इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

२६ जेठ, काठमाण्डौ ।

केही समयकालागि भएको युद्धविराम र यसबीच शान्ति वार्ताको पहल भइरहँदा इरान युद्ध रोकिने सम्भावना देखिएको थियो । तर अहिले यसक्षेत्रमा युद्धको आगो पुनः झोसिदै छ । वार्ता जारी राखेको अमेरिका स्वयंले इरानमाथि पुनः थालेको सिमित स्ट्राइक, यसको जवाफमा इरानले हानेको मिसाइलपछि अहिले यता इजरायल र इरान फेरि आमनेसामने भएको स्थिति छ ।

दुवैले एकअर्कामाथि मिसाइल हानिरहेका छन् । यतिमात्रै होइन इरानले यो युद्ध एक सातासम्म जान सक्ने चेतावनी दिइरहेका बेला यता इजरायलले पनि इरानसँग कम्तीमा केही दिनसम्म लडाइँ जारी रहने सम्भावनालाई ध्यानमा राख्दै लामो सैन्य अभियानको तयारी थालेको जनाएको छ ।

इजरायली सैन्य अधिकारीले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै इरानसँगको तनाव तत्काल अन्त्य हुने सङ्केत नदेखिएको र सङ्घर्ष लम्बिन सक्ने बताएका हुन् । अधिकारीका अनुसार अप्रिलमा भएको युद्धविराम सम्झौता इरानले तोडेको दाबी गर्दै आइतबार रातिदेखि इरानले इजरायलतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्न थालेको आरोप लगाइएको छ ।

इजरायली रक्षा बल (आईडीएफ) का अनुसार इरानले हालसम्म करिब ३० वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । यसैबिच, यमनका इरान समर्थित हुथी विद्रोहीहरूले पनि इजरायलतर्फ दुई वटा क्षेप्यास्त्र प्रहार गरेका थिए । तीमध्ये एउटा इजरायली प्रतिरक्षा प्रणालीले खसालेको र अर्को इजरायली भूभागसम्म पुग्न नसकेको दाबी गरिएको छ ।

इजरायलले त्यसको जवाफमा इरानका विभिन्न सैन्य तथा ऊर्जा सम्बन्धी संरचनामाथि हवाई आक्रमण गरेको जनाएको छ । इजरायलले इरानविरुद्ध दुई चरणमा हवाई आक्रमण गरेको जनाएको छ । पहिलो चरणमा इरानका रणनीतिक हवाई प्रतिरक्षा प्रणालीहरूलाई निशाना बनाइएको थियो ।

दोस्रो चरणमा ब्यालिस्टिक क्षेप्यास्त्र तथा अन्य हतियार उत्पादनमा सहयोग गर्ने भनिएको महशहर पेट्रोकेमिकल केन्द्रलाई लक्षित गरिएको इजरायलको दाबी छ । इजरायली सैन्य अधिकारीले हालसम्मका सबै आक्रमण इजरायलले एक्लै सञ्चालन गरेको दाबी गरेका छन् ।

उनका अनुसार अमेरिका प्रत्यक्ष आक्रमणमा सहभागी नभए पनि इजरायलमाथि प्रहार गरिएका केही क्षेप्यास्त्र अवरोध गर्न हवाई प्रतिरक्षा सहयोग दिएको थियो । इजरायली सेनाले अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) सँग निरन्तर समन्वय गरिरहेको जानकारी पनि अधिकारीले दिएका छन् ।

पछिल्लो २४ घण्टामा इजरायली सेनाका प्रमुख इयाल जामिर र सेन्टकम प्रमुख ब्राड कुपरबिच दुई पटक वार्ता भएको बताइएको छ । यसबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानसँग बढ्दो सैन्य तनावबारे छलफल गर्न सोमबार सुरक्षा मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।

