१७ असार , काठमाण्डौ ।
आजको व्यस्त र आधुनिक समयमा प्रविधिको माध्यामबाटै उपयुक्त जीवनसाथी खोजिदिने योजनासहित नेपाली समुदायका लागि तयार पारिएको डेटिङ सम्बन्धी एप ‘लमी’ सार्वजनिक गरिएको छ। हालसम्म १० हजारभन्दा बढी प्रयोगकर्ताले डाउनलोड गरिसकेको लमी एप एउटा यस्तो प्लेटफर्म हो जसले तपाईंलाई मित्रता, प्रेम सम्बन्ध (डेटिङ) वा विवाहका लागि उपयुक्त साथी खोज्न मद्दत गर्छ।
यसले समान सोच, जीवनका लक्ष्य र सांस्कृतिक मूल्य भएका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउँछ । परम्परागत रूपमा गाउँघरमा ‘लमी’ले गर्ने जोडी मिलाउने कामलाई अहिले यो मोबाइल एपले थप सहज, सुरक्षित र आधुनिक बनाएको कम्पनीको दाबी छ ।प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै यहाँ प्रोफाइल प्रमाणीकरणको व्यवस्था गरिएको छ ।
प्रयोगकर्ताले आफ्नो पहिचान पुष्टि गर्न आवश्यक कागजात अपलोड गर्नुपर्ने हुन्छ, जसले गर्दा नक्कली प्रोफाइलको जोखिम न्यून हुन्छ।तपाईंको रुचि, उमेर, धर्म, जात, शिक्षा र वैवाहिक अवस्था जस्ता मापदण्डका आधारमा उपयुक्त साथी खोज्न यसले मद्दत गर्छ।
यसको उन्नत एल्गोरिदमले तपाईंको प्राथमिकता अनुसारका प्रोफाइलहरू मात्र देखाउने सुविधा पनि रहेकÞो छ । साथै सुरक्षित च्याट रुचि भएका व्यक्तिहरूसँग च्याट अनुरोध पठाएर सुरक्षित रूपमा कुराकानी सुरु गर्न सकिन्छ। कुनै पनि अनुपयुक्त व्यवहार भएमा प्रोफाइल रिपोर्ट गर्ने सुविधा पनि उपलब्धता को साथ साथै विवाहका लागि गम्भीर रूपमा जीवनसाथी खोजिरहेकाहरूका लागि छुट्टै ‘म्याट्रिमोनिअल सेक्सन’ उपलब्ध छ ।
यदि झुक्किएर कुनै प्रोफाइल ‘लेफ्ट स्वाइप’ भयो भने प्रिमियम प्रयोगकर्ताले त्यसलाई ‘रिविन्ड’ गर्न सक्छन्। साथै, मन परेका प्रोफाइललाई पछिका लागि ‘बुकमार्क’ गरेर सुरक्षित राख्न सकिन्छ । ‘लमी’ले आफ्ना प्रयोगकर्तालाई थप सुविधा प्रदान गर्न विभिन्न प्रिमियम योजनाहरू पनि ल्याएको छ।
यसका शुल्कहरू एक हप्ताका लागिः रु. १९९, एक महिनाका लागिः रु. ६९९ र तिन महिनाका लागिः रु. १९९९ शुल्क लाग्ग्ने कम्पनी ले जनाएको छ।पहिलेको पुस्तामा विवाहका लागि मध्यस्थकर्ता अर्थात् ‘लमी’को ठूलो भूमिका हुन्थ्यो ।
तर, समय परिवर्तनसँगै अहिलेको पुस्ता अरूले रोजिदिएको भन्दा आफैँले बुझेर र रोजेको व्यक्तिसँग सम्बन्ध गाँस्न रुचाउँछन्,’ एपका प्रबन्ध निर्देशक नबिन श्रेष्ठका अनुसार, ‘यो एपले संसारभरि छरिएर रहेका नेपालीहरूलाई एकै ठाउँमा जोड्न मद्दत गर्ने विश्वास छ ।
यदि तपाईं पनि आफ्नो लागि सही र अर्थपूर्ण सम्बन्धको खोजीमा हुनुहुन्छ भने, ‘लमी’ तपाईंको यात्राको सारथि बन्न सक्ने कम्पनीको भनाइ छ । यसलाई फोन नम्बर, इमेल वा सामाजिक सञ्जालमार्फत सजिलै लगइन गरी प्रयोग गर्न सकिने प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिएका छन् ।




