NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ? शुक्रबार पुस १८ , २०८२
देउवा–प्रचण्डसंग पनि बयान लिइँदै, आयोगले पठायो प्रश्न शुक्रबार पुस १८ , २०८२
भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक शुक्रबार पुस १८ , २०८२
गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर शुक्रबार पुस १८ , २०८२
बंगलादेशमा अर्का हिन्दूलाई पेट्रोल छर्केर मार्ने प्रयास शुक्रबार पुस १८ , २०८२
Next
Prev

समाचार

गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

शुक्रबार पुस १८ , २०८२
Reading Time: 1 min read
A A
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१८ पुष , काठमाण्डौ ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति तोकेपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते दुई दिन काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरेका छन् । भृकुटीमण्डपको हल समेत बुकिङ गरिसकिएको नेताहरुले बताएका छन् ।

LS Auto

त्यसको जानकारी पाएपछि सभापति देउवाले शीर्ष नेताहरूसँग छलफल समेत गरेका थिए । लगत्तै पार्टीभित्रको परिस्थितिबारे छलफल गर्न देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई बोलाइएको छ ।देउवाले दुई महामन्त्री र कार्यवाहक सभापतिसहित बिहीबार ५ बजेका लागि बैठक डाकेका थिए । तर, अन्तिम समयमा आएर उक्त बैठक स्थगित भयो ।

सभापति देउवाले व्यस्तताको कारण देखाउँदै बैठक स्थगित गरेका थिए । “शुक्रबार बस्ने भन्ने भएको छ । तर, समय निश्चित भइसकेको छैन,” मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, “शुक्रबार कुन समयमा गर्ने भनेर जानकारी गराउनु हुनेछ ।”

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आयोजना गर्ने भन्दै भृकुटीमण्डपस्थित हल बुक गरेपछि देउवाले महामन्त्रीद्वयसँग छलफल गर्न बैठक डाकेका थिए । सोही विषयमा देउवाले छलफलका लागि देउवाले महामन्त्रीद्वयसँग छलफल गर्न खोजेका थिए ।

यसअघि कांग्रेस केन्द्रीय समितिले पुस २६ गतेदेखि १५ औं महाधिवेशन गर्ने गरी नियमित महाधिवेशनको कार्यतालिका तय गरेको थियो । त्यसअनुसार वडा र पालिका अधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशन बोलाएका हुन् ।

अर्काेतर्फनेपाली कांग्रेसका नेता शेखर कोइराला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरेको विशेष महाधिवेशन आह्वानको विपक्षमा उभिएका छन्। महामन्त्रीद्वयले नियमित महाधिवेशन स्थगितको घोषणा गरेर विशेष महाधिवेशनको विकल्प अगाडि सारेपछि कोइराला र सभापति शेरबहादुर देउवाबिच महाराजगञ्जमा दिउँसो २ घण्टा छलफल भएको थियो।

छलफलपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको घरमा नेता कोइराला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकबीच लामो छलफल भएको हो। कोइरालाले विशेष महाधिवेशनका नाममा केन्द्रीय समितिभन्दा बाहिरबाट कसैले भेला बोलायो भने त्यसले पार्टी विभाजन गर्ने तर्क गर्दै आएका छन्।

कोइरालाले केन्द्रीय समिति बाहेकले बोलाउने विशेष महाधिवेशन आफूलाई स्वीकार्य नभएको प्रस्ट पारेका छन्। ‘विशेष महाधिवेशन गर्ने प्रक्रिया होला। केन्द्रीय समितिले भन्नुप¥यो। महामन्त्रीले विशेष महाधिवेशनको कुरा गरेर हुन्छ?,’ उनले प्रश्न गरेका छन् ।

कार्यविधि बनाएर खाली विशेष महाधिवेशन गर्ने भनेर कस्तो महाधिवेशन गर्न खोजेको भन्दै कोइरालाले महामन्त्रीद्वय थापा र शर्माको कदममाथि प्रश्न उठाएका छन् । महामन्त्री थापा र शर्माले विशेष महाधिवेशन आह्वानका लागि विज्ञप्ति जारी गर्ने पूर्वसूचना पाएपछि नेता कोइराला देउवा पक्षसँग दिनभर छलफलमा व्यस्त भएका थिए ।

विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिलाई पुस २७ र २८ को भेलामा सहभागी हुन रोक्न नसके पार्टी विभाजन हुने नेताहरूको बुझाइ छ। महामन्त्रीको निर्देशनमा विशेष महाधिवेशन गर्न, पुस २७ र २८ गतेका लागि काठमाडौँको भृकुटीमण्डपस्थित हल बुकिङ गरिएको छ।

विशेष महाधिवेशन पक्षधर नेताहरूले बिहीबार हल बुकिङ गरेपछि महामन्त्रीद्वयले संयुक्त विज्ञप्ति जारी गरेर विशेष महाधिवेशनको दिशा कोरेका छन्। गत असोज २९ गते कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन बोलाउन प्रस्ताव दर्ता भएको थियो।

कांग्रेस विधानअनुसार प्रस्ताव दर्ता भएको ३ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्छ। गत मंसिर १५ गतेको केन्द्रीय समिति बैठकले पुस २६ देखि २८ गते नियमित महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको थियो।

तर, निर्धारित समयमा नियमित महाधिवेशन नहुने निश्चित भएपछि महामन्त्रीद्वले विशेष महाधिवेशनका लागि कदम अगाडि बढाएका छन् ।

Tags: #कांग्रेसमा भाँडभैलो#गगन विश्व

लोकप्रीय

अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?

अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?

शुक्रबार पुस १८ , २०८२
गणतन्त्रमाथि धावा बोलेपछि, ओली,देउवा र प्रचण्ड एक

देउवा–प्रचण्डसंग पनि बयान लिइँदै, आयोगले पठायो प्रश्न

शुक्रबार पुस १८ , २०८२
भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

शुक्रबार पुस १८ , २०८२

विचार

थप समाचार

अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?
निर्वाचन

अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?

शुक्रबार पुस १८ , २०८२
गणतन्त्रमाथि धावा बोलेपछि, ओली,देउवा र प्रचण्ड एक
राजनीति

देउवा–प्रचण्डसंग पनि बयान लिइँदै, आयोगले पठायो प्रश्न

शुक्रबार पुस १८ , २०८२
भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक
समाचार

भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

शुक्रबार पुस १८ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
ताजा समाचार

गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

शुक्रबार पुस १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

टर्कीएमा आ ईए सविरुद्ध का रबाही, भारत चौथो अर्थतन्त्र || Nepal Times

00:24:02

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

00:20:57

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर

मङ्लबार पुस १५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

शुक्रबार पुस १८ , २०८२

हालका पोस्टहरू

अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?

अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?

शुक्रबार पुस १८ , २०८२
गणतन्त्रमाथि धावा बोलेपछि, ओली,देउवा र प्रचण्ड एक

देउवा–प्रचण्डसंग पनि बयान लिइँदै, आयोगले पठायो प्रश्न

शुक्रबार पुस १८ , २०८२
भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

शुक्रबार पुस १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.