अर्जेन्टिनामाथि सुरु भयो फिफाको अनुसन्धान, के कारबाही हुन् सक्छ ?

३२ असार ८३, शुक्रबार

१ साउन , काठमाण्डौ ।

विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले हराएपछि अर्जेन्टिनाका खेलाडीहरूले ब्यानर प्रदर्शन गरेको विषयमा फिफाले अनुसन्धान सुरू गरेको छ । खेलपछि खेलाडीहरूले ’लास माल्भिनास सोन अर्जेन्टिनास’ (फकल्याण्ड टापु अर्जेन्टिनाको हो) लेखिएको ब्यानर देखाएका थिए ।

अमेरिकाको एटलान्टामा भएको खेलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले हराउँदै फाइनलमा स्पेनसँगको भेट पक्का गरेको थियो। जितपछि खेलाडीहरूले दक्षिण एटलान्टिक महासागरमा रहेको ’फकल्याण्ड टापु’ माथि आफ्नो देशको दाबी गर्दै ब्यानर प्रदर्शन गरे। यस टापुलाई लिएर बेलायत र अर्जेन्टिनाबीच लामो समयदेखि विवाद छ।

Advertisement

फिफाका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै ’म्याच रिपोर्ट’ को अध्ययन भइरहेको र फिफाको अनुशासन नियम अनुसार आवश्यक कदम चालिने बताएका छन्। फिफाको नियम अनुसार खेलका क्रममा कुनै पनि राजनीतिक सन्देश दिन पाइँदैन। यसअघि सन् २०१४ मा पनि यस्तै ब्यानर प्रदर्शन गर्दा अर्जेन्टिनालाई २० हजार पाउण्ड जरिवाना गरिएको थियो।

बेलायती प्रधानमन्त्रीको कार्यालयले फिफाको अनुसन्धानलाई समर्थन गर्दै भनेको छ, ‘विश्वकप हाम्रो नभए पनि फकल्याण्ड टापु पक्कै हाम्रो हो।‘ अर्जेन्टिनाका राष्ट्रपति जाभियर माइलीले खेलाडीहरूको भावनालाई ’बुझ्न सकिने’ र ’मान्य’ भनेका छन्। यद्यपि, उनले खेलमैदानको कुरा कूटनीतिभन्दा फरक हुने र अर्जेन्टिनाले कूटनीतिक तवरबाटै सो टापु फिर्ता लिने बताएका छन्।

Advertisement

सन् २०१३ मा भएको जनमत संग्रहमा त्यहाँका जनताले बेलायतकै पक्षमा रहने मतदान गरेका थिए। यो विवादले अर्जेन्टिनाले फाइनल खेल्न नपाउने सम्भावना छैन। तर, ब्यानर समात्ने खेलाडीलाई स्पेनविरुद्धको फाइनल खेलमा प्रतिबन्ध लाग्न सक्छ। बेलायती नेता एड डेभीले यसअघि स्पेनका खेलाडीहरू (मोराटा र रोड्री) लाई ’जिब्राल्टर’ विवादमा प्रतिबन्ध लगाएको उदाहरण दिँदै अर्जेन्टिनी खेलाडीलाई पनि प्रतिबन्ध लगाउन माग गरेका छन्।

यसअघि सन् २०१४ मा स्लोभेनिया विरुद्धको मैत्रीपूर्ण खेलअघि पनि खेलाडीहरूले यस्तै ब्यानर प्रदर्शन गर्दा फिफाले अर्जेन्टिनी फुटबल संघलाई २०,००० पाउन्ड जरिवाना गरेको थियो । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले उक्त कदमलाई राजनीतिक गतिविधि र टोलीको दुव्र्यवहार सम्बन्धी नियमको उल्लंघन मानेको थियो ।

