात पार्नेहरूलाई देश विकासमा ढुङ्गा बोकाउने धोको छ। जय हर्कवाद।’

उनले आगामी निर्वाचनमा श्रम संस्कृतिले नै बहुमत ल्याउने दाबी गर्दै अन्य शक्तिहरूलाई ‘मिडिया ट्रायल’ मात्र भएको टिप्पणी गरेका छन्। यो अवधिमा उनी दुई पटक फेसबुक लाइभमा समेत बसेका छन्।

फेसबुक लाइभमा पनि उनी निकै तनावमा देखिएका छन्।

Advertisement

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top