आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

२७ जेठ ८३, बिहीबार

२८ जेठ , काठमाण्डौ ।

फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ आजदेखि अमेरिका, मेक्सिको र क्यानडामा भव्य उद्घाटन समारोहसहित सुरु हुँदैछ। इतिहासमै पहिलोपटक तीन राष्ट्रले संयुक्त रूपमा विश्वकप आयोजना गर्न लागेका हुन्। प्रतियोगिता जुन ११ मा मेक्सिकोबाट सुरु भएर जुलाई १९ मा न्युयोर्कमा हुने फाइनल खेलसँगै सम्पन्न हुनेछ।

अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण मानिएको छ। पहिलोपटक विश्वकपलाई तीन आयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा उद्घाटन गर्नेछन् । तीनवटै देशमा उद्घाटन समारोह हुन लागेको यो पहिलोपटक हुनेछ ।

तीनै देशमा आयोजना गरिने समारोहहरू एउटै साझा विषयवस्तुमा आधारित हुनेछन्, जसको उद्देश्य तीन आयोजक राष्ट्रलाई एकताबद्ध रूपमा प्रस्तुत गर्नुका साथै उनीहरूको संस्कृति, पहिचान र सिर्जनात्मकतालाई देखाउने बताइएको छ । प्रत्येक समारोह सम्बन्धित देशको उद्घाटन खेल सुरु हुनुभन्दा ९० मिनेटअघि सुरु हुनेछ ।

यी कार्यक्रमहरूको निर्माण ओलम्पिक उद्घाटन समारोहहरूका चर्चित क्रिएटिभ निर्देशक मार्को बालिचले गरेका हुन् । प्रत्येक समारोहको आफ्नै विशेष शैली हुनेछ, तर सबैलाई जोड्ने मुख्य सन्देश फुटबलले सिमाना नाघेर मानिसहरूलाई एकताबद्ध गर्ने शक्ति हुनेछ ।

जस्तै, क्यानडाको प्रस्तुतिमा बहुसांस्कृतिक समाजलाई जोड दिइएको छ भने मेक्सिकोको प्रस्तुतिमा परम्परागत पपेल पिकाडो कलामा जोड दिइने बताइएको छ । अमेरिकाको प्रस्तुति भने चम्किलो विश्वकप ट्रफीको अवधारणामा आधारित छ । उद्घाटन समारोहलाई लिएर फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भनेका छन्, “फिफा विश्वकप यस्तो क्षण हो जसलाई सम्पूर्ण विश्वले साझा गर्छ र त्यो हामीले यसलाई कसरी सुरु गर्छौँ भन्नेबाट प्रारम्भ हुन्छ ।”

मेक्सिको सिटीको उद्घाटन लगभग १६ मिनेट ३० सेकेन्डको हुनेछ । टोरन्टोको लगभग १३ मिनेट र लस एन्जलसको समय लगभग १३ मिनेटको हुने बताइएको छ । कार्यक्रम सकिएपछि टोलीहरूले मैदानमा वार्मअप गर्नेछन् । त्यसपछि खेलाडी प्रवेश र औपचारिक परिचय कार्यक्रम खेल सुरु हुनुभन्दा २५ मिनेटअघि सुरु हुनेछ ।

मेक्सिको सिटीमा मेक्सिको र दक्षिण अफ्रिकाबीच खेल हुनेछ । टोरन्टोमा क्यानडा र बोस्निया हर्जगोभिनाबीच अनि लस एन्जलसमा अमेरिका र पाराग्वेबीच पहिलो खेल हुनेछ । मेक्सिको सिटीमा जुन ११ गते उद्घाटन समारोह मेक्सिको सिटी रंगशालामा हुनेछ । समारोहमा मेक्सिकन संस्कृति झल्काउने आदिवासी कलाकारहरू, आधुनिक लोकनृत्य प्रस्तुति तथा परम्परागत पपेल पिकाडो कलाको प्रदर्शन हुनेछ ।

त्यहाँ प्रसिद्ध गायिका साकिराले ‘दाइ दाइ’ गीत प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । उनीसँगै बुर्ना ब्याय पनि सहभागी हुनेछन् । साकिराले जुलाई १९ मा हुने विश्वकप फाइनलको पहिलो हाफ टाइम शोमा म्याडोना र बीटीएससँग प्रस्तुति पनि दिने कार्यक्रम छ । मेक्सिको सिटी प्रशासनले सार्वजनिक बिदा घोषणा गरिसकेको छ ।

विद्यालयहरू बन्द रहनेछन् भने रोजगारदाताहरूलाई घरबाट कामका लागि अनुमति दिन प्रोत्साहन गरिएको छ । साथै, स्टेडियम क्षेत्रभित्र टिकटधारी, मान्यता प्राप्त सञ्चारकर्मी र आधिकारिक व्यक्तिहरूलाई मात्र प्रवेश दिइनेछ ।आज मध्यराति १२ः४५ बजे मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेलमा रेफ्रीले ह्विस्सल बजाएसँगै फुटबलको महाकुम्भ सुरू हुनेछ।

