×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

कांग्रेसको विशेष महाधिवेशनःआज बन्दसत्र,देउवालाई हटाउन सक्ने

२८ पुष २०८२

२८ पुष , काठमाण्डौ ।

काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र आज हुँदै छ। विशेष महाधिवेशन व्यवस्थापन उपसमितिका प्रचारप्रसार संयोजक सुवास पोखरेलका अनुसार आज बिहान ८ बजेदेखि १० बजेसम्म प्रतिनिधिको नाम दर्ता र खाजाको समय छुट्याएर १० बजे बन्दसत्र थालिने भएको हो।

Advertisement
Advertisement

आइतबार बेलुकीसम्म नाम दर्ता गराएका महाधिवेशन प्रतिनिधिको एकिन संख्या पनि आजै सार्वजनिक गरिने उनले बताए। नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटनसत्रले पार्टीभित्र परिवर्तनको स्पष्ट संकेत गरेको छ।

काठमाडौंस्थित भृकुटीमण्डमा आयोजित विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिको सहभागिताले कांग्रेसको ग्रासरुटमा रहेको विद्रोह विस्फोट देखिन्छ।संस्थापक्ष पक्षको असहमतिका बाबजुद कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि कांग्रेसको दोस्रो विशेष महाधिवेशन भइरहेको हो।

जहाँ बहुमत प्रतिनिधि सहभागी भइरहेका छन्। दोस्रो विशेष महाधिवेशन सचिवालयका अनुसार प्रदेशगत र भातृ शुभेच्छुक एवं जनसम्पर्क समितिबाट आएका २६ सय ६२ प्रतिनिधिले प्रतिनिधिले नाम दर्ता गराएका हुन् ।

कोशीबाट ४२५, मधेसबाट ४४६, वाग्मतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यकाबाट १७८ र भातृ, शुभेच्छुक र जनसम्पर्कबाट १९५ प्रतिनिधिले नाम दर्ता गराएका छन् ।

कांग्रेस महामन्त्री गगन थापाले महाधिवेशनले चाह्यो भने नीति र नेता बदल्न सक्ने बताएका छन् । कांग्रेसको १४औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गरेका बहुमत प्रतिनिधि नै उनको विपक्षमा उभिएका छन् ।

चार वर्षअघिको महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका शेखर कोइरालासमेत अहिले संस्थापन पक्षमै रहँदा पनि ५६.१२ प्रतिशत प्रतिनिधि नीति र नेतृत्व परिवर्तनको मुद्दा बोकेर विशेष महाधिवेशनमा सहभागी भएका छन् ।

मंसिर ०७८ मा भएको १४औं महाधिवेशनमा देउवा ६० प्रतिशत मतसहित सभापति निर्वाचित भएका थिए, उनका प्रतिस्पर्धी कोइरालाका पक्षमा ४० प्रतिशत मत परेको थियो । आइतबार राति ९ बजेसम्म दर्ता भएको विवरणअनुसार २ हजार ६ सय ६२ प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी छन् ।

कुल प्रतिनिधि संख्या भने ४ हजार ७ सय ४३ छ । सम्पर्कमा रहेका र आउँदै गरेका प्रतिनिधिसमेत गरेर ६० प्रतिशतभन्दा बढी सहभागी हुने आयोजकको दाबी छ । विशेष महाधिवेशन प्रचारप्रसार समितिका संयोजक पोखरेलका अनुसार आज फेरि नामदर्ता खुल्नेछ ।

आफूलाई सभापतिमा जिताउने प्रतिनिधि नै विपक्षमा उभिँदा नेतृत्वमा रहिरहन सभापति देउवामाथि राजनीतिक र नैतिक दबाब बढेको छ ।
अब देउवाले तत्काल समाधान नदिए हलबाटै नयाँ नेतृत्व चयन गर्नुपर्ने मनस्थितिमा विशेष महाधिवेशनमा सहभागी प्रतिनिधि छन् ।

महामन्त्री थापा पहिलेदेखि नै पार्टी नेतृत्व परिवर्तन नभई चुनावमा नजाने अडानमा छन् । केही समयअगाडि देउवाको हस्ताक्षरबाट आफूले प्रतिनिधिसभा निर्वाचनको टिकट नलिने सार्वजनिक उद्घोष नै गरेका थिए ।

अझै सहमति खोज्न अर्का महामन्त्री शर्माले कार्यवाहक सभापति खड्कामार्फत पहल गरिरहेका छन् । आइतबार भृकुटीमण्डपमा विशेष महाधिवेशन उद्घाटन भइरहेकै बेला देउवाले कार्यवाहक सभापति खड्का र केन्द्रीय सदस्य रमेश लेखकसँग छलफल गरेका थिए ।

नेता शेखर कोइरालासँग पनि उनी निरन्तर संवादमा छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनको संघारमा पार्टी नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्दा विवाद थप लम्बिने र बहिर्गमनसमेत सुखद नहुने भन्दै देउवालाई संस्थापन पक्षको एउटा खेमाले समाधान खोज्न सुझाइरहेको छ ।

