×

NEPAL TIMES UPDATES

Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026
Playing
Iranले ५ वर्ष आणविक परियोजना रोक्ने, America भन्छ २० वर्ष || Nepal Times
Apr 14, 2026
Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026

समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने

२८ पुष २०८२

२८ पुष , काठमाण्डौ ।

रास्वपासँग पार्टी एकता गरेपछि निर्वाचन आयोगमा समानुपातिकको सूची नै नबुझाएको कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल अहिले समानुपातिकमा पार्टीका तर्फबाट उम्मेदवारहरुको सुची समावेश गर्न ठूलो झन्झटमा फसेको छ ।

Advertisement
Advertisement

यसका लागि कुलमान नयाँ पार्टीको शरणमा पुगेका छन् भने रास्वपाको सूचीमा समेटिएका नेताहरुको दाबीका लागि निर्वाचन आयोग र अदालतसम्म जाने योजनामा पुगेका छन् । उज्यालो नेपाल पार्टीका कम्तीमा २० जना नेताहरू राष्ट्रिय परिवर्तन पार्टीको बन्दसूचीमा समावेश भएका छन् ।

जेन–जी आन्दोलनमा घाइते भएका युवा राजेश पोर्तेल यो परिवर्तन पार्टीका अध्यक्ष हुन् । राष्ट्रिय परिवर्तन पार्टीले उज्यालो नेपाल पार्टीलाई समेटेर समानुपातिकतर्फको बन्दसूची बुझाएको छ ।

आयोगमा बुझाएको सूचीमा खस आर्यतर्फ उज्यालो नेपालका अनुपकुमार उपाध्यायको नाम पहिलो नम्बरमा छ । यस्तै, महेन्द्र लावतीको नाम आदिवासी जनजातितर्फ पहिलो नम्बरमा रहेको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फ ११० जना निर्वाचित हुने व्यवस्था छ ।

जसमा राष्ट्रिय परिवर्तन पार्टीले उज्यालो नेपाल पार्टीसहित ४९ जनाको संशोधित बन्दसूची बुझाएको हो । यस्तै जिल्ला समन्वय समिति भोजपुरका कमल थुलुङ पनि राष्ट्रिय परिवर्तन पार्टीको बन्दसूचीमा समावेश भएका छन् ।

२१ नम्बरमा थुलुङ समावेश छन् । राईले केही दिनअघि कांग्रेसमा आफैँमात्र मालिक बन्नुपर्ने प्रवृत्ति हाबी भएको तथा नीतिगत र संरचनागत सुधारको छाँटकाँट नदेखिएको आरोप लगाउँदै पार्टी छाडेका थिए ।

उनले जिसस प्रमुखको पद पनि छिट्टै छाड्ने बताएका थिए । कांग्रेस त्याग्नुअघि नै थुलुङ नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईँ र परिवर्तन पार्टिको झापाको कार्यक्रममा देखिएका थिए ।

यस्तै नयाँ दलमा समानुपातिकको सूची अद्यावधि गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले एकतर्फी एकता तोडेको भन्दै समानुपातिकमा बुझाएको उम्मेदवारी आफ्नै दलको हुनुपर्ने माग राखेर उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा निवेदन दिएको छ।

रास्वपासँग एकता भएपछि उनेपाको तर्फबाट १४ जनालाई समानुपातिक तर्फको उम्मेदवारको सूचीमा राखिएको थियो। दुईजना उम्मेदवारले नाम फिर्ता लिएका थिए। बाँकी उम्मेदवार आफनै भएको दाबी गर्दै उनेपा आयोग पुगेको हो।

‘रास्वपामा एकता भएर बुझाएको उम्मेदवार हामीले नै पाउनुपर्ने माग राखेर आज हामी निर्वाचन आयोगमा जाँदैछौँ,’ उनेपाका नेताले भनेका छन् , आयोगले नमानेन हामी अदालतमा मुद्दा पनि हाल्छौँ।’ पुस १४ गते रास्वपा र उनेपाबीच पार्टी एकता गर्ने सहमति भएको थियो।

तर, त्यो सहमति १२ दिन भन्दा बढी टिक्न सकेन। रास्वापासँगको सहमति भंग भएपछि उज्यालो नेपाल पार्टीका संरक्षक रहेका कुलमान घिसिङ आफैँ अध्यक्ष भएर पार्टी अगाडि बढाउने घोषणा गरेका थिए।

उनले रास्वपाले १२ दिनसम्म विलखबन्दमा राखेर धोका दिएको र आफ्ना पार्टीका नेता र आफ्ना समर्थकहरुलाई पार्टी प्रवेश गराएको आरोप लगाएका छन् । रास्वपाको बन्द सूचीमा रहेका रिमाविश्वकर्मासहितका ब्यक्तिहरु भने उज्यालो नेपालमा फर्किएका छैनन् ।

उनीहरुको नाम रास्वपाको बन्द सूचीमा यथावत नै रहेको छ । यसैबीच समानुपातिक तर्फको बन्दसूचीमा नाम रहेका ५० जनाले उम्मेदवारी फिर्ताको निवेदन निर्वाचन आयोगमा दिएका छन् । यद्यपि यसको अन्तिम विवरण आउन बाँकी रहेको छ ।

