NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
देउवा–प्रचण्डसंग पनि बयान लिइँदै, आयोगले पठायो प्रश्न शुक्रबार पुस १८ , २०८२
भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक शुक्रबार पुस १८ , २०८२
गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर शुक्रबार पुस १८ , २०८२
बंगलादेशमा अर्का हिन्दूलाई पेट्रोल छर्केर मार्ने प्रयास शुक्रबार पुस १८ , २०८२
सुदनले मध्यरातमा घोषणा गरेको ‘द सिभिलियन फोर्स’ कस्तो छ ? शुक्रबार पुस १८ , २०८२
Next
Prev

समाचार

बंगलादेशमा अर्का हिन्दूलाई पेट्रोल छर्केर मार्ने प्रयास

शुक्रबार पुस १८ , २०८२
Reading Time: 1 min read
A A
बंगलादेशमा १२औँ दिनमा तेस्रो हिन्दुको हत्या
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१८ पुष , काठमाण्डौ ।

बंगलादेशमा जारी तनावका बीच हिन्दुमाथि आक्रमणको श्रृंखला अझै रोकिएको छैन । त्यहाँ फेरि अर्का एक हिन्दु पुरुषमाथि आक्रमणको प्रयास भएको छ । एक हिन्दू पुरुषलाई आगो लगाइएको अर्को घटना सार्वजनिक भएको छ ।

प्रहरीका अनुसार आक्रमणकारीहरूले पीडितमाथि धारिलो हतियारले आक्रमण गरे र त्यसपछि उनको टाउकोमा पेट्रोल खन्याएर आगो लगाएका थिए । ५० वर्षीय व्यापारी खोकन चन्द्र दासको रूपमा पहिचान गरिएका पीडित शरीयतपुर जिल्लाको दामुड्य क्षेत्रको केउरभंगा बजार नजिकै आफ्नो पसल बन्द गरेर घर फर्किरहेका बेला अपहरणकारीहरूले उनको अटो रोकेर आक्रमण गरेका हुन् ।

स्थानीय सञ्चार माध्यम प्रथम आलोले प्रहरीलाई उद्धृत गर्दै यो जानकारी दिएको छ । रिपोर्ट अनुसार आक्रमणकारीहरूले उनलाई नराम्रोसँग कुटपिट गरे, धारिलो हतियारले आक्रमण गरे र त्यसपछि पेट्रोल छर्केर आगो लगाइदिए ।

आफ्नो ज्यान बचाउन उनी सडक छेउको पोखरीमा हाम फाले । यो घटनाले स्थानीय बासिन्दाहरू आक्रोशित भए । त्यसपछि आक्रमणकारीहरू घटनास्थलबाट भागे ।स्थानीय मानिसहरूले उनलाई शरीयतपुर सदर अस्पताल लगे, जहाँबाट उनको अवस्था गम्भीर भएपछि ढाका रेफर गरियो ।

अस्पतालका डाक्टर नजरुल इस्लामका अनुसार खोकन दासको पेटमा गहिरो चोट लागेको छ र उनको अनुहार, टाउको र हातमा जलेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

पीडितकी श्रीमती सीमा दासले उनको पतिलाई किन निशाना बनाइयो भन्ने कुरा नबुझेको बताइन‍् । उनले दाबी गर्छिन् कि उनको पतिले दुई आक्रमणकारीलाई पहिचान गरिसकेका थिए, त्यसैले उनीहरूले उनलाई मार्ने प्रयास गरेका थिए ।

घटनापछि उक्त क्षेत्रमा तनाव उत्पन्न भएको छ । दामुड्या प्रहरी चौकीका प्रमुख मोहम्मद रबिउल हकले रब्बी र सोहाग नामका दुई जनालाई मुद्दा चलाइएको बताए । प्रहरीले उनीहरूलाई पक्राउ गर्न र अन्य संदिग्धहरूको पहिचान गर्न काम गरिरहेको बताए ।

गत महिना एक हिन्दू युवकलाई रूखमा झुण्ड्याएर जलाइएको थियो । बंगलादेशमा १५ दिनभित्र हिन्दू पुरुषलाई जलाइएको यो दोस्रो घटना हो । यसअघि डिसेम्बर १८ मा मयमनसिंह जिल्लामा एक हिन्दू युवा दिपु चन्द्र दासलाई भीडले कुटपिट गरी हत्या गरेको थियो ।

