NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रविले पनि स्वीकारे ‘पार्नै नहुने मान्छे परे‘अब काटिन्छ बुधबार पुस १६ , २०८२
चीन–ताइवान तनावः कयौं उडानहरु रद्द, सर्वसाधारणलाई सिधा असर बुधबार पुस १६ , २०८२
समानुपातिकमा आफन्त,सेलिब्रेटीदेखि नेता पत्नीसम्म,कसकसको विरोध? बुधबार पुस १६ , २०८२
नयाँ वर्षको मौका छोपेर फिल्मी शैलीमा बैंक डकैती बुधबार पुस १६ , २०८२
बंगलादेशमा १२औँ दिनमा तेस्रो हिन्दुको हत्या बुधबार पुस १६ , २०८२
Next
Prev

समाचार

चीन–ताइवान तनावः कयौं उडानहरु रद्द, सर्वसाधारणलाई सिधा असर

बुधबार पुस १६ , २०८२
Reading Time: 1 min read
A A
चीन–ताइवान तनावः कयौं उडानहरु रद्द, सर्वसाधारणलाई सिधा असर

Flags from China and Taiwan flying side by side for important talks.

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१६ पुस , काठमाण्डौ ।

चीन र ताइवान बीच सीमामा तनाव थप बढेको छ । जसले गर्दा ताइवान जलडमरूमध्य एक पटक फेरि युद्धको स्थितिमा पुगेको छ । चीनले शुरु गरेको ताइवान नाकाबन्दी ड्रिलको आज तेस्रो दिन हो ।

यो सैन्य अभ्यासले स्थितिलाई झनै तनावपूर्ण बनाइदिएको छ । किनभने यसअघि पनि चीनले ताइवानको चारैतर्फ ठूलो स्तरमा सैन्य अभ्यास गरेर आफ्नो शक्ति प्रदर्शन गरिसकेको छ । अहिले जारी अभ्यासमा पनि चीनको वायुसेना, नौसेना र मिसाइल इकाइहरुले एकसाथ लाइभ–फायर ड्रिल गरेका छन् ।

यसक्रममा चीनले लाइभ फायरिंग पनि गरेको छ । चीनले यो अभियानलाई ’जस्टिस मिशन २०२५’ नाम दिएको छ । चीनको भनाइ छ कि यो अभ्यास ताइवानलाई समर्थन गर्ने बाहिरी शक्तिहरुलाई चेतावनी दिन गरिएको हो ।

ताइवानका अधिकारीहरुले भनेका छन् कि यस पटक चिनियाँ मिसाइलहरु र रकेट पहिलाभन्दा ताइवानको निकै नजिक खसेका थिए, जसले चिन्ता थप बढाइदिएको छ। चीनको यो अभ्यास सैन्य दबावमात्रै होइन, बरु यसले आम नागरिकहरुको दैनिकीमा पनि असर पारिरहेको छ ।

ताइवानको नागरिक विमान सेवाले चीनको मुख्य भूमि र ताइवान क्षेत्रलाई छुट्याउने जलडमरू क्षेत्रका वरपर सात खतरनाक जोन बनाइएको सूचना दिएको छ । चार अंतराष्ट्रिय विमानस्थलका लगभग १५० उडानको समय परिवर्तन भएको छ, धेरै रद्द भएका छन् ।

यतिमात्रै होइन मंगलवार ताइवानमा ९४१ उडानहरुमा पनि असर पर्यो । यस्तोमा स्पष्ट देखिन्छ कि चीनको सैन्य अभ्यासले आम नागरिकहरुको यात्रा र काम–काजलाई पनि प्रभावित गरिरहेको छ ।

अर्कातर्फ ताइवानका माछा मार्नेहरु पनि चीनको अभ्यासका कारणले समस्यामा परेका छन् । केलुंग डिस्ट्रिक्ट फिशरमेन एसोसिएशनले कुन स्थानमा अभ्यास भइरहेको छ भन्ने बारेमा हरेक घण्टामा रेडियोमा सूचना दिइरहेको छ ।

ताकि माछा मार्नेहरु सुरक्षित रहुन । चिनियाँ गतिविधिले ताइवानी माछा मार्नेहरुलाई धेरै नै नकारात्मक असर गरेको छ । एक त उनीहरुको काम खोसिँदा अर्थोपार्जनमा असर परेको छ, अर्को उनीहरुको ज्यानकै खतरा पनि छ ।

अर्कातर्फ चीनले आफ्नो आधिकारिक मिडियामा लेखेको छ कि यो अभ्यासले एक स्पष्ट संदेश दिएको छ कि ताइवानलाई चीनबाट अलग गर्ने प्रयास गर्नेहरुलाई रोक्न उ सधै तयार छ ।

अभ्यासका क्रममा चीन सेनाको ईस्टर्न थियेटर कमांडले आफ्नो अभ्यासमा डिस्ट्रयर र फ्रिगेट जहाज, फाइटर जेट र बम्बर र लन्ग–रेंज मिसाइल यस्तै ग्राउंड फोर्सेजको पनि लाइभ फायर अभ्यास गरेको थियो ।

