निर्मला हत्या प्रकरणः सुरूवाल पखाल्ने र अनुसन्धान अधिकृत निलम्बित

२२ असोज ७५, सोमबार
Share this
717shares

विराटनगर, असोज २२
प्रहरी प्रधान कार्यालयले कञ्चनपुरको भीमदत्तगरपालिका –२ महुलीयाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा थप दुईजना प्रहरीलाई निलम्बन गरेको छ ।

Advertisement

निर्मलाको सुरूवाल पखाल्ने महिला प्रहरी चाँदनी साउद र घटनास्थल अनुसन्धान (क्राइम सिन) गर्ने अधिकृत प्रहरी नायव निरीक्षक हरसिंह धामीलाई निलम्बन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले एआइजी धिरु बस्न्यात नेतृत्वको अनुसन्धान टोलीले गरेको सिफारिसका आधारमा उनीहरुलाई निलम्बन गरिएको जानकारी दिए ।

Advertisement

चाँदनीले निर्मलाले लगाएको सुरूवाल खोलेर पानीमा पखालेकी थिइन् । सुरूवाल पखाल्दा प्रमाण नष्ट गरिएको आरोप प्रहरीमाथि लागेको छ ।
निर्मला हत्या प्रकरणमा यसअघि नै कञ्चनपुर प्रहरीका तत्कालीन एसपी डिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेटी, सीआईबीका डीएसपी अंगुर जिसी लगायत ६ जना प्रहरी अधिकारी निलम्बनमा परिसकेका छन् । चाँदनी र धामी निलम्बनमा परेसँगै निर्मला हत्याकाण्डमा निलम्बनमा पर्ने प्रहरीको संख्या ८ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top