त्यसपछि उनको शवलाई रूखमा झुण्ड्याएर आगो लगाइएको थियो । ईश्वरनिन्दाको झूटो आरोपमा भीडले दिपु दासलाई कुटपिट गरेको थियो। उनी कपडा कारखानामा काम गर्थे। मुद्दाको अनुसन्धानमा दाबीहरूलाई समर्थन गर्ने कुनै प्रमाण भने भेटिएन।

वास्तवमा, सामाजिक सञ्जालमा दीपु चन्द्र दासले फेसबुकमा धार्मिक भावनामा चोट पु¥याउने यस्तो टिप्पणी गरेको आरोप लगाइएको थियो, तर अनुसन्धान एजेन्सीहरूले अहिलेसम्म त्यस्तो कुनै पनि पोस्ट वा टिप्पणीको प्रमाण फेला नपरेको बताएका छन् ।

बंगलादेशमा १२ दिनभित्र तीन हिन्दूको हत्या भएको छ । डिसेम्बर १८ मा दिपु चन्द्रको हत्यापछि, डिसेम्बर २४ मा एक हिन्दू युवकलाई भीडले कुटपिट गरी हत्या गरेको थियो। यो घटना राजबारी जिल्लाको होसेन्डांगा गाउँमा भएको थियो।

प्रहरीले मृतकको पहिचान २९ वर्षीय अमृत मण्डल उर्फ सम्राटको रूपमा गरेको छ । प्रहरीले अमृतलाई जबरजस्ती चन्दा असुलीको आरोपमा भीडले हत्या गरेको बताएको छ । उनी होसेन्डाङ्गा गाउँका बासिन्दा थिए।

प्रहरीले अमृतविरुद्ध पाङ्शा प्रहरी चौकीमा दुईवटा मुद्दा दर्ता भएको बताएको छ, जसमा एउटा हत्याको मुद्दा पनि समावेश छ । त्यसपछि, डिसेम्बर २९ मा मयमनसिंह जिल्लाको कपडा कारखानाभित्र एक हिन्दू कामदारको गोली हानी हत्या गरियो।

यो घटना भालुका उप–जिल्लामा रहेको सुल्ताना स्वेटर लिमिटेड कारखानामा भएको थियो । मृतकको पहिचान कारखानामा कार्यरत सुरक्षा गार्ड बजेन्द्र विश्वास (४२) को रूपमा गरिएको छ।

उता इरानमा पनि हिंसा भड्किदै गएको छ । इरानका सहरहरूमा आकासिँदै गइरहेको महँगीको विरोधमा भइरहेको विरोध प्रदर्शनमा तीन जनाको मृत्यु भएको छ । स्थानीय मिडियाका अनुसार, प्रदर्शनको पाँचौँ दिन अजनामा प्रदर्शनका क्रममा तीन जनाको मृत्यु भएको हो ।

लोरेस्तान प्रान्तको अजना सहरमा बिहीबारको विरोध प्रदर्शनका क्रममा आगजनीको तस्बिरहरू बाहिरिएका थिए । बीबीसी फारसी सेवाका अनुसार, तस्बिरहरूमा अजनाको केन्द्रीय प्रहरी चौकीको अगाडि प्रदर्शनकारीहरूले आगो लगाउँदै गरेको देखाइएको छ ।

यी विरोध प्रदर्शनका क्रममा प्रहरी मुख्यालयमा आक्रमण गरिएको र यस क्रममा तीन जनाको मृत्यु भएको र १७ जना घाइते भएको इरानी सञ्चार माध्यमले भनेका छन् । प्रहरीले प्रदर्शनकारीहरू विरुद्ध अश्रुग्याँस र गोली प्रहार गरेका थिए ।

आफूले ओठमाथि गोली लागेको र रगत बगिरहेको एक परिचित व्यक्ति देखेको एक प्रत्यक्षदर्शीले बताएको भन्दै बीबीसी फारसीले समाचारमा लेखेको छ । धेरै मानिसहरू खुट्टा खल्च्याङग खल्च्याङ गरेर हिँडिरहेको प्रत्यक्षदर्शीले देखेको पनि बीबीसीले बताएको छ ।

