×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रामशाहपथमा ७१ करोडमा ७ तले महान्यायाधिवक्ताकाे भवन निर्माण शुरु, २ वर्षमा सकिने

२४ आश्विन २०७५

काठमाडौ,असोज २४
महान्यायाधिवक्ता कार्यालयले सिंहदरवार परिसरमा ७ तले भवन निर्माण शुरु गरेको छ । नयाँ भवनको बुधबार महान्यायधिवत्ता अग्नीप्रसाद खरेलले शिलन्यास गरेका छन् । ८ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको भवन बनाउन झण्डै ७१ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्लास्तरीय परियोजना कार्यान्वयन एकाइले शर्मा र समानान्तर जेभीसँग ७० करोड ९५ लाख ६७ हजार रुपैयाँमा भवन निर्माण गर्न ठेक्का सम्झौता गरेको आयोजना प्रमुख लिला खतिवडाले जानकारी दिए ।

Advertisement

ठेकेदार कम्पनीले २०७७ पुस मसान्तसम्ममा भवन निर्माण गरिसक्ने उनले बताए । उनका अनुसार रामशाहपथमा रहेको भवनलाई भत्काएर पुननिर्माण हुन लागेको हो ।

पुरानो भवन भूकम्पले चर्किएपछि महान्यायाधिवक्ता कार्यालयले नयाँ भवन बनाउन थालेको हो । नायब महान्यायाधिवक्ता खगराज पौडेलले नयाँ भवन बनेसँगै न्याय सम्पादनमा सहयोग पुग्ने बताए। नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले महान्यायाधिवक्ताको कार्यालय र बार मिलेर न्यायप्रणालीमा सुधार गर्नुपर्ने बताए।

Advertisement

उनले छरिएर रहेका अनुसन्धानलाई संविधान संशोधन गरेर भए पनि एकीकृतरुपमा महान्यायाधिवक्ता मातहतमा ल्याउनुपर्ने बताए । पुरानो भवन २०२९ सालमा निर्माण गरिएको हो ।(विकास न्युजबाट)

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top