×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

कांग्रेस विशेष महाधिवेशनः एकताको कसम कि विभाजन ?

२४ पुष २०८२

२४ पुष , काठमाण्डौ ।

केहीले पार्टी फुटको हल्ला चलाइरहेका छन् । ‘कसैले चाहेर पनि पार्टी फुट्दैन । ‘हाम्रो अभियानबाट पार्टी बलियो हुन्छ। कोही मानिस पार्टी फुट्छ कि फुटाउँछन् भनेर भन्छन्। तपाईँहरूलाई साक्षी राखेर देशभरका कार्यकर्तालाई आश्वस्त बनाउँछु कि, पार्टी फुट्दैन। कसैले चाहेर पनि फुट्दैन। साँच्चै असजिलो अवस्था आयो भने त म आफू विष पिउँछु नि, एकतालाई जोगाउँछु,’ यो भनाइ नेपाली काँग्रेसका महामन्त्री गगन थापाको हो ।

Advertisement
Advertisement

हिजो मात्र उनले काँग्रेसका दुई नेता चन्द्र भण्डारी र सुनिल शर्मा सँगको भेटमा गरेको कुराकानी हो । विशेष महाधिवेशन पार्टी फुटाउन नभई मुर्छा परेको काँग्रेसलाई ऊर्जा दिन आयोजना गरिएको हो । ‘विशेष महाधिवेशनबाट काँग्रेस विभाजन हुन्छ भन्ने भ्रम फैलाइँदै छ, तर त्यस्तो हुनै सक्दैन,’ यदि पार्टी विभाजनतर्फ जान खोजियो भने म हलबाट बाहिर निस्कन्छु।’

यो भनाइ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको हो । आज बिहान सार्वजनिक सन्देशमार्फत शर्माले यस्तो कुरा भनेका छन् । काँग्रेसको दोस्रो विशेष महाधिवेशनको आव्हान यी दुई भाइले गरेका हुन् ।

यदि बेला काँग्रेस विभाजन तर्फ उन्मुख छ भन्ने कुरा चिया पसल देखि आमसञ्चार माध्यमहरूका समेत प्रमुख समाचार बनी रहेका छन् । यदि कांग्रेस फुट्दैन भने हुन्छ चाही के त ? पुस २७ गतेबाट काठमाण्डौंको भृकुटीमण्डपमा महामन्त्री द्वयले आह्वान गरेको विशेष महाधिवेशनको उद्घाटन हुन्छ ।

त्यसपछि बन्द सत्र हुन्छ । त्यसपछि निर्वाचन प्रक्रियामा जान्छ । यदि १४ औं महाधिवेशनका ५१ प्रतिशत प्रतिनिधिहरू त्यहाँ उपस्थित भए त्यसले नयाँ केन्द्रीय कार्यसमिति घोषणा गर्ने छ । त्यसपछि त्यो समितिले आफू आधिकारिक काँग्रेस भएको भन्दै शेरबहादुर देउवाको मा त निवेदन दिने पक्कै हैन होला ।

निर्वाचन आयोगमा गएर दर्ता गर्ने हो । यदि निर्वाचन आयोगमा गएर दर्ता गरेपछि आयोगले प्रमाणीकरण सुरु गर्ने पर्ने होला । अनि आयोगले त्यसलाई मान्यता दियो भने शेरबहादुर देउवादेखि शेखर कोइराला सम्म अब हाम्रो पार्टी नेतृत्व विशेष महाधिवेशनले चयन गरेकै हो भनेर गगन विश्वको पछि लागि हाल्ने अवस्था रहन सक्छ जस्तो कसैलाई पनि लागेको छैन ।

यस्तो अवस्थामा विभाजनको अर्को पाटो नै हुदैन् । आज केन्द्रीय कार्य समिति भन्दा ठुलो महाधिवेशन प्रतिनिधिहरूको भेला हो भनेर द्वय महामन्त्रीले दाबी गरी रहेको बेला अब पार्टी कुन आधारमा एक हुन्छ भन्ने कुरा पनि महामन्त्रीहरूले प्रस्ट पार्नु पर्ने अवस्था आएको छ ।

