×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026
Playing
Iranले ५ वर्ष आणविक परियोजना रोक्ने, America भन्छ २० वर्ष || Nepal Times
Apr 14, 2026
Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रौद्र रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026

बालेनको सबैलाई शुभकामना,ओलीविरुद्ध उम्मेदवारीको तयारी

२८ पुष २०८२

२८ पुष , काठमाण्डौ ।

काठमाडौँका मेयर बालेन शाहले यसअघि देखिनै चर्चामा रहे अनुरुप आसन्न फागुन २१ को निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाको चुनाव लड्ने तयारी सुरु गरेका छन् । यसका लागि बालेनले झापाका रास्वपा नेताहरुसँग परार्मश लिएका छन् ।

Advertisement
Advertisement

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र समेत रहेको झापा–५ मा आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनमा आफू उम्मेदवार बन्ने संकेत बालेनले जिल्लाका रास्वपा नेताहरुलाई दिएका हुन् ।

हिजो काठमाडौँमा भएको भेटमा मेयर शाहले झापा–५ बाट उठ्ने तयारी गर्न आग्रह गरेको रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकले जानकारी दिएका छन्। पाठक नेतृत्वको टोलीसँगको भेटका क्रममा बालेनले झापा–५ को बस्तुस्थिति र जिल्लाको समग्र अवस्थाबारे चासो राखेका थिए ।

लामो छलफलपछि झापा–५ बाटै उठ्ने तयारी रहेको बालेनले बताएको पाठकले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता समेत रहेका बालेनले प्रतिनिधि सभा चुनावको प्रचार पनि झापाबाटै सुरु गर्ने भएका छन्।

माघ २ वा ४ गते काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएपछि बालेन पहिलो चुनाव प्रचारको लागि झापा पुग्ने उनको सचिवालयका एक सदस्यले बताएका छन् । प्रचार अभियानका क्रममा बालेन १६५ वटै निर्वाचन क्षेत्रसम्म पुग्ने तयारीमा छन् ।

रास्वपाले बालेनलाई प्रधानमन्त्री उम्मेदवार तय गरेर चुनावमा जाने निर्णय गरिसकेको छ। उनले आइतबार साँझ नै सामाजिक संजालमा स्टाटस लेखेर अब काठमाडौँ बाहिर चुनावी अभियानमा निस्कने संकेत गरेका छन् ।

उनले लेखेका छन्, शुभकामना सबैलाई!! हामी आउँदै छौं !!

झापा ५ एमालेको गढ हो । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यहाँबाट ओली ५२ हजारभन्दा बढी मतका साथ विजयी भएका थिए । ओलीसँग नेपाली कांग्रेसका खगेन्द्र अधिकारी पराजित भएका थिए ।

सो बेला रास्वपाका शुरेस पोखरेलले ११ हजार ७ सय मत ल्याएका थिए। काठमाडौंका मेयर बालेन रास्वपाका वरिष्ठ नेता हुन् । हालैमात्र रास्वपा र बालेनबीच एकता भएको थियो । एकतापछि बालेन कुन क्षेत्रबाट उठ्छन् भन्ने सबैको जिज्ञाशाको विषय थियो ।

धेरैले ओलीप्रति कटु टिप्पणी गर्दै आएका बालेन उनैको क्षेत्रबाट उठ्न सक्ने लख काटेका थिए । ओली–बालेनबीच एकअर्काबारे खरो आरोपप्रत्यारोप युद्ध हुँदै आएको छ ।रास्वपा स्रोतका अनुसार बालेनले पुरानो पुस्ताका शीर्ष नेतालाई उनीहरूकै सुरक्षित मानिएका क्षेत्रमा चुनौती दिने रणनीति बनाएका हुन् ।

‘बालेनको उद्देश्य केवल संसद छिर्नु मात्र होइन, बरु वर्षौँदेखि एउटा क्षेत्रमा पकड जमाएर बसेका नेताहरूलाई नयाँ पुस्ताको शक्ति देखाउनु हो,’ स्रोत भन्छ । झापा ५ लाई रोज्नुको पछाडि ओलीको ’राजनीतिक किल्ला’ भत्काउने र वैकल्पिक राजनीतिको लहर देशव्यापी बनाउने योजना रहेको बताइएको छ ।

रास्वपासँगको सहमतीमा रास्वपाले वरिष्ठ नेता बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने छ । सो क्रममा बालेनको पहिलो परीक्षा ओलीविरुद्धको भिडन्त हुनेछ । २०७९ को निर्वाचनमा ओलीले ५२,३१९ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अधिकारीले २३,७४३ मत पाएका थिए ।

झापा ५ एमालेको संगठन बलियो भएको क्षेत्र भए तापनि दमक जस्ता सहरी क्षेत्रमा युवा मतदाताको संख्या उल्लेख्य छ । बालेन र रास्वपाले यही नयाँ मतदाता र ‘तटस्थ मत’ लाई आफ्नो पक्षमा पार्ने विश्वास लिएका छन् ।

रास्वपा झापाको नेतृत्व पनि बालेनले सहजै चुनाव जित्ने विश्वासमा छ । पाठकले भनेका छन्, बालेन आफैं जानु पनि पर्दैन । हामीले त्यहाँको स्वतन्त्र उम्मेदवार वा रास्वपाकै कुनै व्यक्ति उठायौँ भने पनि केपी ओलीलाई हराउन सक्छौँ भन्नेमा हामी जिल्ला समिति दृढ छौँ । त्यसमा हामी ढुक्क छौँ, बालेन नै चाहिन्छ भन्ने पनि छैन।

तर, बालेन आफैं आउने कुराले उत्साह थपेको छ । बालेन र ओलीबीचको सम्बन्ध विगत केही समयदेखि चिसो सम्बन्ध छ । ओलीले समेत भदौ २४ को घटनालाई लिएर बालेनलाई समेत जोड्ने प्रयास गर्दै आएका छन् ।

Advertisement

भर्खरको समाचार

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

Scroll to Top