२७ पौष, विराटनगर ।
आगामी फेब्रुअरी ०७ देखि भारत र श्रीलंकामा संयुक्तरूपमा आयोजना हुन लागेको टी ट्वान्टी पुरुष विश्वकप २०२६ को पूर्वसन्ध्यामा “नमस्ते नमस्कार” बोलको क्रिकेट गीत सार्वजनिक भएको छ ।
सशस्त्र प्रहरी बल नेपालका इन्स्पेक्टर आर्किटेक्ट पृथ्वीन्द्र खनाल (पृथ्वी) को शब्द / संगीत तथा लोकेन्द्र सुब्बाको संगीत संयोजनमा यो म्युजिक भिडियो सार्वजनिक भएको हो ।
यसलाई उनले “क्रिकेट एन्थम अफ हिमालय “ नेपालको क्रिकेट गान भनेर जनाएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई समर्थन, उत्साह र हौसला प्रदान गर्न यो गीत सार्वजनिक गरिएको खनालको भनाइ छ । गीतमा नेपाली क्रिकेट टोलीको आत्मविश्वास, देशभक्ति, र जोशपूर्ण भावना व्यक्त गरिएको छ । खेलाडी र समर्थकहरूलाई उत्साहित पार्ने लक्ष्य पनि राखेको खनालले बताएका छन् ।
खनालको शब्द, संगीत ,लोकेन्द्र सुब्बाको संगीत संयोजन र निर्देशन रहेको म्युजिक भिडियोमा पृथ्वी खनाल, आर सी रिमाल, करणराज कार्की, प्रीति कौर, बुलेट फ्लो र डियोनको स्वर र अभिनय रहेको छ ।
पृथ्वी खनालको युट्युबमा रहेको उक्त म्युजिक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।









