×

NEPAL TIMES UPDATES

Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026

कश्मीर–बंगलादेश–अफगानबारे वांग यी र इशाक डारबीच वार्ता

२२ पुष २०८२

२२ पुष , काठमाण्डौ ।

साउदी अरबको नेतृत्वमा पश्चिम एसियामा एउटा बलियो संगठन बन्न लागेको दाबी गरिएको छ । बेलायतमा रहेका पाकिस्तानी सेनाका पूर्व मेजर आदिल राजाले कयौं ठूला दाबी गर्दै यसबारे खुलासा गरेका छन् । उनले साउदी अरब सिंगो पश्चिम एशियामा एउटा ठूलो र बलियो गठबंधन बनिरहेको बताएका छन् ।

Advertisement
Advertisement

यद्यपि यो मामिलामा साउदीकाअघि संयुक्त अरब इमिरेट्स (यूएई) प्रमुख चुनौती रहेको छ । यूएईले इजरायलबाट सहयोग पाइरहेको छ । उता पाकिस्तान र इजिप्टजस्ता देशहरुले भने कुनै पनि एउटा पक्षमा लाग्ने निर्णय गर्न सकिरहेका छैनन ।

यस्तोमा उनीहरुले साउदी अरबको दबाव भने सामना गरिरहेका छन् । राजाले एक गोप्य रिपोर्टको आधारमा यो दाबी गरेका हुन् । उनको भनाइ छ कि पाकिस्तानी आर्मीका सीडीएफ असीम मुनीर सबैभन्दा नराम्रोगरी फसेका छन् ।

आदिल राजाले सोमवार एउटा भिडियो जारी गर्दै आफ्नो हात लागेको एउटा गोप्य रिपोर्टलाई उदृत गर्दै भनेका छन् कि साउदी अरबका क्राउन प्रिंस मोहम्मद बिन सलमानले पर्दा पछाडिबाट यूएईविरुद्ध कडा मोर्चा खोलिरहेका छन् ।

पर्दा पछाडि मात्रै होइन बरु यो अब खुलारुपमा नै देखिन थालेको छ । साउदीले हालै गाजामा सिधैं सहयोग पठाउने निर्णय गरेको छ । जबकी अहिलेसम्म यूएईले नै गाजामा सहयोग पठाउँदै आएको थियो ।

साउदी अरबको गाजामा सहयोग पठाउने निर्णयले यूएईसंगको उसको तनाव बढीरहेको देखाउँछ । यो क्षेत्रमा स्वयंलाई बलियो बनाउन र यूएईलाई साइडलाइन गर्नका लागि साउदी अरबले तुर्की र कतारसंग गठबंधन गरेको छ ।

यो गठजोडमा अन्य कयौं देशहरुलाई पनि जोडिदै छ । योे गठबंधन सोमालिया, सूडान, लिबिया र सूडानमा सरकार विरोधी गुटहरुलाई कमजोर पार्न लागि परेको छ, जसलाई यूएईले सहयोग गर्दै आएको छ ।

साउदी अरबको गठबंधन र यूएईसंगको उसको लडाइँले खासगरी इजिप्ट र पाकिस्तानलाई मुश्किलमा पारिदिएको छ । यी दुवैले आफ्नो पक्ष खुलाउन सकेका छैनन । यस्तोमा साउदीका तर्फबाट दुवैलाई आफ्नो स्थिति स्पष्ट पार्न दबाब परिरहेको छ ।

पाकिस्तानी सेना प्रमुख असीम मुनीर र इजिप्टका नेता फतह अल सीसीमाथि साउदीले दबाव दिइरहेको छ । यतिबेला साउदीले यूएईका साथ इजरायलका अलावा यदी कोही उभिएको छ भने त्यो इजिप्ट र पाकिस्तान नै उभिएको देखिरहेको पनि आदिल राजाले दाबी गरेका छन् ।

