प्रदेशसभा सदस्यहरुलाई लोगो वितरण

विराटनगर, असोज २२
प्रदेश नं. १ का प्रदेशसभा सदस्यहरुलाई लगाउने लोगो वितरण गरिएको छ । प्रदेश सभा सचिवालयले सोमबार एक कार्यक्रमको आयोजना गरी सदस्यहरुलाई लोगो वितरण गरेको हो । १ नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री शेरधन राईलाई लोगो लगाईदिएर कार्यक्रमको सुभारम्भ गरेका थिए ।

सभामुख भण्डारीलाई मुख्यमन्त्री राईले पनि प्रदेशको लोगो लगाई दिएका थिए । त्यसपछि क्रमश सरकारका सदस्यहरु साथै प्रदेश सदस्यहरुलाई सभामुख भण्डारीले लागो वितरण गरेका थिए ।

उनले कार्य व्यवस्था परामर्श समितिले पास गरेको लागो प्रयोगमा ल्याइएको जानकारी दिए । प्रदेश सदस्यहरुका लागि यसअघि नै खैरो रंगको कोट पोशाकको हकमा अनिवार्य गरिएको छ ।

Advertisement

यो लागो सुनसरी इटहरीका कलाकार विक्रम श्रीले कला भरेका हुन् । प्रदेश सभा सचिवालयले सार्वजनिक सूचना प्रकाशित गरी लोगोको नमुना मागिएको थियो । प्रदेशसभा सचिवालयमा जम्मा २ वटा लोगो प्रतिस्पर्धामा आएका थिए । त्यसमध्ये कलाकार श्रीले तयार गरेको लोगोलाई पास गरिएको थियो ।

कस्तो छ लागो ?


प्रदेश १ का सदस्यहरूलाई लगाउने लोगोमा महिला र पुरुषका हत्केलामाथि भोजपुरे खुकुरी, त्यसमाथि लालीगुराँसका थुङगा अनि मास्तिर धानका बालाले घेरिएका छ ।त्यसैगरी लोगोमा प्रदेश १ का १४ जिल्लाको बीचमा सप्तकोसी नदिको शीरमा विश्वको उच्च सगरमाथा हिमालको चुचुरोमा नेपालको राष्ट्रिय झन्डा भएको लोगो बनाइएको छ ।

प्रदेश १ का सभ्यतालाई प्रमुख आधार बनाएर लोगो तयार पारिएको छ । लोगोमा हिमाल, पहाड र तराई तीनै भागलाई प्रस्ट देख्न सकिने छ ।  अन्न भण्डार तराईका धानका बालादेखि प्रदेश १ मा रहेको गुराँसको राजधानीलाई मात्र नभइ पहिचान बनाएका भोजपुरे खुकुरीलाई समेत समावेश गरिएको छ । प्रदेश सभामा ९३ जना प्रदेश सभा सदस्य छन् । प्रदेश सरकार गत फागुन ३ गते गठन भएको हो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top