×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

२२ पुष , काठमाण्डौ ।

सरकारले स्वदेशमा रहेको तर खेर गइरहेको इथानोललाई पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म मिश्रण गर्ने लक्ष्यसहित नयाँ कानुन स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२’ पारित गर्दै नेपालमै उत्पादन हुने इथानोल प्रयोग गर्ने कानुनी बाटो खुला गरेको हो।

हाल नेपाल आयल निगमले भारतबाट पूर्ण रूपमा तयार पेट्रोल आयात गर्दै आएको छ भने स्वदेशी उखु उद्योगसहित मकै, गहुँ र सिमल तरुलबाट उत्पादन हुने इथानोल मिश्रण गर्दा पेट्रोल आयात घट्नुका साथै स्वदेशी उद्योगलाई प्रत्यक्ष लाभ पुग्ने सरकारको विश्वास छ ।

यसबाट ब्यापार घाटा घट्नेसहित कृषको आम्दानी बृद्धिसहित पेट्रोलको शुद्धताले यसका प्रयोगकर्तालाई समेत लाभ पुर्याउनेछ । नेपाल आयल निगमका अनुसार सुरुमा २ प्रतिशत इथानोल मिश्रणबाट प्रक्रिया थालेर उत्पादन क्षमताका आधारमा क्रमशः ४–६ हुँदै १० प्रतिशतसम्म पु¥याउने योजना छ।

निगमले स्वदेशी व्यवसायीबाट ९९.५ प्रतिशत शुद्ध इथानोल खरिद गरी आयातित पेट्रोलमा मिश्रण गरेर मात्रै बजारमा बिक्री गर्नेछ। निगमले इथानोल मिश्रणले पेट्रोलको गुणस्तरमा असर नपर्ने स्पष्ट पारेको छ भने मन्त्रिपरिषद्बाट स्वीकृत मापदण्ड पूरा भएपछि मात्र बिक्री गरिने जनाएको छ।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार ब्राजिलले पेट्रोलमा २७ प्रतिशत ,अमेरिका र युरोपियन युनियनले १० प्रतिशत तथा भारतले २० प्रतिशतसम्म इथानोल मिश्रण गर्दै आएका छन्। गत आर्थिक वर्षमा नेपालले ७४ करोड ६४ लाख लिटर पेट्रोल आयात गरेको तथ्यांक छ,जसअनुसार दैनिक करिब २० लाख ४४ हजार लिटर पेट्रोल खपत हुन्छ।

यदि १० प्रतिशत इथानोल मिश्रण गरियो भने दैनिक २ लाख लिटर इथानोल आवश्यक पर्छ। हाल नेपालमा दैनिक करिब ५० हजार लिटर मात्रै इथानोल उत्पादन हुने भएकाले प्रारम्भिक चरणमा करिब साढे २ प्रतिशत मात्र मिश्रण सम्भव देखिन्छ।

तर व्यवसायीहरूले दैनिक १ लाख लिटरसम्म इथानोल उत्पादन गर्न सकिने दाबी गरेकाले आगामी दिनमा ५ प्रतिशतसम्म मिश्रण सम्भव हुने अपेक्षा गरिएको छ।इथानोल एउटा ‘बायो–फ्युल’ (जैविक इन्धन) हो । यो खासगरी वनस्पतिजन्य स्रोतहरूबाट तयार पारिन्छ ।

यसलाई पेट्रोलमा निश्चित प्रतिशतसम्म मिश्रण गरेर सवारी साधनमा प्रयोग गर्न सकिन्छ । यसका मुख्य तीनवटा फाइदा छन् । पहिलो, यसले पेट्रोलको कार्यक्षमतामा सुधार ल्याउँछ । दोस्रो, यो वातावरणीय हिसाबले निकै राम्रो छ ।

पेट्रोलको तुलनामा इथानोलले कार्बन डाइअक्साइड र कार्बन मोनोअक्साइडको उत्सर्जन निकै कम गर्छ । तेस्रो, यसले खनिज इन्धनको खपत घटाउँछ, जसले गर्दा हाम्रो आयातमा केही कमी आउँछ । यो एउटा स्वच्छ ऊर्जाको विकल्प पनि हो ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुशार नेपालका लागि यो आर्थिक रूपमा निकै लाभदायक छ । अहिले हामीले प्रयोग गर्ने शतप्रतिशत पेट्रोल विदेशबाट आयात गर्नुपर्छ ।

तर इथानोल हामी आफैँले देशभित्रै उत्पादन गर्न सक्छौँ जब हामी पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउँछौँ, त्यति नै बराबरको विदेशी मुद्रा बाहिर जानबाट जोगिन्छ । यसले हाम्रो वैदेशिक मुद्रा सञ्चितिमा टेवा पु¥याउँछ ।

साथै देशभित्रै नयाँ उद्योगहरू स्थापना हुँदा रोजगारीका अवसरहरू सिर्जना हुन्छन् र स्वदेशी पैसा स्वदेशमै रहन्छ । इथानोल उत्पादनका लागि मुख्यगरी दुईवटा स्रोतहरू छन् । एउटा उखुको ‘मोलासिस’ (खुँदो जस्तो पदार्थ) हो, जुन चिनी उद्योगहरूबाट निस्कन्छ ।