जितपछि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरियाले पनि सामाजिक सञ्जाल एक्समा “यो केवल एउटा सामान्य खेल मात्र थिएन” भन्दै अर्जेन्टिनी सैनिकहरूको भिडियो सेयर गरेकी छिन् । उनले फल्कल्याण्ड अर्जेन्टिनाकै रहेको दाबी गर्दै रंगशालामा ब्यानर लैजान प्रतिबन्ध लगाइए पनि यो नेपालीहरूको रगत र मुटुमा रहेको उल्लेख गरेकी छिन् ।

खेलअघि पनि उनले यो सेमिफाइनल खेल “आक्रमणकारीहरूलाई उनीहरूको सही ठाउँ देखाउने अवसर” भएको बताएकी थिइन् । यसअघि अन्तिम १६ को खेलमा इजिप्टलाई ३–२ ले हराएपछि पनि अर्जेन्टिनाका खेलाडीहरूले फल्कल्याण्ड टापुका साथै डिएगो म्याराडोना र लियोनेल मेस्सीको चर्चा गरिएका गीतहरू गाएका थिए ।

यद्यपि, सेमिफाइनल खेलअघि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले भने फुटबल र राजनीतिलाई मिसाउन नहुने विचार राखेका थिए । उनले विगतमा भएका दुःखद घटनाहरूको सम्मान गर्दै आफूले यी दुई कुरालाई नमिसाउने र यो केवल एउटा फुटबल खेल मात्र भएको बताएका थिए ।

अर्जेन्टिनाका फुटबल खेलाडीहरूले विश्वकपको सेमिफाइनलमा इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ (फकल्यान्ड्स अर्जेन्टिनाको हो) लेखिएको ब्यानर देखाएको घटना छानबिन गर्न बेलायतका एक मन्त्रीले फिफासँग माग गरेका छन्।

प्रधानमन्त्री किअर स्टार्मरको डाउनिङ स्ट्रिट कार्यालयले बिजनेस मन्त्री पिटर काइलको आग्रहलाई समर्थन गरेको छ। मन्त्री काइलले खेल मैदानमै राजनीतिक प्रतीक देखाउन नपाइने फिफा नियमको ‘घोर उल्लङ्घन’ भएको बताएका छन्। डाउनिङ स्ट्रिटका प्रवक्ताले भनेका छन्, ’विश्वकप हाम्रो नहुन सक्छ, तर फकल्यान्ड टापुहरू निश्चित रूपमा हाम्रा हुन्।’

अर्जेन्टिनाले सन् १९८२ मा दक्षिण एटलान्टिकमा रहेको यो बेलायती विदेशी क्षेत्रमा आक्रमण गरेको थियो। तर मार्गरेट थ्याचरको नेतृत्वमा बेलायतले छोटो युद्धपछि टापुहरू पुनः कब्जा गरेको थियो। काइलले बुधबार एटलान्टामा भएको खेलपछि ब्यानर देखाइएको घटनाको छानबिन गर्न फिफालाई आग्रह गरेका छन्।

उनले बीबीसीसँग भनेका छन्, ’फुटबलबाट राजनीति अलग राख्नुपर्छ। विश्वकपको मुख्य सिद्धान्त नै यो हो।’ उनले थपे, ’यो अब फिफाको विषय हो। हामीले फिफाले छानबिन गर्ने अपेक्षा गरेका छौँ। बेलायतले १९औँ शताब्दीमा फकल्यान्ड कब्जा गरेको थियो, तर अर्जेन्टिनाले टापुहरूलाई आफ्नो भूभाग भएको दाबी गरिरहेको छ।

सन् १९८२ को द्वन्द्वमा ६४९ अर्जेन्टिनी र २५५ बेलायतीको मृत्यु भएको थियो। विश्वकप सेमिफाइनल जितपछि अर्जेन्टिनाका विदेशमन्त्रीले फकल्यान्डनजिक बेलायती युद्धपोत रहेको भन्दै औपचारिक विरोध दर्ता गरिएको बताएका छन्। विदेशमन्त्री पाब्लो किर्नोले एक्समा पोस्ट गर्दै अपतटीय गस्ती जहाज ‘एचएमएस मेडवे’को ‘अपरामर्श र अवैध’ यात्राको ‘सबैभन्दा कडा विरोध’ गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top