विशेष महाधिवेशन पक्षधर नेताहरूले भने उद्घाटनस्थलबाटै सभापति र कार्यवाहक सभापति बन्दसत्रमा सहभागी हुन आग्रह गरेका छन् । उनीहरू नआए हलबाट नयाँ केन्द्रीय कार्यसमिति चयन हुन सक्ने उनीहरूको भनाइ छ ।

महामन्त्री थापाले बन्दसत्र सुरु हुनुअघि ठन्डा दिमागले सोचेर निर्णय लिन सभापति देउवालाई आग्रह गरेका छन् । अब हलबाट जे निर्णय हुन्छ, त्यही मेरो निर्णय हुनेछ,’ उद्घाटन सत्रमा थापाले भने, ‘युद्ध जित्नका लागि लडाइँ हार्नु पनि पर्छ । कहिलेकाहीं ज्वालालाई जागृत राख्न आफू डढ्न पनि तयार छौं । तर कांग्रेसलाई ठीक ठाउँमा उभ्याएरै छाड्छौं ।’‘महाधिवेशनभन्दा ठूलो अरू केही छैन, चाह्यो भने नेता बदल्छ, नेता छान्छ, नीति पनि छान्छ, विधान पनि बदल्छ । त्यो अधिकार राख्नका लागि नै प्रतिनिधिहरू विशेष महाधिवेशनमा आउनुभएको हो ।’

नीति र नेतृत्व परिवर्तनका विषयमा प्रतिनिधिहरूको निर्णय आफूले स्वीकार गरेर जाने थापाले बताएका छन् । लामो समयदेखि कायम पार्टी सञ्चालनको तौरतरिका अब भत्किएको पनि महामन्त्री थापाले उल्लेख गरे ।

‘भोलि जोसुकै आओस्, कसैले पनि पार्टीको सदस्यलाई हेप्न सक्दैन अब । तल बस्ने सदस्यहरूलाई माथि बस्नेले निहुरिएर सलाम गर्नुपर्छ,’ उनले भने, ‘देशलाई एक पटक भरोसा दिन चाहन्छौं ।’ अर्का महामन्त्री शर्माले कांग्रेसलाई फुटतिर होइन, फलामजस्तो बनाएर अगाडि बढाइने उद्घोष गरेका छन् ।

‘विशेष महाधिवेशनमा सहभागी भएका यो कुनै भीड होइन, कांग्रेस बदल्न आएको जमात हो । बन्दसत्रले जे निर्णय लिन्छ, देश र पार्टीको हितमा लिन्छ । बन्दसत्रले जे निर्णय लिन्छ, त्यो नै कांग्रेसको आगामी बाटो हुनेछ,’ उनले भनेका छन् ।

विशेष महाधिवेशनमा कांग्रेसका पुराना नेताहरूसमेत सहभागी भएका छन् । पूर्वसभामुख तारानाथ रानाभाट, केही दिनअघिसम्मै देउवानिकट रहेका पूर्वउपसभापति गोपालमान श्रेष्ठ र पञ्चायतविरुद्ध कांग्रेसले सुरु गरेको सशस्त्र क्रान्तिका बेला बीपीको योजनाअनुसार हवाईजहाज अपहरण गरेका प्रमुख व्यक्ति बसन्त भट्टराईसमेत भृकुटीमण्डपमा उपस्थित थिए ।

पुष्पा भुसाल, राजेन्द्र केसी, उदयशमशेर राणा, डिला संग्रौला, भरत शाहलगायत संस्थापन पक्षका करिब ३० केन्द्रीय सदस्यसमेत उपस्थित थिए । विशेष महाधिवेशन नेतृत्व चयन प्रक्रियामा जाने कि नजाने भन्नेमा कार्यविधि बनिसकेको छैन ।

नेतृत्व चयनका लागि निर्वाचन समितिसमेत बनेको छैन । अब आज बन्दसत्र सुरु हुनासाथ के–के गर्ने, के–के नगर्ने भन्नेबारे कार्यविधि बनाउने तयारी छ । गत असोज २९ गते कांग्रेसका ५४ दशमलव ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन मागका साथ केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको थियो।

त्यस्तै गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछिको राजनीतिक पृष्ठभूमिका विषयमा कांग्रेसमा समेत नेतृत्व परिवर्तनको आवाज उठेको थियो। विशेष महाधिवेशनको माग गरी असोज २९ गते पार्टी कार्यालय सानेपामा दर्ता गर्दा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर थिए।

Advertisement

मंसिर १५ मा पुस १६ बाट सुरु हुने गरी नियमति महाधिवेशनको कार्यतालिका आएपछि विशेष महाधिवेशनको प्रक्रिया रोकिएको थियो। पुस १६ मा नियमित महाधिवेशन सम्भव नभएर आगामी वैशाख २८–३१ को कार्यसूची आएपछि महामन्त्रीद्वय थापा र शर्माले पुस २७ र २८ का लागि विशेष महाधिवेशन अगाडि बढाएका हुन्।

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top