×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला

१ माघ २०८२

३० पुष , काठमाण्डौ।

सिन्धुलीमा नेपाल एसबीआई बैंकको शाखा लुटिएको छ । जिल्लाको घ्याङलेख गाउँपालिकामा रहेको बैंकको शाखामा मंगलबार साँझमा नकाबधारी समूहले लुटपाट गरेको हो ।

Advertisement
Advertisement

नकाब लगाएर आएको ६–७ जनाको एउटा समूहले बैंकका सुरक्षा गार्डमाथि प्रहार गरी र कर्मचारीलाई नियन्त्रणमा लिएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन । उनीहरूलाई घ्याङलेख–१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।

मंगलबार राति यो समूहले बैंकबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेका थिए । लुटिएको रकम मध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद भएको छ ।

स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट उक्त रकम बरामद गरेको छ । यो साँझ ७ बजेतिरको घटना हो । लुटेरा समूहले बैंकमा कार्यरत सुरक्षा गार्डमाथि धारिलो हतियार प्रहार गरेका छन् भने अन्य कर्मचारीहरूको हात बाँधेर बैंकभित्रको रकम लुटेका हुन् ।

लुटेरालाई प्रतिवाद गर्न खोज्ने सुरक्षा गार्डको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घ्याङलेख काभ्रेपलाञ्चोकसँग सीमा जोडिएको दुर्गम स्थानीय तह हो । यो डकैती घटनाले बैंकिङ क्षेत्रमा ठूलो हलचल मच्चाएको छ ।

बैंकका आन्तरिक स्रोतहरूबाट प्राप्त जानकारीअनुसार, लुटेराहरूले कुल ३ करोड १० लाखबढी रुपैयाँ लुटेर लगेका थिए, जसमा नगदका साथै अन्य मूल्यवान वस्तुहरू पनि समावेश हुन सक्ने अनुमान गरिएको छ ।

यो आँकडा प्रहरीको प्रारम्भिक सूचनासँग मेल खाए पनि, बैंकका भित्री व्यक्तिहरूले यो रकमलाई अझ यथार्थपरक रूपमा पुष्टि गरेका छन्, जसले घटनाको गम्भीरतालाई थप उजागर गरेको छ ।

बैंकका कर्मचारीहरूका अनुसार, लुटपाटको समयमा सुरक्षागार्ड र स्टाफलाई हतियार देखाएर नियन्त्रणमा लिइएको थियो, जसले गर्दा उनीहरूले क्यास काउन्टरबाट ठूलो परिमाणको नगद सजिलै लुट्न सफल भए ।

लुटिएको रकममध्ये एक बोरा नजिकैको जंगलमा फेला परेको हो । डकैतीमा संलग्न समूहले प्रयोग गरेको बिएडी ०३९८ नम्बरको गाडी गाउँपालिकाको वडा नम्बर १ को टुनिभञ्ज्याङबाट बरामद भएको छ, जसमा लुटिएको केही रकम पनि फेला परेको बताइएको छ ।

यो गाडीसँगै एक संदिग्ध व्यक्तिलाई पहिला नियन्त्रणमा लिइएको हो । उनी बैंक लुटपाटमा प्रयोग भएको टाटा सुमो गाडीका चालक भएका बताइएको छ । बाँकी लुटेराहरू जंगलतर्फ भागेकामा ४ जना पक्राउ परेका हुन्, अन्यको पनि खोजीका लागि प्रहरीको विशेष टोली खटिएको छ ।

रोचक त के भने इलाका प्रहरी कार्यालयबाट मात्र २५० मिटर जतिको दूरीमा रहेको बैंक लुटेराहरुले लुट्न सफल भएका थिए । बैंक लुटिएको डेढघण्टापछि मात्र जिल्ला प्रहरी कार्यालयलाई खबर गरिनुलाई कतिपयले शंकास्पद नजरले हेरेका छन् ।

लुटेराहरु चढेर आएको गाडी तथा त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीलाई ती चालकले आफूलाई बिवाहका लागि भन्दै गाडी भाडामा लिएको र बैंक लुट्न प्रयोग गरेको बयान दिएका छन् ।

उनको बयान तथा पूरै घटनाको विषयमा मिहीन अनुसन्धान थालिएको एसपी सुवेदीले जानकारी दिए । उनकाअनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान र खोजी कार्य समेत तीव्र पारिएको छ ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top