यसका साथै सैनिक अभ्यासका क्रममा चीनले ताइवानको उत्तर र दक्षिणी जलडमरू क्षेत्रमा सतह र हवाई हमलाहरुको पनि अभ्यास गरेको थियो । ताइवानको डिफेंस मंत्रालयका अधिकारीले भनेका छन् कि २७ रकेट्स ताइवान नजिकै खसेका थिए, जुन पहिलाको तुलनामा निकै नजिक हुन् ।

चीनको यो कार्यमा प्रतिक्रिया दिदै ताइवानका राष्ट्रपति लाई चिंग–तेले ताइवानले संघर्ष नबढाउने र विवादलाई पनि नउक्साउने बताएका छन् । यद्यपि उनले चीनको यो कदमको निंदा पनि गरेका छन् ।

उनले भने, चीनका लगभग १३० हवाई जहाज र १४ युद्धपोत ट्रयाक गरिएको छ । यतिमात्रै होइन चीनका लगभग ९० विमानले ताइवान जलडमरूको मध्य रेखा पार गरेका छन । चीनको लक्ष्य मानिसहरुको मनोबल कमजोर पार्नु र ताइवान सरकारमाथि दबाव बढाउनु रहेको पनि ताइवानका राष्ट्रपतिले जोड दिएका छन् ।

यता चीनले भने यसको उद्येश्य ताइवानको स्वतंत्रता चाहने संगै बाहिर शक्तिहरुका लागि पनि चेतावनी दिन भनेको छ । तर उसले कुनै पनि देशको नाम लिएको छैन । गत साता चीनले २० अमेरिकी रक्षा कंपनीहरु र १० अधिकारीहरुमाथि प्रतिबंध लगाएको थियो ।

किनभने अमेरिकाले ताइवानलाई १० बिलियन डलर भन्दा धेरैको हतियार बिक्री गरेको छ । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले भनेका छन् कि उनलाई यो अभ्यासको पहिला जानकारी थिएन, तर उनी यसमा धेरै चिंतित छैनन ।

चीनले भने यसलाई ‘न्याय मिशन २०२५’ नाम दिदै आफ्नो हिस्सा मान्दै आएको स्वशासित द्वीप ताइवानका लागि बाह्य सशस्त्र समर्थन रोक्ने क्षमता प्रदर्शन गर्न उक्त ताइवान नाकाबन्दी ड्रिल गरिएको बताइएको छ ।

पीएलएको पूर्वी थिएटर कमान्डले ड्रिलका क्रममा ताइवान द्वीपको उत्तर र दक्षिणका जल क्षेत्रमा विध्वंशक, फ्रिगेट, लडाकु विमान र बमवर्षक पठाएको थियो जसले समुद्र–वायु समन्वय र ताइवान नाकाबन्दी क्षमता परीक्षण गरेको थियो ।

अर्कोतर्फ, ताइवानले चीनका कम्तीमा १०० विमान र धेरै युद्धपोतहरू यसको हवाई सीमा रेखामा घुसेर सार्वभौमिकताको उल्लंघन गरेका आरोप लगाएको छ । ताइवान नाकाबन्दी अभ्यासका क्रममा चीनले द्वीपको उत्तरका जल क्षेत्रमा लामो दूरीका लाइभ–फायर अभ्यास ग¥यो र कमान्डका प्रवक्ता ली सीले यसबाट “चाहाना अनुरुपको प्रभाव” प्राप्त भएको बताए ।

चीनको यो नाकाबन्दी ड्रिललाई भविष्यमा ताइवान कब्जा गर्ने तयारीका रूपमा लिइएको छ । चीन ताइवानलाई आफ्नो अभिन्न अङ्ग मान्छ र यसमा कुनै तेस्रो पक्षको हस्तक्षेप चाहँदैन । चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाले सोमबार राति प्रकाशित टिप्पणीमा अभ्यासले स्पष्ट सन्देश दिइरहेको बताएको छ ।

बेइजिङ ताइवानलाई चीनबाट अलग गर्ने कुनै पनि प्रयास रोक्न सधैँ तयार भएको बताउँछ । राष्ट्रपति सी जिनपिङले शान्तिपूर्ण एकीकरणलाई प्राथमिकता दिएको बताएका छन्, यद्यपि बल प्रयोगको विकल्प पनि खुल्ला राखेका छन्।

चीन कम्युनिस्ट पार्टीका आधिकारिक दस्तावेजहरूले ताइवानको पुनर्संघलाई राष्ट्रिय पुनरुत्थानसँग जोडेका छन्, जुन २०४९ सम्म पूरा गर्ने लक्ष्य छ। केही विश्लेषणहरूले २०२७ वा २०३० लाई सम्भावित सैन्य तयारीको समय भनेका छन्, तर यो आधिकारिक योजना होइन।

सी जिनपिङले २०२७ मा आक्रमणको योजना अस्वीकार गरेका छन्। चीनले हरेक उत्तेजनाको जवाफ झन् मजबुत प्रतिकारबाट दिइने चेतावनी दिँदै ताइवानले अमेरिकासँग चापलुसीपूर्ण वफादारी देखाएर र हतियार खरिद बढाएर जनमतको बेवास्ता गरेको आरोप लगाएको छ ।

