×

NEPAL TIMES UPDATES

Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026
Playing
चिमोरिया प्रकरणमा तुलसाले सत्य खोलिन्, कति स्वीकारिन् ? || Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026

भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

१८ पुष २०८२

१८ पुष , काठमाण्डौ ।

अमेरिकी प्रतिबन्ध, धम्कीहरु र जहाजहरुमा आक्रमणसहित आफ्ना नागरिकहरुमाथि अमेरिकी इन्काउन्टर खेपिरहेको भेनेजुएलाले अब डोनाल्ड ट्रम्पमाथि नै दबाव बढाउन थालेको छ । उसले धमाधम अमेरिकी नागरिक पक्राउ गर्न थालेको छ ।

Advertisement

अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार पछिल्ल महिनामा मात्रै कम्तिमा ५ जना अमेरिकी नागरिकहरूलाई भेनेजुएलाको सुरक्षा बलले पक्राउ गरेको छ । ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि दबाब बढाउँदै जाँदा त्यसको प्रत्युत्तरमा भेनेजुएलाले अमेरिकी नागरिकहरूलाई पक्राउ गर्न थालेको भनेर सिएनएनले लेखेको छ ।

पक्राउ परेकाहरू केहीमाथि लागुऔषध तस्करीमा संलग्न भएको हुन सक्ने बताइएको छ । यद्यपि उनीहरूमाथिको आरोप के हो भनेर ठ्याक्कै खुलाइएको छैन । अमेरिकी अधिकारीहरूले ट्रम्पले दबाब नबढाऊन् भनेर भेनेजुएलाले उनीहरूलाई हतियारको रूपमा प्रयोग गर्न खोजेको आरोप लगाएका छन् ।

हाल अमेरिकी अधिकारीहरूले उनीहरू पक्राउ पर्दा भेनेजुएलामा के गरिरहेका थिए भन्नेबारे थप जानकारी संकलन गरिरहेको जनाइएको छ । ट्रम्प प्रशासनका अधिकारीहरूका अनुसार मादुरो सरकारले अमेरिकाविरुद्ध कूटनीतिक दबाब सिर्जना गर्न जानाजानी अमेरिकी नागरिकलाई थुनामा राखिरहेको छ ।

हालैका महिनामा अमेरिकाले भेनेजुएलाविरुद्ध प्रतिबन्धित तेल ट्यांकरहरूमा प्रतिबन्ध, लागुऔषध तस्करीमा संलग्न जहाजमाथि कारबाही, साथै सीआईए ड्रोनमार्फत भेनेजुएलाको एक बन्दरगाह संरचनामाथि आक्रमण गरेको थियो ।

यो रणनीति भेनेजुएलाको निकट सहयोगी रुससँग मिल्दोजुल्दो रहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । रुसले पनि पछिल्ला वर्षहरूमा अमेरिकी नागरिकलाई पक्राउ गरी वासिङ्टनसँगको तनावपूर्ण सम्बन्धमा दबाबको माध्यम बनाउँदै आएको छ ।

अमेरिकी विदेश मन्त्रालय र ह्वाइट हाउसले यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन् । ट्रम्प प्रशासनले खुलेर शासन परिवर्तनको कुरा नगरे पनि मादुरोलाई अवैध राष्ट्रपति र लागुऔषध तस्करसँग जोडिएको आरोप लगाउँदै आएको छ ।

गत डिसेम्बरमा अमेरिकाले मादुरोका आफन्तहरूमाथि प्रतिबन्ध लगाएको थियो । त्यही महिनामा भेनेजुएलाभित्र पहिलोपटक स्थल लक्ष्यमा आक्रमण गर्दै एक बन्दरगाहमा ड्रोन हमला गरिएको सिएनएनले जनाएको छ ।

यस विषयमा प्रतिक्रिया दिँदै मादुरोले हाल भेनेजुएला सुरक्षित रहेको दाबी गरेका छन् । ’राष्ट्रिय सुरक्षा प्रणालीले देशको शान्ति र भू–अखण्डता सुनिश्चित गरेको छ,’ उनले राज्य–नियन्त्रित टेलिभिजनसँगको अन्तर्वार्तामा भनेका छन् ।

मानवअधिकार समूहहरूका अनुसार भेनेजुएलामा सयौं राजनीतिक बन्दी छन् । सन् २०२४ को विवादास्पद निर्वाचनपछि पनि धेरैलाई पक्राउ गरिएको थियो। बिहीबार केही दर्जन बन्दी रिहा गरिएको भए पनि तीमध्ये कोही पनि अमेरिकी नागरिक नभएको अधिकारकर्मी अल्फ्रेडो रोमेरोले बताएका छन् ।

