×

NEPAL TIMES UPDATES

Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026
Playing
Iranले ५ वर्ष आणविक परियोजना रोक्ने, America भन्छ २० वर्ष || Nepal Times
Apr 14, 2026
Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026

रास्वपा र कुलमानको उज्यालोबीचको एकता सहमति धरापमा

२५ पुष २०८२

२५ पुष , काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच ७ बुँदे सहमति भएको २ साता पुग्न लाग्दा समेत एकता प्रक्रिया टुंगोमा पुग्न सकेको छैन् । कुलमान पक्षले केन्द्रीय सदस्य बढाउनुपर्ने अडानसहित प्रस्तुत भएपछि रास्वपाका नेताहरु नै असन्तुष्ट बन्न थालेका हुन् ।

Advertisement
Advertisement

कुलमाननिकट एक नेताका अनुसार, विषेशत दुई कुराको कारणले केन्द्रीय सदस्य मनोनयनमा अलमल भइरहेको छ । “रास्वपासँगले उज्यालो नेपालबाट कहिले २६ जना कहिले २१ त कहिले १८ जना ल्याउनुस् भनिरहेको अवस्था छ । एकीन भएरै आउन सकेन ।

पार्टीले वृहत रुप लिइसकेकाले आन्तरिक रुपमा ९५ जना केन्द्रीय सदस्य छान्नका लागि पनि सकस भएकै हो,” स्रोतले भन्यो । केन्द्रीय सदस्य छान्नका लागि आन्तरिक रुपमै उज्यालो नेपाल पनि अलमलमा परेको छ ।

उज्यालो नेपालका नेता जितराम लामाका अनुसार, सुरुवाती चरणमा ५२ सदस्यीय केन्द्रीय समितिलाई बढाएर अहिले ९५ सदस्यीय बनाइएको छ । देशैभरीबाट चुनावमा भाग लिने हिसाबले पार्टीले संगठन विस्तार गरेको र पार्टीले वृहत रुप लिइसकेको अवस्थामा रास्वपासँग सहमति भएको उनले बताएका छन् ।

यसअघि पुस १४ गते उपसभापतिको वरियतामा रहने गरी रास्वपा सभापति रवि लामिछाने र कुलमानबीच दुई पक्षीय सहमति भएको थियो । सो सहमति अनुसार, कुलमान नेतृत्वको उज्यालो नेपाल पनि घण्टी चुनाव चिह्नमार्फत आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा होमिने सहमति भएको थियो ।

हामी नेपाली नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङ लगायतले दबाब दिएपछि सहमतिमा आएका कुलमानले अहिले आफू कुनै पनि पार्टीको सदस्य नरहेको बताउँदै आएका छन् । कुलमानले बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई भेटर राजिनामा बुझाएका थिए ।

उज्यालो नेपालको तर्फबाट सुरुवाती चरणमा २१ जना पठाउने कुरा भएको तर, यही संख्या पनि हुन नसकेको ती नेताको भनाइ छ । रास्वपाका एक नेताका अनुसार, रास्वपाले उज्यालो नेपालको तर्फबाट १२ जनालाई ल्याउन भनेको थियो ।

रास्वपाका एक नेताका अनुसार, उज्यालो नेपालको तर्फका केन्द्रीय सदस्य बढाएर पठाउने भनेपछि रास्वपाले स्वीकार गरेको छैन् । “उहाँहरु एक महिनामै ९५ सदस्यीय केन्द्रीय समिति बनाउने ? अहिले रास्वपाले सबैलाई समेट्नुपर्ने भन्ने कुरा आयो ।

तीन वर्ष चलेको स्थापित पार्टीमा त्यो सम्भव छैन् । उहाँहरुले प्रेसर त होला तर, त्यो भन्दाधेरै प्रेसर रास्वपालाई छ,” ती नेताले भने । “कुलमानजीलाई रास्वपाले उपसभापति स्वीकार गरेको हो । तर, केन्द्रीय सदस्यमा सबैजसोलाई समेट्नुपर्ने कुरा ल्याउनुभयो ।