ताइवानको रक्षा मन्त्रालयले सोमबार बिहान ६ बजेदेखि मंगलबार बिहान ६ बजेसम्म द्वीप वरिपरि लडाकु र बमवर्षकसहित १३० विमान, १४ सैन्य जहाज र आठ अन्य आधिकारिक जहाज परिचलन भएको पत्ता लगाएको जनाएको छ ।

ताइवानले यस गतिविधिमाथि निगरानी गर्दै विमान, नौसेना जहाज र तटीय मिसाइल प्रणाली तैनाथ गरेको छ । ताइवानले कम्तीमा ९० चिनियाँ विमानहरूले स्ट्रेटको मध्य रेखा पार गर्दै ताइवानको “वायु रक्षा पहिचान क्षेत्र” मा प्रवेश गरेको दाबी गरेको छ ।

मन्त्रालयले दक्षिण–पूर्वी चिनियाँ प्रान्त फुजियनमा पीएलएको लामो दूरीको आर्टिलरी इकाईले द्वीपको उत्तरतर्फ लक्षित क्षेत्रमा लाइभ गोला हानेको र प्रभाव क्षेत्र रेखा वरिपरि तटबाट ४४ किलोमिटरसम्म फैलिएको बताएको छ ।

ताइवानका रक्षामन्त्रीले चिनियाँ सैनिकहरूको कारबाही अत्यधिक उत्तेजक रहेको, यसले क्षेत्रीय स्थिरतालाई कमजोर पार्ने तथा जहाज, व्यापार गतिविधि र उडान मार्गहरूका लागि सुरक्षा खतरा र अवरोध सिर्जना गर्ने बताएका छन् । यसबारे आफ्ना टिप्पणी अवस्यक व्यक्त गर्नुहोला ।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#चीन र ताइवान बीच तनाव

लोकप्रीय

रविले पनि स्वीकारे ‘पार्नै नहुने मान्छे परे‘अब काटिन्छ

रविले पनि स्वीकारे ‘पार्नै नहुने मान्छे परे‘अब काटिन्छ

बुधबार पुस १६ , २०८२
चीन–ताइवान तनावः कयौं उडानहरु रद्द, सर्वसाधारणलाई सिधा असर

चीन–ताइवान तनावः कयौं उडानहरु रद्द, सर्वसाधारणलाई सिधा असर

बुधबार पुस १६ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

समानुपातिकमा आफन्त,सेलिब्रेटीदेखि नेता पत्नीसम्म,कसकसको विरोध?

बुधबार पुस १६ , २०८२

विचार

रविले पनि स्वीकारे ‘पार्नै नहुने मान्छे परे‘अब काटिन्छ

रविले पनि स्वीकारे ‘पार्नै नहुने मान्छे परे‘अब काटिन्छ

बुधबार पुस १६ , २०८२
चीन–ताइवान तनावः कयौं उडानहरु रद्द, सर्वसाधारणलाई सिधा असर

चीन–ताइवान तनावः कयौं उडानहरु रद्द, सर्वसाधारणलाई सिधा असर

बुधबार पुस १६ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

समानुपातिकमा आफन्त,सेलिब्रेटीदेखि नेता पत्नीसम्म,कसकसको विरोध?

बुधबार पुस १६ , २०८२

थप समाचार

रविले पनि स्वीकारे ‘पार्नै नहुने मान्छे परे‘अब काटिन्छ
समाचार

रविले पनि स्वीकारे ‘पार्नै नहुने मान्छे परे‘अब काटिन्छ

बुधबार पुस १६ , २०८२
चीन–ताइवान तनावः कयौं उडानहरु रद्द, सर्वसाधारणलाई सिधा असर
ताजा समाचार

चीन–ताइवान तनावः कयौं उडानहरु रद्द, सर्वसाधारणलाई सिधा असर

बुधबार पुस १६ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश
ताजा समाचार

समानुपातिकमा आफन्त,सेलिब्रेटीदेखि नेता पत्नीसम्म,कसकसको विरोध?

बुधबार पुस १६ , २०८२
नयाँ वर्षको मौका छोपेर फिल्मी शैलीमा बैंक डकैती
समाचार

नयाँ वर्षको मौका छोपेर फिल्मी शैलीमा बैंक डकैती

बुधबार पुस १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

00:20:57

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर

मङ्लबार पुस १५ , २०८२

हालका पोस्टहरू

रविले पनि स्वीकारे ‘पार्नै नहुने मान्छे परे‘अब काटिन्छ

रविले पनि स्वीकारे ‘पार्नै नहुने मान्छे परे‘अब काटिन्छ

बुधबार पुस १६ , २०८२
चीन–ताइवान तनावः कयौं उडानहरु रद्द, सर्वसाधारणलाई सिधा असर

चीन–ताइवान तनावः कयौं उडानहरु रद्द, सर्वसाधारणलाई सिधा असर

बुधबार पुस १६ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

समानुपातिकमा आफन्त,सेलिब्रेटीदेखि नेता पत्नीसम्म,कसकसको विरोध?

बुधबार पुस १६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.