यसैबीच इरानले गत वर्ष कम्तीमा एक हजार ५०० जनालाई मृत्युदण्ड दिएको नर्वेस्थित इरान मानवअधिकार समूहले बिहीबार जनाएको छ । “यो धेरै चिन्ताजनक बिषय हो,” समूहका निर्देशक महमुद अमिरी–मोगद्दामले मृत्युदण्डको सङ्ख्याको अकल्पनीय वृद्धिबारेमा भने ।

उनले भने, “विगत ३५ वर्षमै भएको यो सबैभन्दा अकल्पनीय घटना हो । इरानमा मानव अधिकारको लेखाजोखा राख्न थालिएपछिको यो सङ्ख्या निकै धेरै हो ।” इरानी मानवअधिकार समूह (आईएचआर) र फ्रान्सेली समूह ‘टुगेदर अगेन्स्ट द डेथ पेनाल्टी (इसिपिएम)’ का अनुसार सन् २०२४ मा इरानले कम्तिमा ९७५ जनालाई मृत्युदण्ड दिएको थियो ।

आइएचआरले सन् २०२५ को लागि आफ्नो अन्तिम गणना जारी गर्न बाँकी छ । कम्तिमा एक हजार ५०० मानिसहरूको मृत्यु दण्ड दिइएको र यसमध्ये ७०० भन्दा बढीलाई लागूपदार्थसँग सम्बन्धित अपराधमा मृत्युदण्ड दिइएको आइएचआरले प्रमाणित गरेको छ ।

अमिरी–मोगद्दामले भने, “देशको अनिवार्य ‘ड्रेस कोड’ उल्लङ्घनको आरोपमा पक्राउ परेकी इरानी–कुर्द महिला महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सन् २०२२ सेप्टेम्बरमा भएको विरोध प्रदर्शनपछि मृत्युदण्डको सङ्ख्या बढेको छ ।”

सन् २०२२ मा मृत्युदण्ड ५०० बाट बढेर सन् २०२३ मा ८०० भन्दा बढी पुगेको थियो भने यो सङ्ख्या सन् २०२४ मा ९७५ भएको थियो । इरानको आर्थिक गतिरोधप्रति असन्तुष्टि व्यक्त गर्दै इरानमा भएको प्रदर्शनको केही दिनपछि यो नयाँ तथ्याङ्क आएको हो ।

Tags: #बंगलादेश#इरानी प्रदर्शन#हिन्दूलाई मार्ने प्रयास

लोकप्रीय

गणतन्त्रमाथि धावा बोलेपछि, ओली,देउवा र प्रचण्ड एक

देउवा–प्रचण्डसंग पनि बयान लिइँदै, आयोगले पठायो प्रश्न

शुक्रबार पुस १८ , २०८२
भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

शुक्रबार पुस १८ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

शुक्रबार पुस १८ , २०८२

विचार

गणतन्त्रमाथि धावा बोलेपछि, ओली,देउवा र प्रचण्ड एक

देउवा–प्रचण्डसंग पनि बयान लिइँदै, आयोगले पठायो प्रश्न

शुक्रबार पुस १८ , २०८२
भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

शुक्रबार पुस १८ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

शुक्रबार पुस १८ , २०८२

थप समाचार

गणतन्त्रमाथि धावा बोलेपछि, ओली,देउवा र प्रचण्ड एक
समाचार

देउवा–प्रचण्डसंग पनि बयान लिइँदै, आयोगले पठायो प्रश्न

शुक्रबार पुस १८ , २०८२
भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक
राजनीति

भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

शुक्रबार पुस १८ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
समाचार

गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

शुक्रबार पुस १८ , २०८२
बंगलादेशमा १२औँ दिनमा तेस्रो हिन्दुको हत्या
ताजा समाचार

बंगलादेशमा अर्का हिन्दूलाई पेट्रोल छर्केर मार्ने प्रयास

शुक्रबार पुस १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

टर्कीएमा आ ईए सविरुद्ध का रबाही, भारत चौथो अर्थतन्त्र || Nepal Times

00:24:02

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

00:20:57

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर

मङ्लबार पुस १५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

शुक्रबार पुस १८ , २०८२

हालका पोस्टहरू

गणतन्त्रमाथि धावा बोलेपछि, ओली,देउवा र प्रचण्ड एक

देउवा–प्रचण्डसंग पनि बयान लिइँदै, आयोगले पठायो प्रश्न

शुक्रबार पुस १८ , २०८२
भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

शुक्रबार पुस १८ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

शुक्रबार पुस १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.