तीन पक्षबीच सदस्य बाँडफाँड गर्दा उहाँहरुको भागमा कति पर्ने हो त्यो दिन रास्वपा तयार छ,” ती नेताले भने । यसअघि रास्वपाले उज्यालो नेपालतर्फका १८ जनामध्येबाट ४ जनाको नाम काटेपछि कुलमान पक्ष असन्तुष्ट बनेको थियो ।

त्यसपछि आफ्नो छुट्टै समानुपातिक बन्दसूची बोकेर उज्यालो नेपालका नेताहरु निर्वाचन आयोग पुगेका थिए । त्यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता, प्रधानमन्त्रीको रुपमा अघि सार्ने गरी रास्वपासँग सहमति भएको थियो ।

तर, बालेनले अहिलेसम्म कुनै सदस्यता लिएका भने छैनन् । बालेनपक्षले रास्वपाको साधारण सदस्य मात्रै रहेको बताइएको छ । उनका तर्फबाट २६ जनाले भने सदस्यताको सपथ लिइसकेका छन् ।

बालेनलाई २६ केन्द्रीय सदस्य दिने तर आफूहरुलाई कम सदस्य दिनेभएपछि उज्यालो पक्षमा असन्तुष्टि देखिएको छ । हाल रास्वपामा १२९ जना केन्द्रीय सदस्य छन् । पार्टी सभापति लामिछानेले घिसिङसँगको सहमतिलाई पार्टीको प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको जानकारी दिएका छन् ।

लामिछानेले हिजो चितवनमा भनेका छन्, “उहाँसँग सरकारमै रहनुभएको समयमा हामीले सहमति गरेका थियौंँ । अब उहाँले राजीनामा दिएर आउनुभएको छ, त्यसैले सो सहमतिलाई पार्टीले औपचारिकता दिने काम सुरु हुन्छ,” यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचन लागि उम्मेदवार घोषणा गर्दै प्रचार नगर्ने नेता कार्यकर्ताहरूलाई निर्देशन दिएको छ।

उम्मेदवार छनोट सिफारिस उपसमितिले विज्ञप्ति जारी गर्दै प्रत्यक्षतर्फ उम्मेदवारी दिन इच्छुक केही व्यक्तिहरूले औपचारिक आवेदन नदिई वा दिएर पनि सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गरेको पाइएको भन्दै पार्टीले यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको गतिविधिले नयाँ तथा बाँकी आकांक्षी सदस्यहरूलाई निरुत्साहित गर्ने अवस्था सिर्जना भएको हुँदा यस्ता सबै प्रचार–प्रसार कार्य तत्काल रोक्न तथा यसअघि सामाजिक सञ्जालमा राखिएका यस्ता सामग्रीहरू हटाउन निर्देशन गरिन्छ।’

उम्मेदवारका लागि आवेदन दिने सदस्यले आफ्नो आकांक्षा जनाउन सादा फोटोसहित वा बिना फोटो सामाजिक सञ्जालमा एक पटक मात्र पोस्ट गर्न सक्ने व्यवस्था गरिएको उल्लेख छ।

प्राइमरी निर्वाचनमा सहभागी हुने उम्मेदवारहरूले प्राइमरी निर्वाचनसम्बन्धी सूचना प्रकाशित भएपछि मात्र पार्टीको निर्वाचन आचारसंहिता अनुरूप भद्र, मर्यादित र सीमित तरिकाबाट प्रचार–प्रसार गर्न पाउने व्यवस्था गरिएको जनाएको छ।

Advertisement

पार्टीको निर्वाचन आचारसंहिता तथा उपसमितिबाट जारी निर्देशनहरूको पूर्ण पालना गर्न समेत आग्रह गर्दै उम्मेदवार छनोट प्रक्रियालाई निष्पक्ष, व्यवस्थित र समावेशी बनाउने जनाएको छ।

भर्खरको समाचार

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

Scroll to Top