BREAKING च्याउ टिप्न गएका १४ महिला शुक्लाफाँटामा सम्पर्कविहीन

३ साउन ८३, सोमबार

४ साउन , काठमाण्डौ ।

के एउटा सिङ्गो गाउँका १४ जना महिलाहरू दिनदहाडै जङ्गलमा गएर रहस्यमय ढङ्गले अचानक अलप हुन सक्छन ? के उनीहरूलाई कुनै जङ्गली जनावरले आक्रमण ग¥यो, वा उनीहरू शुक्लाफाँटाको घना जङ्गलमा बाटो बिराएर फसेका हुन ? आखिर साँझको भान्सामा च्याउ पकाउने सपना बोकेर घरबाट निस्किएका ती आमा र दिदीबहिनीहरूलाई जङ्गलले कहाँ लुकायो?

आज हामी सुदूरपश्चिमको कञ्चनपुरबाट आएको एउटा यस्तै रहस्यमय र चिन्ताजनक खबर लिएर उपस्थित भएका छौं। यो यस्तो घटना हो, जसले अहिले सिङ्गो कञ्चनपुर जिल्ला र विशेषगरी भीमदत्त नगरपालिका–१९ को दशरथ टोललाई गहिरो सन्नाटा र आँसुमा डुबाएको छ। घटना हो, जङ्गलमा च्याउ खोज्न गएका १४ जना महिलाहरूको सामूहिक बेपत्ताको।

Advertisement

दर्शकवृन्द, कथा सुरु हुन्छ आइतबारको बिहानीबाट । साउन महिनाको समय, वर्षायाम चलिरहेको छ। यस्तो बेला गाउँघरतिर जङ्गलमा गएर प्राकृतिक र स्वादिलो च्याउ खोजेर ल्याउने चलन नयाँ होइन। भीमदत्त नगरपालिका–१९, बागफाँटा अन्तर्गत पर्ने दशरथ टोलका महिलाहरूका लागि पनि यो एउटा सामान्य दैनिकी नै थियो।

घडीले बिहानको करिब ११ बजाइसकेको थियो। साँझको भान्सामा परिवारलाई मिठो च्याउको तरकारी खुवाउने उत्साह बोकेर गाउँका १४ जना महिलाहरूको एउटा टोली घरबाट निस्कियो। उनीहरू शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्ट हुँदै घना जङ्गलतर्फ प्रवेश गरे।

Advertisement

च्याउ खोज्न सजिलो होस् र धेरै क्षेत्र ओगट्न सकियोस् भनेर उनीहरूले आफूलाई दुईवटा समूहमा विभाजन गरे । एउटा ९ जनाको समूह र अर्को ५ जनाको समूह। उनीहरू जङ्गलको कुन कुनासम्म पुगे, त्यो कसैलाई थाहा छैन। तर जब दिन ढल्दै गयो र सूर्य पश्चिमतिर अस्ताउन थाल्यो, दशरथ टोलमा भने बेचैनी र त्राशको कालो बादल मडारिन थाल्यो। साँझ पर्दासम्म पनि जङ्गल गएका कोही पनि फर्किएनन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार, यसरी बेपत्ता हुनेहरूमा दशरथ टोलका निम्न १४ जना छन्ःसकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार,सिवानी सुनार।

कल्पना गर्नुहोस् त दर्शकवृन्द, आज ती १४ वटा घरको अवस्था कस्तो होला ? चुलो बलेको छैन। बालबच्चा आफ्नी आमाको बाटो हेरिरहेका छन्, श्रीमान् आफ्नी श्रीमतीको पखाईमा छन्, र वृद्ध बुवाआमा छोरीको सकुशल फिर्तीको कामना गर्दै आँसु बगाइरहेका छन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, जो आफ्नो अथाह जैविक विविधता र घना जङ्गलका लागि प्रख्यात छ, त्यहाँ बाटो भुल्नु वा हराउनु आफैंमा अत्यन्तै जोखिमपूर्ण मानिन्छ । एकातिर जङ्गली हात्ती, बाघ र भालु जस्ता हिंस्रक जनावरको डर, अर्कोतिर साउनको झरी र जङ्गलको कहालीलाग्दो अँध्यारो रात !

ती महिलाहरूले आइतबारको रात त्यो डरलाग्दो जङ्गलमा कसरी बिताए होलान् भन्ने सोच्दा मात्रै पनि आङ सिरिङ्ग हुन्छ।डीएसपी टेकबहादुर रावतका अनुसार प्रहरीले अहिले खोजी कार्यलाई अत्यन्तै तीव्रता दिएको छ। बेपत्ता महिलाहरूको खोजी कार्य जारी रहेको र सबै संयन्त्र परिचालन गरेको उनको भनाई छ।

यतिबेला नेपाल प्रहरी, निकुञ्जका सुरक्षार्थ खटिएका नेपाली सेना, अन्य सुरक्षा निकाय र स्थानीय गाउँलेहरू मिलेर जङ्गलको चप्पा–चप्पा छानीरहेका छन्। तर, जङ्गलको विशाल क्षेत्रफल र वर्षायामको प्रतिकूल मौसमले उद्धार टोलीलाई ठूलो चुनौती दिइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top