अमेरिकाले हालै भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थ मन्त्रालयले बुधबार भेनेजुएलाको तेल कारोबारमा संलग्न चार कम्पनीमाथि प्रतिबन्ध लगाउनुका साथै चार वटा तेल ट्याङ्करलाई अवरुद्ध सम्पत्तिका रूपमा सूचीकृत गरेको हो ।

मन्त्रालयले जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार यी प्रतिबन्धहरू भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि दबाब बढाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो प्रयासको हिस्सा हुन् ।

भेनेजुएलाको तेल ओसारपसारमा संलग्न रहेको आरोपमा ती कम्पनी र तिनीसँग सम्बन्धित ट्याङ्करहरूलाई लक्षित गरिएको विज्ञप्तिमा उल्लेख छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले विज्ञप्तिमा भनेका छन्, “राष्ट्रपति ट्रम्प स्पष्ट हुनुहुन्छ, अवैध मदुरो शासनले तेल निर्यातबाट नाफा कमाउन पाउँदैन, विशेष गरी जब त्यसले संयुक्त राज्य अमेरिकामा घातक लागु पदार्थको बाढी ल्याइरहेको छ ।”

उनले अर्थ मन्त्रालय राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार मदुरो शासनमाथि दबाब बढाउने अभियान कार्यान्वयन गर्न निरन्तर लागिरहने पनि स्पष्ट पारेका छन् । राष्ट्रपति ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मदुरोमाथि संयुक्त राज्य अमेरिकालाई अस्थिर पार्ने उद्देश्यसहित ‘नार्को–आतङ्कवादी’ शासनको नेतृत्व गरिरहेको आरोप लगाउँदै आएका छन् ।

पछिल्लो प्रतिबन्ध घोषणामा पनि यही दाबी दोहोरिएको छ । आधिकारिक सूचनाअनुसार प्रतिबन्धको दायरामा परेका जहाजहरूमध्ये केही भेनेजुएलासँग सम्बन्धित तथाकथित ‘छाया फ्लीट’ (स्याडो फ्लीट) का हिस्सा हुन्, जसले मदुरोको अवैध शासनलाई इन्धन आपूर्ति गर्न आवश्यक वित्तीय स्रोत उपलब्ध गराइरहेका छन्।

विज्ञप्तिमा भनिएको छ, “मदुरोको शासन प्रतिबन्धबाट जोगिन र प्रतिबन्धयोग्य गतिविधिहरू सहज बनाउन विश्वव्यापी जहाजहरूको छाया फ्लीटमा बढ्दो रूपमा निर्भर हुँदै आएको छ । यिनै माध्यमबाट शासनले आफ्ना अस्थिर गतिविधिहरूका लागि राजस्वसमेत आर्जन गरिरहेको छ । आजको कदमले भेनेजुएलाको तेल व्यापारमा संलग्नहरू अझै पनि गम्भीर प्रतिबन्धको जोखिममा रहेको सन्देश दिन्छ ।”

यसैबिच, राष्ट्रपति ट्रम्पले हालै भेनेजुएलाका राष्ट्रपति मदुरोलाई सत्ता त्याग्नु ‘बुद्धिमानी कदम’ हुने टिप्पणी गरेका छन् । संयुक्त राज्य अमेरिकाले दक्षिण अमेरिकी मुलुकमाथि सैन्य तथा आर्थिक दबाब बढाइरहेका बेला उनको यो अभिव्यक्ति आएको हो ।

मदुरोलाई जबरजस्ती सत्ताबाट हटाउने उद्देश्य नै प्रशासनको रणनीति हो कि भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्प अन्तिम नतिजाबारे स्पष्ट देखिएनन् । तर उनले मदुरोलाई दिइएको सल्लाहबारे भने खुला रूपमा धारणा व्यक्त गरेका छन् ।

“मलाई लाग्छ, सम्भवतः त्यस्तो हुनसक्छ”, उनले भने, “यो उहाँले के गर्न चाहनुहुन्छ भन्ने कुरामा निर्भर छ । मलाई लाग्छ, उहाँले सत्ता छोड्नु बुद्धिमानी हुनेछ । अब के हुन्छ, हामी हेर्नेछौँ ।”

राष्ट्रपति ट्रम्पले भेनेजुएलामाथि अमेरिकालाई गम्भीर क्षति पु¥याएको आरोप पनि दोहो¥याए । उनका अनुसार लाखौँ मानिस खुला सीमाबाट अमेरिका प्रवेश गरेका छन्।

Advertisement

“उनीहरूले आफ्ना अपराधीहरू, बन्दीहरू, लागुऔषध व्यापारीहरू र मानसिक रूपमा अस्थिर तथा अयोग्य मानिसहरू हाम्रो देशतर्फ पठाएका छन्, अन्य कुनै पनि देशभन्दा बढी”, उनले भनेका छन् ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top