४८ टोली, १०४ खेल र ३९ दिनको रोमाञ्चक यात्रापछि विश्व फुटबलले नयाँ च्याम्पियन पाउनेछ। मेक्सिको सिटीदेखि टोरन्टो र लस एन्जलससम्म फैलिएको यो प्रतियोगिता विश्वकपको नयाँ युगको सुरुआत पनि हो। किनभने विश्वकपको इतिहासमा पहिलोपटक ४८ टोली सहभागी हुँदैछन्।

सअघि ३२ टोली खेल्ने प्रतियोगितामा अब थप १६ राष्ट्रहरुले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा आफ्नो उपस्थिति जनाउने अवसर पाएका छन्। प्रतियोगिता १६ शहरमा आयोजना हुँदैछ, जसमा अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ शहर समावेश छन्। जुलाई १९ मा न्युयोर्क– न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने फाइनल खेलसहित च्याम्पियन टोलीले कुल ८ खेल खेल्नेछ।

पछिल्लोपटक अमेरिकाले सन् १९९४ मा विश्वकप आयोजना गरेको थियो। जतिबेला मात्र २४ टोली थिए। १५औं संस्करण त्यतिबेला ५२ खेल भएका थिए। यसपालि टोली र खेल संख्या ठ्याक्कै दोब्बरले बढेको छ। खेलहरू नेपाली समय अनुसार अबेर राति र बिहान सबेरै हुनेछन्।

खेलको समयः राति १२ः४५, १ः००, २ः०० देखि बिहान ४ः४५, ५ः४५ र ७ः४५ सम्म। नेपालमा विश्वकपका सबै खेलहरू हिमालयन स्पोट्र्स टेलिभिजन र डिएगो एपबाट प्रत्यक्ष प्रसारण हुनेछन्। यसका लागि निश्चित शूल्क तिर्नु पर्नेछ। घरेलु समर्थकको अपेक्षा र दबाबबीच तीनै आयोजक राष्ट्र विश्वकपमा राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छन्।

यो विश्वकपलाई विश्वप स्टार मेसी र रोनाल्डोका लागि अन्तिम विश्वकप मानिएको छ। लियोनल मेसी अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप उपाधि दिलाउने अभियानमा छन्। प्रतियोगिताका दौरान ३९ वर्ष पुग्ने मेसी सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल्दैछन्। सन् १९६२ यता कुनै पनि राष्ट्रले लगातार दुई विश्वकप जित्न सकेको छैन।

त्यसैले अर्जेन्टिनासामू इतिहास रच्ने अवसर पनि छ। ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो पनि अझै पोर्चुगलको टोलीमा छन्। फुटबल करिअरमा विश्वकप उपाधि उनका लागि ‘मिसिङ पज्जल’ हो। बलियो टोली भएकाले पोर्चुगललाई यसपालि उपाधिको प्रमुख दाबेदारका रुपमा हेरिएको छ। फ्रान्सका कप्तान किलियन एमबाप्पे अर्का प्रमुख आकर्षण हुन्।

क्लब फुटबलमा यस सिजन कठिन समय बिताए पनि विश्वकपमा उनी फेरि चम्किने अपेक्षा फ्रान्स समर्थकहरुको छ। त्यस्तै इङ्ल्यान्डका ह्यारी केन करिअरकै उत्कृष्ट लयमा छन्। नयाँ प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा इङ्ल्यान्ड ६० वर्ष लामो उपाधि खडेरी अन्त्य गर्ने लक्ष्यमा छ।

यसैगरी स्पेनका युवा स्टार लामिन यामाल, ब्राजिलका राफिन्हा, अनुभवी नेयमार तथा बेल्जियम र पोर्चुगलका नयाँ पुस्ताका प्रतिभाहरुले प्रतियोगितालाई थप रोचक बनाउने अनुमान गरिएको छ। विश्वकप केवल ठूला राष्ट्रहरुको कथा मात्र होइन। हरेक संस्करणमा केही नपत्याउँदो टोलीले अप्रत्याशित नतिजा ल्याइरहेका हुन्छन्।

यसपटक स्कटल्यान्ड, नर्वे, मोरक्को, आइभोरी कोस्ट, इक्वेडर र सेनेगलजस्ता टोलीहरुलाई सम्भावित ‘डार्क हर्स’का रुपमा हेरिएको छ। एर्लिङ हालान्ड र मार्टिन ओडेगार्डको नेतृत्वमा रहेको नर्वे, स्कट म्याकटोमिने र जोन म्याकगिनको स्कटल्यान्ड तथा मोरक्कोले ठूला टोलीहरुलाई चुनौती दिन सक्ने क्षमता राख्छन्।

त्यस्तै उज्वेकिस्तान, हाइटी, कुरासाओ र केप भर्डेजस्ता टोलीहरुले पनि विश्व फुटबलमा नयाँ कथा लेख्ने सपना बोकेर मैदान ओर्लिनेछन्। यस विश्वकपमा साविक विजेता अर्जेन्टिनासँगै ब्राजिल, फ्रान्स, जर्मनीजस्ता बलिया टोलीहरू उपाधिका प्रमुख दाबेदार मानिएका छन् ।

भर्खरको समाचार

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

सम्बन्धित समाचार

Scroll to Top