×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘छक्का पन्जा ३’को आक्रमक बुकिङ

२३ आश्विन २०७५

असोज २३  : घटस्थापनाको दिनबाट रिलिज हुन लागेका बहु–प्रतिक्षित फिल्म ‘छक्का पञ्जा ३’ को बुकिङ खुल्ला गरिएको छ । फिल्मप्रति दर्शकको उत्साहपूर्ण क्रेजलाई मध्यनजर गर्दै मल्टिप्लेक्समा सोमबार साँझबाटै बुकिङ खुलाइएको हो ।

देशभरका अधिकांश सिंगल पर्दामा रिलिज हुने फिल्मले मल्टिप्लेक्समा सर्वाधिक शोज हात पारेको छ । गएको वर्ष फिल्म ‘छक्का पञ्जा २’ लाई राजधानीको क्युएफएक्स च्यानले २६ शोज बाँडेको थियो तर ‘छक्का पञ्जा ३’ ले ३० शोज पाएको छ ।

Advertisement
Advertisement

बुकिङ खुल्ला भएसँगै मल्टिप्लेक्समा फिल्मको टिकट दर्शकले ‘रिजर्भ’ गर्न थालिसकेका छन् । आक्रामक रुपमा भइरहेको बुकिङले फिल्मको रिलिज अगावै मल्टिप्लेक्सका केही शोज सोल्ड आउट हुने सम्भावना प्रवल छ । क्युएफएक्स अन्तर्गतको लबिम र सिभिल हलमा फिल्मको अग्रिम टिकट रिजर्भ गर्ने दर्शक अत्याधिक देखिएका छन् । बिहान ८ बजे र साँझ ६ बजे पछिको शोजको टिकट बढी बिक्री भइरहेको छ ।

उक्त फिल्मलाई क्यूज सिनेमाले प्रदर्शनको पहिलो दिन ११ शोज, विएसआर मुभिजले १२ शोज, सिडिसी सिनेमाले १० शोज, विग मुभिजले १० शोज र एफक्यूबले ११ शोज बाँडेको छ । फिल्मको एडभान्स बुकिङ र इनिसियल बक्सअफिस आक्रामक भएको खण्डमा मल्टिप्लेक्सले शोजमा वृद्धि गर्नेछ ।

Advertisement

बुकिङ खुल्ला गरिएको केही घण्टा नवित्दै आक्रामक बुकिङले गर्दा फिल्मको ओपनिङ कस्तो हुने भन्ने समेत चर्चा बढेको छ । २ घण्टा २० मिनेट लामो दीपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा ३’ ले पहिलो दिन नै करोड ग्रस कलेक्सन गर्ने अनुमान लगाईएको छ । फिल्मलाई सेन्सर बोर्डले सबै उमेर समुहका दर्शकले हेर्न मिल्ने सर्टिफिकेट प्रदान गरेको छ

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top