पाकिस्तानसंग त साउदीले हालै एउटा महत्वपूर्ण रक्षा सम्झौता पनि गरिसकेको अवस्था छ । यस्तोमा इजिप्टको भन्दा बढी दबाब पाकिस्तानले झेलिरहेको छ । साउदी अरबले यूएईविरुद्ध एउटा एक्टिभ क्याम्पेन पनि चलाइरहेको छ ।

यो क्याम्पेनले इजरायललाई गाजा युद्धको समयमा यूएईले अर्बौ डलरको हतियार पठाएको पनि दाबी गरिरहेको छ । अरब विश्वमा यूएई र इजरायलको सम्बन्धलाई लिएर कयौं कुराहरु चर्चामा रहेका छन् । यी कुराहरु साउदीकै तर्फबाट बाहिर आइरहेका छन् ।

यसैबीच उता चीन र पाकिस्तानले सोमवार दक्षिण एशियामा कुनै पनि प्रकारको एकातर्फी कारबाहीप्रति आफ्नो विरोधलाई पुनः दोहोर्याएका छन् । दुवै घनिष्ठ सहयोगीले बंगलादेशका साथ त्रिपक्षीय सहयोग र कश्मीरको सन्दर्भमा पनि आफ्नो रणनीतिक वार्ताको समापनमा यो कुरा गरेका हुन् ।

चिनियाँ विदेश मंत्री वांग यी र पाकिस्तानका उप प्रधानमंत्री इसाक डारका बीच आयोजित सातौं रणनीतिक वार्ताको समापनमा सोमवार जारी संयुक्त बयानमा भनिएको छ कि बेजिंगले अफगानिस्तानबाट आतंकवादी संगठनहरुलाई नष्ट गर्न गर्ने इस्लामाबादको मागको समर्थन गरेको छ ।

काबुलले भने आफ्नो देशमा आतंकवादी संगठनहरुको उपस्तििलाई अस्वीकार गर्दै आएको छ । पाकिस्तान र चीनका समकक्षीबीच भएको वार्तामा शेख हसीना सरकारको पतनपछि गठित चीन–बंगलादेश–पाकिस्तान त्रिपक्षीय सहयोग सम्यन्त्रको लाभ उठाउँदै नयाँ परिणामका लागि ‘तत्परता’ को पनि कुरा गरिएको छ ।

चीन र पाकिस्तानले संयुक्त बयानमा “दुवै पक्षले संयुक्त राष्ट्र चार्टर, अंतर्राष्ट्रिय कानून र अंतर्राष्ट्रिय सम्बन्धहरुलाई नियन्त्रण गर्ने आधारभूत मापदण्डहरुमा आधारित दक्षिण एशियाली क्षेत्रीय व्यवस्थाको महत्वमा बल पुगेको भनेका छन् ।

उनीहरुले कुनै पनि एकातर्फी कारबाहीको विरोध दोहोर्याउँदै दक्षिण एशियामा शांति र स्थिरता कायम राख्ने र संवाद एवं परामर्शका माध्यमले सबै विवादहरुको हल गर्न आवस्यकता रहेकोमा जोड दिएका छन् ।

संयुक्त बयानका अनुसार, “पाकिस्तानी पक्षले जम्मू–कश्मीरको स्थितिमा पनि आफ्नो अडान र नवीनतम घटनाक्रमहरुका बारेमा चिनियाँ पक्षलाई जानकारी पनि दिएको छ ।

चीनले एक पटक फेरि दोहोर्याएको छ कि जम्मू–कश्मीरको मुद्दा ‘इतिहासको देन हो र यसलाई संयुक्त राष्ट्र चार्टर, सम्बन्धित संयुक्त राष्ट्र सुरक्षा परिषदका प्रस्तावहरु र द्विपक्षीय सम्झौताहरुका अनुसार उचित र शांतिपूर्ण तरिकाले समाधान गरिनुपर्छ ।

बयानमा भनिएको छ, “दुवै पक्षले समानता र पारस्परिक लाभका सिद्धांतअन्तर्गत सीमा पार जल संसाधन सहयोग र अंतर्राष्ट्रिय कानूनी दायित्वहरुलाई पूरा गर्ने अनिवार्यतामा जोड दिए” ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top