कि त महामन्त्रीहरूलाई आफूहरूले आयोजना गरेको विशेष महाधिवेशनमा ५१ प्रतिशत प्रतिनिधिहरूको सहभागिता नै रहँदैन भन्ने कुरा पक्का छ । यदि त्यसो भने भने भृकुटीमण्डपको विशेष महाधिवेशन एक भेलामा परिवर्तन हुने छ ।

त्यो भयो भने यस अघि शेखर कोइराला समूहले अनुपम फुडल्याण्डमा गर्दै आएका भेला जस्तै गगन विश्व गुटको भेला हुने छ । त्यसो भयो भने पार्टी नफुट्ने पक्का छ । हैन भने कसरी जोगीन्छ त काँग्रेसको यो सङ्कट ? अब यसका बारेमा चर्चा गरौं ।

नेपाली काँग्रेस यति बेला इतिहासकै संवेदनशील मोडमा उभिएको छ। चिया पसलदेखि सामाजिक सञ्जाल मात्र हैन आमसञ्चार माध्यमसम्म एउटा नै प्रश्न उठी रहेको छ काँग्रेस फुट्न लागेको हो ? विशेष महाधिवेशनलाई वैधता नदिने संस्थापन पक्षको अडानमा संस्थापन इतर समूहको नेतृत्व गरी रहेका डाक्टर शेखर कोइराला पनि उभिएका छन् ।

कोइरालाको बुझाइमा पनि विशेष महाधिवेशनले पार्टीमा विभाजन ल्याउने छ । यसका बारेमा शेखरले देउवालाई भेटेरै विशेष महाधिवेशन पक्षधरसँग छलफल गर्न सुझाव दिइसकेका छन् । संस्थापन पक्षले त झनै विशेष महाधिवेशनलाई पार्टी फुटाउने योजना नै भनी सेकेको छ ।

यति बेला काँग्रेस केन्द्रीय समिति कसैलाई पनि भृकुटीमण्डप नआउन उर्दी जारी गरी रहेको छ भने पार्टीका महामन्त्री द्वय भिडियो सन्देश बनाउँदै जसरी पनि परिवर्तनको पक्षमा उभिनका लागि भृकुटीमण्डप आउन आव्हान गरी रहेका छन् ।

विशेष महाधिवेशन पक्षले २०१४ सालमा विराटनगरमा भएको पहिलो विशेष महाधिवेशन सँग अहिलेको दोस्रो भनिएको महाधिवेशनलाई जोडेर प्रचार गरी रहेका छन् । तर यर्थातमा त्यसो चाही पक्कै हैन ।

पहिलो विशेष महाधिवेशन पार्टीको केन्द्रीय समितिले बोलाएको मात्र हैन तत्कालीन पार्टी सभापति शुर्वण सम्म शेरले आफूले पदबाट राजीनामा गरेर बिपी कोइरालालाई सभापतिमा प्रस्ताव गरेका थिए ।

तर अहिले पार्टीको केन्द्रीय समिति त परैजाओस कार्य सम्पादन समितिमा पनि ५ जना सदस्यले मात्र विशेष महाधिवेशनको माग गरेका हुन् । त्यसैले यो विशेष महाधिवेशनले काँग्रेस फुट्न सक्ने सम्भावना वलियो छ ।

यदि फुटेन भने काँग्रेसमा गगन र विश्व तेस्रो समूहका रूपमा स्थापित हुने पक्का छ । विशेष महाधिवेशनको मूल बहस विधानमा केन्द्रित छ। काँग्रेस विधानको धारा १७(२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ।

महामन्त्री द्वयको दाबी अनुसार ५४ प्रतिशत अर्थात् २ हजार ४ सय ८८ प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै असोज २९ मै केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए। तर केन्द्रीय कार्यसमितिले उक्त मागलाई वेवास्ता गर्दै नियमित महाधिवेशज तोकेपनि त्यो महाधिवेशन समेत सारिएपछि महामन्त्रीहरूले आफैँ विशेष महाधिवेशन आह्वान गरेका हुन्।

संस्थापन पक्ष भने विशेष महाधिवेशन बोलाउने अधिकार केवल केन्द्रीय कार्यसमितिलाई मात्र रहेको तर्क गर्छ। मुख्य सचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा ‘व्यक्तिगत रूपमा बोलाइएको कुनै पनि अधिवेशन वा विशेष महाधिवेशन विधान विपरीत’ हुने उल्लेख छ।

वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी भने यसलाई प्रतिनिधिहरूको विशेष अधिकारको विषय मान्छन्। उनका अनुसार ४० प्रतिशतले माग गरिसकेपछि कसले बोलायो भन्ने प्रश्न गौण हुन्छ।

‘महामन्त्रीले नभएर कुनै सदस्यले बोलाए पनि वैधानिकता हुन्छ,’ उनले भनेका छन् । काँग्रेसभित्र अहिलेको सङ्कटलाई २३ वर्षअघिको विभाजनसँग तुलना गरिँदै छ। २०५९ सालमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँगको टकराबपछि शेरबहादुर देउवाले नेपाली काँग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए।

त्यति बेला पनि कारबाही, असहमति र सत्ता राजनीतिले काँग्रेस विभाजनको बाटो रोजेको थियो। यद्यपि अहिलेको परिस्थिति फरक देखिन्छ। त्यति बेला नेतृत्व स्वयं विभाजनको केन्द्रमा थियो भने अहिले महामन्त्रीहरू खुलेर विभाजन नहुने कसम खाइरहेका छन्।

पार्टी प्रवक्ता प्रकाश शरण महत नियमित महाधिवेशनको तालिका आइसकेकाले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको दाबी गर्छन्। ‘महामन्त्रीको भूमिका भनेको केन्द्रीय कार्यसमितिका निर्णय कार्यान्वयन गर्ने हो, आफूखुसी महाधिवेशन बोलाउने होइन,’ उनको भनाइ छ।

संस्थापन पक्षलाई डर छ कि ५१ प्रतिशत प्रतिनिधि पुगे नेतृत्व चयन हुन सक्छ र त्यसले निर्वाचन आयोगदेखि अदालतसम्म कानुनी विवाद जन्माउन सक्छ। यस्तो विवादले आसन्न निर्वाचनलाई समेत असर पार्ने उनीहरूको बुझाइ छ।

विशेष महाधिवेशनका प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेल भने प्रतिनिधिको सङ्ख्या घट्ने होइन, बढ्ने दाबी गर्छन्। समानुपातिक र राष्ट्रिय सभामा उम्मेदवार छनोटमा भएको असन्तुष्टि, एमालेसँगको सम्भावित गठबन्धन र सभापति देउवाको पुनः सक्रियताले पार्टीभित्र असन्तोष चुलिएको उनको तर्क छ।

आजको अवस्थाले काँग्रेसलाई निर्णायक प्रश्नको सामना गराइरहेको छ। यदि विशेष महाधिवेशनमा ५१ प्रतिशत प्रतिनिधि पुग्छन् र नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढ्छ भने त्यसले गहिरो राजनीतिक र कानुनी सङ्कट जन्माउन सक्छ।

यदि प्रतिनिधि सङ्ख्या नपुगेर यो महाधिवेशन गुटीय भेलामा सीमित हुन्छ भने पार्टी औपचारिक रूपमा नफुट्ला, तर आन्तरिक विभाजन अझ गहिरिनेछ। महामन्त्रीद्वयले ‘पार्टी फुट्दैन’ भन्ने कसम खाइरहेका बेला अब उनीहरूले अर्को प्रश्नको जवाफ दिनुपर्ने अवस्था आएको छ—कुन आधारमा, कुन प्रक्रियाबाट र कुन राजनीतिक सम्झौताबाट काँग्रेसलाई एकताबद्ध राख्ने ?

पार्टीले बहुमतबाट नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेश आह्वान गर्दा त्यसले पार्टीलाई कसरी बलियो बनाउँछ ? विशेष महाधिवेशन काँग्रेसलाई ऊर्जा दिने ऐतिहासिक अवसर बन्ने हो कि अर्को विभाजनको पूर्वाभ्यास, यसको उत्तर पुस २७ पछि क्रमशः खुल्दै जानेछ। अहिलेका लागि भने काँग्रेस अनिश्चितता, झिनो आशा र विभाजनका लागि भिरको डिलमा उभिएको छ।

Advertisement

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top