इजरायली अधिकारीका अनुसार बैठकअघि नेतन्याहूले रक्षा क्षेत्रका उच्च अधिकारीहरू र केही प्रमुख मन्त्रीहरूसँग छुट्टाछुट्टै सुरक्षा परामर्श गरेका थिए । यो बैठक इजरायल र इरानबिच पछिल्ला दिनहरूमा भएको प्रत्यक्ष सैन्य आक्रमण र प्रत्याक्रमणको पृष्ठभूमिमा बसेको हो ।

यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानलाई तत्काल युद्धविराम गर्न आग्रह गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै दुवै पक्षलाई तुरुन्त गोली हानाहान बन्द गर्न र युद्धविराममा सहमत हुन आह्वान गरेका छन् ।

ट्रम्पले नेतन्याहुलाई तनाव बढ्दै गए इरान मामिलामा एक्लिने अवस्था आउन सक्ने चेतावनी पनि दिएका छन् । उनले इजरायलको ‘च्यानल १२’ सँगको अन्तर्वार्तामा नेतन्याहुलाई यस्तो चेतावनी दिएको बीबीसीले जनाएको छ । इजरायली न्युज एजेन्सीका अनुसार नेतन्याहुले आइतबार इरानमाथि गरिएको आक्रमणबारे ट्रम्पलाई अन्तिम समयसम्म पनि पूर्ण जानकारी गराएका थिएनन् ।

आइतबार नै ट्रम्पले नेतन्याहुलाई इरानविरुद्ध प्रतिआक्रमण नगर्न सुझाव दिएका थिए । लेबनानको राजधानी बेरुतमा इजरायलले गरेको आक्रमणपछि इरानले इजरायलमाथि आक्रमण गरेको पृष्ठभूमिमा यो घटनाक्रम भएको बताइएको छ । ‘च्यानल १२’ को रिपोर्टअनुसार दुवै नेताबीचको वार्ताबिना कुनै सहमति टुंगिएको र नेतन्याहुले आफ्नो अन्तिम निर्णय ट्रम्पलाई जानकारी गराएका थिएनन् ।

पछि नेतन्याहूले अमेरिकी विदेशमन्त्री कार्को रुबियोलाई आफूले इरानमाथि आक्रमण गर्ने निर्णय गरिसकेको जानकारी दिएका थिए । ट्रम्पले भने उक्त आक्रमणको ‘दायरा कम गराउन’ आफू सफल भएको दाबी गरेका छन् ।
यसैबीच युरोपेली सङ्घ (इयू)ले इरानको रिभोलुसनरी गाड्र्सको नौसैनिक शाखा र क्षेत्रीय कमान्डका प्रवक्तामाथि प्रतिबन्ध लगाएको छ ।

इरानसँगको अमेरिकी युद्धले प्रमुख जलमार्ग बन्द गरेको छ र विश्व बजारलाई अस्तव्यस्त बनाएको छ । सहकार्यका लागि २७ राष्ट्रहरूको समूह इयूले गार्डको नौसेना शाखा र सङ्गठनको हर्मोजगान प्रान्तीय कमान्डका प्रवक्ता मोहम्मद अकबरजादेहलाई कालोसूचीमा राखेको बताएको छ ।

उसले इरानको तेल निर्यातकर्ता युनियनका प्रतिनिधि हमिद होसेनीलाई सम्पत्ति रोक्का र भिसा प्रतिबन्धमा राखेको पनि बताएको छ । युरोपेली राष्ट्रहरूले मध्यपूर्वमा हाल जारी लडाइँ रोकिएपछि हर्मुजमा नौसैनिक मिसन पठाउने योजनाका लागि फ्रान्स र बेलायतको नेतृत्वमा काम गरिरहेका छन् ।

युरोपेली सङ्घका उच्च कूटनीतिज्ञ काजा कलासले ‘रेड सी’ मा रहेको युरोपेली सङ्घको नौसैनिक मिसनले उक्त सैन्य मिसनमा भाग लिन सक्ने बताएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top