×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

गगन थापा नेपाली कांग्रेसको सभापति, कस्तो छ टिम गगन ?

२ माघ २०८२

१ माघ , काठमाण्डौ ।

नेपाली कांग्रेस विभाजन रोक्न तीन दिनदेखि गरिएका प्रयास असफल भएपछि विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा बुधबार मध्यरातमा नयाँ केन्द्रीय कार्यसकमिति निर्वाचित भएसँगै कांग्रेस औपचारिक रुपमा विभाजन भएको छ।

Advertisement
Advertisement

शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिले नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई कारबाही गरेको केही घण्टामै विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो । यससँगै कांग्रेस विभाजित भएको हो ।

कांग्रेसको विशेष महाधिवेशनले सभापतिमा गगन थापासहित १३ पदाधिकारी र १ सय २१ सदस्यीय केन्द्रीय कार्यसमितिलाई सर्वसम्मत घोषणा गरेको छ। उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्।

पुस २७ गते देखि भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनले १३ पदाधिकारीसहित १ सय २१ सदस्यीय कार्यसमिति घोषणा गरेको हो । सहमहामन्त्रीमा फरमुल्लाह मंसुर मुस्लिम, उदय शमशेर राणा खस आर्य, प्रकाश रसाइली दलित, बहादुर सिंह लामा आदिवासी–जनजाति, योगेन्द्रसिंह चौधरी थारु, डिला संग्रौला महिला, मुक्ताकुमारी यादव मधेसी, कर्णबहादुर बुढा पिछडिएको क्षेत्रबाट चयन भएका छन् ।

कांग्रेसमा कोषाध्यक्ष सभापतिको प्रस्तावमा केन्द्रीय समितिले मनोनीत गर्ने व्यवस्था छ। ३४ जना केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था छ। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सभापति पदमा चुनिएपछि विशेष महाधिवशेनस्थलमा बुधबार नेता तथा कार्यकर्ता, शुभेच्छुकलाई सम्बोधन गर्दै उनले पार्टी सदस्यलाई कांग्रेस भएकामा गौरव गर्ने पार्टी बनाउने दृढता व्यक्त गरे।

जुन विश्वासका साथ सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ, तपाईँहरू कसैको पनि शिर निहुरिने अवस्था आउने दिने छैन। नेपाली कांग्रेस पार्टीको सान राख्छु। यो पार्टीमा लाग्ने तमाम साथीहरूले नेपाली कांग्रेस भएकामा गौरव गर्ने बनाउँछु। नागरिकलाई अप्ठयारो अवस्थामा कांग्रेस छ भन्ने काम पार्टीले गर्नेछ’, नवनिर्वाचित सभापति थापाले भनेका छन् ।

उनले नेपाली कांग्रेसको विशेष महाधिवेशन कांग्रेसको इतिहासमा मात्रै नभई आधुनिक नेपालको इतिहासमा भुइँ तहका कार्यकर्ताले गरेको सबैभन्दा ठूलो हस्तक्षेप भएको बताए। सभापति थापाले भने, ’भुइँ तहका कार्यकर्ता भनेको जनताको प्रतिनिधि हो, नागरिक हो। नागरिकले दलभित्र गरेको हस्तक्षेप हो।’

नेपाली कांग्रेस कुनै हालतमा नफुटेको जनाउँदै उनले वैधानिक रूपमा विशेष महाधिवेशन गर्दा पार्टी फुट्यो भन्ने प्रश्नै नउठ्ने बताए। थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवशेनस्थलमा नेता तथा कार्यकर्ता, शुभेच्छुकलाई सम्बोधन गर्दै उनले पार्टी सदस्यलाई कांग्रेस भएकामा गौरव गर्ने पार्टी बनाउने दृढता व्यक्त गरे ।

‘जुन विश्वासका साथ सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ, तपाईंहरु कसैको पनि शिर निहुरिने अवस्था आउने दिने छैन । नेपाली कांग्रेस पार्टीको शान राख्छु । यो पार्टीमा लाग्ने तमाम साथीहरुले नेपाली कांग्रेस भएकामा गौरव गर्ने बनाउँछु । नागरिकलाई अप्ठयारो अवस्थामा कांग्रेस छ भन्ने काम पार्टीले गर्नेछ,’ नवनिर्वाचित सभापति थापाले भने ।

उनले नेपाली कांग्रेसको विशेष महाधिवेशन कांग्रेसको इतिहासमा मात्रै नभई आधुनिक नेपालको इतिहासमा भूइँ तहका कार्यकर्ताले गरेको सबैभन्दा ठूलो हस्तक्षेप भएको उल्लेख गरे । सभापति थापाले भने, ‘भुइँ तहका कार्यकर्ता भनेको जनताको प्रतिनिधि हो, नागरिक हो । नागरिकले दलभित्र गरेको हस्तक्षेप हो ।’

नेपाली कांग्रेस कुनै हालतमा नफुटेको जनाउँदै उनले वैधानिक रुपमा विशेष महाधिवेशन गर्दा पार्टी फुट्यो भन्ने प्रश्नै नउठ्ने बताए । त्यसअघि केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले सभापति पदमा थापा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

यस्तै कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माले कांग्रेसलाई बदल्न गगन थापालाई कमान्डर बनाएको बताएका छन् । “कांग्रेसलाई बदल्न गगन थापालाई हामीले कमान्डर बनाएका छौँ, कुनै पनि युद्धमा विजय हासिल गर्नका लागि कमान्डर दरिलो ढंगले उभिदै गर्दा पूरै सेना पनि उही तयारी, मनोविज्ञानका साथ उभिनुपर्छ,“ उनले भने ।

