×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश नं. १ का सांसदद्धारा प्रशासनिक संरचनाहरु टुक्राउन नहुनेमा जोड

२१ आश्विन २०७५

विराटनगर, असोज २१
प्रदेश नं. १ का प्रदेशसभा सदस्यहरुले सरकारका प्रशासनिक संरचनाहरु टुक्राउन नहुनेमा जोड दिएका छन् । प्रदेश सरकारले जनतालाई सेवा दिने नाउमा मन्त्रालयहरु बिकेन्द्रीत गर्ने सोच बनाइरहेका बेला प्रदेश सदस्यहरुले त्यसको बिरोध गरेका हुन् ।

प्रदेश सभाको आइतबार बसेको प्रदेश सभा बैठकमा प्रतिपक्ष नेपाली काग्रेसका प्रदेश सभा सदस्यहरुले जनतालाई सेवा दिने नाममा मन्त्रालय फुटाउन नहुनेमा सभामख मार्फत सरकारलाई सचेत गराएका छन् ।

Advertisement

प्रदेश सभाको शुन्य समयमा बोल्दै सांसद मोहम्द ताहिर मिँयाले कुनैपनि हालतमा जनतालाई सेवा प्रवहा गर्ने बहानमा मन्त्रालयहरु टुक्राउने काम गर्न नहुने बताए ।

उनले प्रदेश सरकारको प्रशासनिक संरचना एकै स्थानमा राख्न सरकारकासँग माग समेत गरे । सांसद शान्ता पौडेलले पनि सरकारले विभिन्न स्थानमा मन्त्रलयहरु विभाजन गर्ने तयारी भईरहेका बारेमा बाहिर कुरा आइरहेको भन्दैे मन्त्रालय टुक्राउन नहुनेमा जोड दिईन् ।

नेकपाका सांसद बलबहादुर सामसुहाङले सांसदहरुले सदनमा बोल्दा संविधानको मर्म र भावना बिपरित अभिव्यतmी दिने गरेको भन्दै सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराए । उनले प्रदेशको नाम आफनो पार्टी भने अनुसार नभए जे पनि हुनसक्ने भन्दै अभिव्यतmी दिने सांसदलाई सरकारले स्पष्टीकरण सोध्न माग गरे ।

उनले सदनमा आफनो कुरा राख्दा आपनो माग अनुसार नभएको खण्डमा जो पनि हुनसक्ने चेतावनीका कारण सांसदहरु असुरक्षा महशुस गरेको भन्दै उनले सभामुख मार्फत सरकारको यस बिषयमा ध्यानाकर्षण गराएका थिए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद बिष्णु तुम्बाहाम्फेले गएको विहिबारको प्रदेश सभाको बैठकमा बिषेश समयमा बोल्दै प्रदेशको नाम लिम्बुवान नराखिएको खण्डमा सांसदको घर घरमा गएर घेराउन गर्ने चेतावनी दिएकी थिईन् ।

प्रदेश सभाको आईतबारको बैठकमा सामाजिक बिकास मन्त्रलयले तयार पारेको प्रदेशको खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक ०७५ पेश भएको छ ।

सामाजिक बिकास मन्त्री जीवन घिमिरेले प्रदशे सभामा उतm विधेयक पेश गरेका थिए । खेलकुद मार्फत प्रदेशका नागरिकहरुमा राष्ट्रियता सम्बन्धि सामुहिक भावनाको विकास गर्ने नागरिकहरुलाई स्वास्थ्य,अनुशासित,मर्यादित बनाउन यो विधेयक तयार गरिएको हो ।

४४ दफा रहेको विधेयकमा प्रदेश खेलकुद बिकासका लागि खेलकुद सम्बन्धी नीति तथा कार्यक्रम,कार्यायोजना बनाउने, खेलकुद पूर्वधारको निर्माण गर्न प्रदेश खेलकुद बिकास बोर्ड गठन,१४ वटै जिल्लामा खेलकुद विकास समिति निर्माण गर्ने लगायतका कार्यक्रम समावेश गरिएको छ ।

प्रदेश खेलकुद बिकास बोर्डको अध्यक्षमा मुख्यमन्त्री रहने व्यवस्था गरिएको छ । खेलकुद गतिविधिका लागि गठन हुने समितिहरुले दुई बर्षमा अनिर्वाय रुपमा खेल प्रतियोगिता आयोजना नगरेको खण्डमा १ लाखसम्म जरिवना र समिति दर्ता खारेजी गर्नेसम्मको प्रावधान समेत विधेयकमा समेटिएको छ ।

Advertisement

विना अनुमति खेल प्रतियोगिता आयोजना गरेमा तथा दर्ता भएका समितिले खेलकुद गतिविधि भन्दा बाहिरी गतिविधि गरेको पाइएमा उनीहरुको दर्ता खारेजी र १ लाख जरिवना समेत लिने विधेयकमा उल्लेख गरिएको छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top