दशैँमा यात्रु बोक्ने पुराना सवारी अनुगमन गरिने

२१ असोज ७५, सोमबार

काठमाडौँ, असोज २२
दशैँका लागि लामो दूरीका सडकमा सार्वजनिक यातायातको संख्यामा कमी हुन थालेपछि वर्षौंदेखि ग्यारेजमा थन्किएका सवारी बसपार्कमा निकालिएको छ ।

यातायात व्यवस्था विभागले असोज २४ गते बुधबारदेखि देशभर जुन सवारी जहाँसुकै जान पाउने गरी ‘रुट परमिट’ खारेज गर्ने घोषणा गरिसकेको छ ।

वर्ष दिनसम्म विभिन्न पेशा व्यवसायमा संलग्न भई राजधानीलगायत ठूला शहरमा बसेका मानिस राष्ट्रिय पर्व मनाउन घर जाने तयारीमा छन् । घर जाने तयारी गरेका यात्रुले सवारीको टिकट नपाएपछि विभागले ‘रुट परमिट’ खारेज गर्ने निर्णय गरेको हो ।

Advertisement

त्यसको खारेजीलाई पुराना सवारी निकालेर चलाउने अवसरका रुपमा व्यवसायीले उपयोग गर्न खोजेको सार्वजनिक यातायात सुधार अभियानमा लागेको रामबहादुर थापाले जानकारी दिए ।

“नयाँ र पुरानो बसपार्कमा गरिएको नागरिक अनुगमनका क्रममा झ्यालमा सिसा नभएका, हेर्दै थोत्रा देखिने सवारी बसपार्कमा राखिएका छन्, यी सवारी हेर्दा लाग्छ २० वर्ष नाघिसकेका हुन्, तर हामीलाई सवारीको कागजपत्र हेर्ने अधिकार छैन, यस्ता सवारीका कारण बडा दशैँका समयमा दुर्घटना नहोस् भन्ने हाम्रो चिन्ता हो”, उनले भने ।

दशैँको चापमा ‘रुट परमिट’ खारेजी मात्र नभई ट्राफिक प्रहरीले सवारीको अवस्थाका बारेमा पनि ध्यान दिँदैनन् । सवारी मर्मत तथा सम्भार केन्द्र समेत नभएकाले ती सवारी गुड्न लायक हुन होइनन् भन्ने थाहा पाउन सकिँदैन ।

विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्याय भने नियमित अनुगमन भइरहेकाले पुराना सवारी निकालिएको भए नियन्त्रणमा लिइ कारवाही गरिने बताउँछन् । विभागले आज बिहान कोटेश्वरमा गरेको अनुगमनमा रु ६०० भाडा तोकेको ठाउँमा रु ८०० लिने सवारीलाई कारवाही गरेको छ ।

अनुगमनका क्रममा बढी लिइएको भाडा फिर्ता गरिएको उनले जानकारी दिए । बिहानी अनुगमनका क्रममा बिपी राजमार्ग भएर पूर्व जाने सवारी स्थलगतरुपमै कारवाहीमा परेका छन् ।

बढी टिकट काट्ने काउन्टरलाई पनि कारवाहीको दायरामा ल्याउने तयारी भएको विभागले जनाएको छ । यो मार्गमा चल्ने माइक्रो बसले बढी भाडा असुलीरहेको गुनासो यात्रुको छ ।

बसपार्कमा पुराना सवारी निकालेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखामा पनि आएकाले नयाँ र पुरानो बसपार्कमा सतर्कता अपनाउन निर्देशन दिइएको सहप्रवक्ता दीपेश दाहालले जानकारी दिए ।

चाडबाडमा हुने गरेका दुर्घटनामा पुरानो सवारीका कारण हुनेको सङ्ख्या बढी नै रहेको यसअघि गठन भएको कार्यदल एवं जाँचबुझ समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

दशैँका अवसरमा प्रत्येक वर्ष २५ लाखभन्दा बढी यात्रु उपत्यका बाहिर जाने गर्छन् । घटस्थापनादेखि नै उपत्यका बाहिरिने सवारीको सङ्ख्या बढ्ने गरेको महाशाखाले जनाएको छ ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top