उपसभापतिमा निर्वाचित भएपछि नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले जे भइरहेको छ फरक मत, आपसी विमतिको बीचबाट, विधिको माध्यमबाट नयाँ नेतृत्व चयन गरिएको बताए । “जे भइरहेको छ फरक मत, आपसी विमतिको बीचबाट, विधिको माध्यमबाट नयाँ नेतृत्व चयन गरिरहेका छौँ,“ उनले भने ।

देश संविधानले चल्ने र पार्टी विधानले चल्ने बताए । संविधान र विधान नचल्दा देश र पार्टी दुवैमा बेथिति हुने उनको भनाइ थियो । अब कांग्रेसको २ कार्यसमिति बनेपछि आधिकारिकताको प्रश्न उठेको छ । यो विषय तत्काल नै सल्टाउनुपर्ने दबाबमा निर्वाचन आयोग परेको छ ।

विशेष महाधिवेशन पक्षधरबाट गगनकुमार थापाको नेतृत्वमा सिंगो नयाँ कार्यसमिति चयन भएको छ । शेरबहादुर देउवा पक्षधरले भने तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा तत्कालीन सहमहामन्त्री फरमुल्लाह मन्सुरमाथि अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासित गरेको छ ।

विशेष महाधिवेशन पक्षधर तथा देउवा पक्ष दुवैले गरेका निर्णयहरू अद्यावधिकका लागि निर्वाचन आयोगमा पठाउने तयारी छ । गगन आज केन्द्रीय समितिको बैठकसँगै आयोग जानेछ । दलले आफ्नो पदाधिकारीमा गरेको हेरफेरको जानकारी ३० दिनभित्र आयोगलाई दिनुपर्ने कानुनी प्रावधान छ ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ मा दलले आफ्नो नाम, विधान, नियम, छाप, झन्डा वा चिह्नमा भएको परिवर्तन वा संशोधन, पदाधिकारीको हेरफेर र आयोगले तोकेबमोजिमका अन्य जानकारी ३० दिनभित्र आयोगलाई दिनुपर्ने उल्लेख छ ।

बन्दसत्रमा बोल्दै नेता शर्माले विशेष महाधिवेशनको निर्णयलाई आयोगले सदर गर्ने विश्वास व्यक्त गरेका छन् । विशेष महाधिवेशन पक्षधरले १६ पुसमै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरमा विशेष महाधिवेशन माग गरिएको जानकारी आयोगलाई गराएको थियो ।

विधानअनुसार माग गरिएको विशेष महाधिवेशन बोलाउन पार्टीलाई निर्देशन दिनसमेत आयोगलाई उक्त पत्रमा आग्रह गरिएको थियो । २७ पुसमा सुरु दोस्रो विशेष महाधिवेशन भइरहेको जानकारी पनि आयोगलाई गराइएको छ ।

महाधिवेशन सम्पन्न भएपछि निर्णयहरू अद्यावधिकका लागि पठाइने पूर्वजानकारी विशेष पक्षधरले आयोगलाई दिएका छन् । देउवा पक्षले भने बुधबार पत्र लेखेर कांग्रेसले विशेष महाधिवेशन आयोजना नगरेको जानकारी आयोगलाई दिएको छ ।

साथै, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरमाथि अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासित गरिएको जानकारी पनि आयोगमा पठाइएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दुवै पक्षबाट अलग–अलग पत्र आएको बताएका छन् ।देउवा पक्षबाट तीन पदाधिकारीलाई कारबाही गरिएको जानकारी आए पनि विधिवत् रूपमा त्यसलाई दफा ५१ अनुसार अद्यावधिक गर्ने प्रक्रियाबमोजिम नआएको आयोगको राजनीतिक दल तथा कानुन महाशाखा स्रोतले बताएको छ ।

राजनीतिक दलसम्बन्धी नियमावलीको अनुसूची–१८ मा दलको विवरण हेरफेर भएको निवेदनको ढाँचा छ । आयोगले एक दललाई मान्यता दिएपछि यो विषय अदालत पुग्नेछ । नयाँ पार्टी गठनको बाटोमा जानु भनेको चुनावका बेला उक्त पक्ष शून्यमा पुग्नुसरह हो ।

नयाँ पार्टी गठन गरी २१ फागुनमा हुने मतदानमा सहभागी हुन सक्ने गरी चुनावी कार्यतालिकताअनुसार भाग लिन सक्ने स्थिति र अवसर उक्त पार्टीलाई हुनेछैन ।पार्टी विभाजन भएर बनेको वा अहिले आएर दर्ता हुने नयाँ राजनीतिक दलले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग नै लिन पाउँदैनन् ।

आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनका लागि दल पुनः दर्ता गराउनुपर्ने संवैधानिक प्रावधान छ । पूर्वप्रमुख निर्वाचन आयुक्त आयोधीप्रसाद यादव चुनावी प्रक्रिया सुरु भइसकेकाले आयोगले लामो प्रक्रिया लिन नहुने बताउँछन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पनि आयोगमा विषय प्रवेश गरेपछि संविधान, ऐन, कानुन, नियम, निर्देशिका तथा पार्टीको विधानबमोजिम अध्ययन चिन्तन गरेर आयोग निर्णयमा पुग्ने बताउँछन् ।

Advertisement

यही माघ ६ गते प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको कार्यक्रम रहेकाले त्यसअघि नै आयोगले निर्णय गर्नेअपेक्षा गरिएको छ ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top