दोस्रो, सिमल तरुलबाट पनि इथानोल बनाउन सकिन्छ । यसले प्रत्यक्ष रूपमा किसानहरूलाई फाइदा पु¥याउँछ । किसानहरूले सिमल तरुल वा उखु खेती गरेर उद्योगलाई बेच्न सक्छन् । उद्योगीहरूले ती कच्चा पदार्थ किनेर प्रोसेसिङ गरी इथानोल बनाउँछन् ।

यसरी कृषि क्षेत्रको व्यवसायीकरण र किसानको आयआर्जनमा यसले ठुलो मद्दत गर्छ । पेट्रोलमा मिसाउने इथानोल ९९.५ प्रतिशत शुद्ध हुनुपर्छ । सामान्यतया स्पिरिट वा रक्सीमा यसको शुद्धता ६५ देखि ७० प्रतिशत मात्र हुन्छ, तर इन्धनका लागि प्रयोग हुने इथानोलमा ‘मोइस्चर’ कत्ति पनि हुनुहुँदैन ।

यदि इथानोलमा पानीको मात्रा भयो भने यसले सवारी साधनको इन्जिन बिगार्न सक्छ । त्यसैले उद्योगहरूले शतप्रतिशत डिहाइड्रेटेड इथानोल उत्पादन गर्नुपर्छ । यस्तो उच्च गुणस्तरको इथानोलले इन्जिनलाई कुनै हानि गर्दैन, बरु सफा राख्न मद्दत गर्छ ।

विश्वका धेरै देशले इथानोलको प्रयोगलाई व्यापक बनाएका छन् । ब्राजिलमा ८० देखि ९० प्रतिशतसम्म इथानोल प्रयोग गर्न मिल्ने इन्जिनहरू बनिसकेका छन् । २० प्रतिशत भन्दा बढी मिसाउनुपर्ने भएमा मात्र इन्जिनको बर्निङ र फ्युलिङ सिस्टममा परिवर्तन गर्नुपर्ने हुन्छ ।

एउटा इथानोल उद्योग स्थापना गर्न करिब दुई अर्ब रुपैयाँ भन्दा बढी लगानी चाहिन्छ । यदि आपूर्तिकर्ताहरू तयार भए भने अबको ५ देखि ६ महिनाभित्र पेट्रोलमा इथानोल मिसाएर बिक्री सुरु गर्न सकिने भट्टले बताएका छन् ।

इथानोल इन्धन ऊर्जा निकाल्न प्रयोग हुने इथाइल अल्कोहल हो । मादक पेय पदार्थको रूपमा प्रयोग हुने अल्कोहलको प्रकार पनि इथाइल अल्कोहल नै हो । यो प्रायःजसो मोटर इन्धन र मुख्यतयाः पेट्रोलका लागि एक जैविक इन्धन संयोजकका रूपमा प्रयोग गरिन्छ ।

एक लिटर पेट्रोलले दिने बराबरको ऊर्जा प्राप्त गर्न १.५ लिटर इथानोल आवश्यक पर्छ । प्रदूषक इन्धन प्रतिस्थापनमा जैविक इथानोल कति उपयोगी छ भन्नेबारे विश्वमा पर्याप्त वहस भइसकेको छ ।

यसको उत्पादन र प्रयोगप्रति भने खाद्यान्नको मूल्य बढ्ने चिन्ता जनाउँदै विरोध हुने गरेको छ । खाद्यान्न उब्जनीका लागि आवश्यक कृषियोग्य जमिनको ठूलो मात्रा इथानोल इन्धनका लागि खर्च हुने भन्दै विरोध हुने गरेको हो ।

पेट्रोलमा भन्दा इथानोलमा प्रतिलिटर लगभग ३४ प्रतिशत कम ऊर्जा हुन्छ । सैद्धान्तिक रूपमा शुद्ध इथानोलको प्रज्ज्वलनबाट गाडीमा प्रतिलिटर पेट्रोलभन्दा ३४ प्रतिशत कम शक्ति उत्पन्न हुन्छ ।

यद्यपि, इथानोलको अक्टेन रेटिङ उच्च हुने भएकाले कम्प्रेसन रेसियो बढाएर ऊर्जा दक्षता बढाउन सकिन्छ । यसअघि चिनी उद्योगीले सरकारसँग पेट्रोलमा इथानोल मिश्रण गर्न माग गर्दै आएका थिए ।

गतवर्ष नै तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग छलफल गर्दै उद्योगीले पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाउन सक्ने भन्दै सरकारले ध्यान दिनुपर्ने बताएका थिए ।

तर अहिले आएर वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले इथानोलको मिश्रणसम्बन्धी बाटो खोलेको छ । नेपाल चिनी उद्योग संघका अनुसार उद्योगको बढ्दो उत्पादन क्षमता र उखुको उपलब्धतामा भएको वृद्धिका कारण उद्योगले करिब ३ करोड लिटरसम्म इथानोल उत्पादन गर्न सक्ने सम्भावना रहेको छ ।

Scroll to Top