×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बंगलादेशमा १२औँ दिनमा तेस्रो हिन्दुको हत्या

१६ पुष २०८२

१६ पुस , काठमाण्डौ ।

बंगलादेशमा फेरि एक हिन्दुको हत्या गरिएको छ । मयमनसिंह जिल्लामा रहेको कपडा कारखानाभित्र एक हिन्दु कामदारको गोली हानी हत्या गरिएको छ । यो बंगलादेशमा १२औँ दिनमा हिन्दुको तेस्रो हत्या हो ।

Advertisement
Advertisement

घटना स्थानीय समयअनुसार सोमबार साँझ ६ः४५ बजे भालुका उपजिल्लामा रहेको सुल्ताना स्वेटर लिमिटेड कारखानामा भएको हो । मारिएका व्यक्ति कारखानामै कार्यरत सुरक्षा गार्ड ४२ वर्षीय बजेन्द्र विश्वास हुन् ।

प्रहरीले हत्या अभियोगमा २९ वर्षीय नोमान मियालाई पक्राउ गरेको छ । प्रहरी र प्रत्यक्षदर्शीका अनुसार दुवै कारखानामा सुरक्षा ड्युटीमा थिए । कुराकानीमा क्रममा नोमान मियाले बजेन्द्रलाई सरकारले जारी गरेको बन्दुक तेस्र्याए ।

बन्दुक पड्कियो र बजेन्द्रको बायाँ तिघ्रामा गोली लाग्यो अनि उनको मृत्यु भयो । यसअघि डिसेम्बर २४ बुधबार राति ११ बजे एक हिन्दु युवकलाई कुटपिट गरी हत्या गरिएको थियो । घटना राजबारी जिल्लाको होसेन्डाङ्गा गाउँमा भएको हो ।

प्रहरीका अनुसार मृतक २९ वर्षीय अमृत मण्डल उर्फ सम्राट हुन् । प्रहरीले अमृतलाई जबरजस्ती चन्दा असुलीको आरोपमा भिडले हत्या गरेको बताएको छ । उनी होसेन्डाङ्गा गाउँका बासिन्दा थिए ।

प्रहरीले अमृतविरुद्ध पाङ्सा प्रहरी चौकीमा दुई मुद्दा दर्ता भएको बताएको छ, जसमा एउटा हत्यासम्बन्धी पनि छ । त्यसअघि डिसेम्बर १८ मा ढाकानजिकै हिन्दु समुदायकै युवक दिपु चन्द्र दासको भिडले हत्या गरेको थियो ।

Advertisement

मारेर पनि उनलाई रूखमा झुन्ड्याएर जलाइएको थियो । बंगलादेशमा यसरी हिन्दुको एकपछि अर्को गर्दै हत्या बढ्दै जाँदा त्यहाँ रहेका हिन्दुहरुमा त्रास बढेको छ । यता भारतले पनि यसको कडा विरोध जारी गरेको छ ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top