उम्मेदवारी फिर्ताका लागि आज दिउँसो ४ बजेसम्म निवेदन दिन सकिने समय छ । उम्मेदवारी फिर्ताका लागि निवेदन दिने ५० जनामा २० जना जनमत पार्टीका छन् । जनमत पार्टीले समानुपातिक तर्फ ११० जनाकै नाम बुझाएको छ ।

२७५ सदस्यीय प्रतिनिधि सभा सदस्यका लागि ११० जना समानुपातिक निर्वाचन प्रणालीतर्फबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुन्छन् । राजनीतिक दलहरूले यही पुस १३ र १४ गते निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची बुझाएका थिए ।

उक्त सूचीमा कलस्टर मिले÷नमिलेको हेरेर दलहरूले यही पुस २७ गतेसम्म सच्याइसकेका छन् । आज उम्मेदवार स्वयमले उम्मेदवारी फिर्ता लिन चाहेको खण्डमा निवेदन दिने समय हो । प्रतिनिधिसभाको निर्वाचन भने आगामी २१ फागुनमा छ ।

प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता आगामी माघ ६ गतेका लागि तय भएको छ । यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रञ्जु दर्शनाले पनि समानुपातिकको बन्दसूचीबाट असन्तुष्टि जनाएकी छन् । बन्दसूचीमा आफ्नो नाम तल पारिएको भन्दै उनी असन्तुष्ट बनेकी हुन् ।

रास्वपाले रञ्जुलाई बन्दसूचीमा खस आर्य महिलातर्फ १० औं स्थानमा राखेको छ । उनले पार्टीको प्राइमरी इलेक्सनमा महिलातर्फ सर्वाधिक भोट ल्याएकी थिइन् । तर, उनलाई प्राथमिकता क्रममा तल झारिएिपछि विरोध भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो बन्दसूचीमा हेरफेर गर्दा जेनजी अभियन्ता पुरुषोत्तम यादव मधेसी क्लस्टरको एक नम्बरमा उक्लिएका छन् । यसअघि उनको नाम तीन नम्बरमा थियो । सिराहाका २७ वर्षीय यादव जेनजी आन्दोलनपछि चर्चामा आएका हुन् ।

गत भदौ २३ को आन्दोलनका लागि काठमाडौं जिल्ला प्रशासनसँग अनुमति माग्नेमध्येका उनी पनि एक थिए । बन्दसूची बुझाउने केही दिनअगाडि मात्रै रास्वपामा प्रवेश गरेका यादवले अब सामानुपातिक सांसद बन्ने सम्भावना बलियो बनाएका छन् ।

सुरुमा बुझाइएको बन्दसूचीमा पहिलो नम्बरमा डा. नन्दन यादव, दोस्रोमा खगेन्द्र कर्ण र तेस्रोमा पुरुषोत्तमको नाम थियो । रास्वपा केन्द्रीय सदस्यसमेत रहेका डा. यादव पहिलो स्थानबाट तल झरेका छन् । मधेशी क्लस्टरमा अन्य हेरफेरबारे थाहा हुन सकेको छैन ।

खसआर्य पुरुषको क्लस्टरमा व्यापक हेरफेर भएको छ । पाचौं स्थानमा रहेका रमेश प्रसाईं फड्को मार्दै शीर्षस्थानमा उक्लिएका छन् । यसअघि शीर्षस्थानमा उक्लिएका विपिन आचार्यले नाम फिर्ता लिएपछि त्यो स्थान प्रसाईंले लिएका हुन् ।

दोस्रो स्थानमा रहेका सचिन खनाल कम उमेरका कारण अयोग्य ठहरिए । उनी बालेनको कोटाबाट सिफारिस गरिएका थिए । यसअघि तेस्रो स्थानमा रहेका सुदीप ढकाल दोस्रोमा उक्लिएका छन् । यता सभापति रवि लामिछानेको कोर टिमका प्रमोद न्यौपाने दोस्रोबाट तेस्रो स्थानमा पुगेका छन् ।

समानुपातिकमा खस आर्य पुरुषतर्फ दोस्रो सर्वाधिक मत ल्याएका उनी रास्वपाभित्र लोकप्रिय युवा अनुहारमा पर्छन् ।केन्द्रीय सदस्य समेत रहेकी नेतृ प्रतिभा रावल पहिलो नम्बरमा यथावत छिन् । उनी समानुपातिक सांसद बन्ने लगभग निश्चित देखिएको छ ।

दलित पुरुषको क्लस्टरमा पनि केही फेरबदल भएको छ । नाम फिर्ता लिने दबाब परे पनि प्रकाश सपुत दोस्रो नम्बरमा यथावत् छन् । यसअघि सूचीमा छुटेका विजय जैरुको इन्ट्री भएको छ । प्राइमरीमा दलिततर्फ सर्वाधिक मत ल्याएका जैरुलाई बन्द सूचीमा नराखेकोमा आलोचना भएको थियो ।

चौंथो नम्बरमा रहेका रामजी रामले नाम फिर्ता लिएका छन् । दलित पुरुषको पहिलो नम्बरमा रुपक विश्वकर्मा घिमिरे यथावत् छन् । दलित महिला क्लस्टरमा उज्यालो नेपालबाट आएकी रिमा विश्वकर्मालाई पनि यथावत् राखिएको छ । यस्तै, उज्यालोबाट आएका डा. अभिषेकराज सिंहलाई पनि मधेसी क्लस्टरको चौंथो नम्बरमा छन् ।

Advertisement

भर्खरको समाचार

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

Scroll to Top