लिग–२मा नेपालको लज्जास्पद प्रर्दशन, न ब्याटिङ चल्यो न बलिङ

७ साउन ८३, शुक्रबार

८ साउन , काठमाण्डौ ।

Advertisement

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले अर्काे एक खराब प्रदर्शन दोहो¥याएको छ। बिहीबार राति सकिएको खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको हो। ब्याटिङ र बलिङ दुवै विभाग पूर्ण रूपमा ‘कोल्याप्स’ भएपछि नेपालले लगातार कमजोर नतिजा सामना गरिरहेको छ।

अपेक्षित प्रदर्शन गर्न नसक्दा शीर्ष चारमा रहँदै सिधै विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको सम्भावना समेत निकै सकसपूर्ण बनेको छ। पहिलो खेलमा नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा भएको खेलमा नामिबियासँग नेपाल ८ विकेटले पराजित भयो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल सुरुदेखि नै दबाबमा देखिएको थियो।

Advertisement

जेजे स्मिथको घातक बलिङसामु नेपाली ब्याटर क्रिजमा टिक्न सकेनन्। शीर्षक्रमका ब्याटरले ठूलो साझेदारी बनाउन नसक्दा नेपालले नियमित अन्तरालमा विकेट गुमाएको थियो। कप्तान रोहितकुमार पौडेलले ३१, दीपेन्द्रसिंह ऐरीले ३०, गुल्सनकुमार झाले २०, करण केसीले १८, आसिफ शेखले १६ र सोमपाल कामीले १५ रन बनाए पनि कसैले पनि जिम्मेवारीपूर्ण र लामो इनिङ्स खेल्न सकेनन्।

मध्यमक्रमका ब्याटरहरूले पाएको सुरुआतलाई ठूलो स्कोरमा बदल्न नसक्दा सिङ्गो ब्याटिङ लाइनअप नै ध्वस्त हुन पुग्यो। नतिजास्वरूप नेपाल ४६.५ ओभरमा १५७ रनको सामान्य योगफलमा समेटियो। नेपाललाई सस्तैमा समेट्न नामिबियाका जेजे स्मिथले २७ रन खर्चेर ६ विकेट लिएका थिए।

Advertisement

जवाफी ब्याटिङमा उत्रिएको विपक्षी टोलीविरुद्ध नेपाली बलर पनि पूरै असफल सिद्ध भए। १५८ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ३७.४ ओभरमा मात्र २ विकेट गुमाएर सहजै जित हासिल ग¥यो। स्पिन र तीव्र गति दुवै तर्फका नेपाली बलरले सुरुआती सफलता दिलाउन सकेनन् भने आवश्यक समयमा विकेट निकाल्न पनि पूर्ण रूपमा असफल रहे।

फिल्डिङमा समेत चुकेको नेपालविरुद्ध नामिबियाका जान फ्राइलिंकले अविजित ७८ र माइकल भान लिंगनले ५१ रनको योगदान दिँदै जित सहज बनाए। यस्तै, घरेलु टोली नेदरल्यान्ड्सविरुद्धको खेलमा पनि नेपालको नियति उस्तै रह्यो। ब्याटिङमा गैरजिम्मेवार प्रदर्शन र बलिङमा प्रभावहीन बन्दा नेपालले लज्जास्पद हार बेहोर्नुपर्यो।

पुनः कमजोर ब्याटिङ प्रदर्शन दोहोरिएपछि नेपाल बिहीबार घरेलु टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको हो। यो हारसँगै नेपालको विश्वकप छनोटमा सोझै पुग्ने शीर्ष चारभित्रको सम्भावना निकै कमजोर बन्दै गएको छ। लिग–२ मा ३० खेलबाट २४ अंक मात्र जोडेको नेपाल आठ राष्ट्र सहभागी प्रतियोगिताको पाँचौँ स्थानमा यथावत् छ।

नेदरल्यान्ड्स भने २९ खेलमा ३४ अंक जोडी तेस्रो स्थानमा छ। हिजोको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४४.४ ओभरमा १ सय ५७ रनमा अलआउट भयो। मंगलबार नामिबियाविरुद्धको खेलमा पनि नेपाल समान १ सय ५७ रनमै समेटिएको थियो। १ सय ५८ रनको लक्ष्य डच टोलीले कप्तान स्कट इडवार्डसको जिम्मेवार इनिङ्सको मद्दतमा ४४.१ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो।

नेपालले दिएको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्सलाई सुरुआतमै दबाबमा राख्ने अवसर पाए पनि नेपाल फिल्डिङमा चुक्दा पराजित हुन पुग्यो। ६१ रनमा अविजित रहेका कप्तान इडवार्डसले दुई पटक जीवनदान पाएका थिए। ३२ रनमा छँदा करण केसीको बलमा फाइन लेगमा ललित राजवंशीले उनको क्याच फुत्काएका थिए भने ३५ रनमा छँदा सोमपाल कामीले उनकै बलमा रिटर्न क्याच लिने अवसर गुमाए।

इडवार्डसले नोह क्रोजसँग पाँचौँ विकेटका लागि १ सय २९ बलमा ८५ रनको अविजित साझेदारी गर्दै टोलीलाई जित दिलाए। त्यसअघि बलिङतर्फ सोमपालले म्याक्स ओ’डडलाई ९ रनमा बोल्ड गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। सेड्रिक डी लान्गेलाई दीपेन्द्रसिंह ऐरी तथा बास डी लिडलाई ललितले आउट गरेका थिए भने ज्याच लिओन क्याचेट २१ रनमा रनआउट भएका थिए।

त्यसअघि ब्याटिङतर्फ नेपाली टोलीको इनिङ्स सुरुदेखि नै दबाबमा परेको थियो। ओपनर आसिफ शेख १४ र कुशल भुर्तेल ९ रन बनाएर छिट्टै पभेलियन फर्किए। लगत्तै कप्तान रोहित पौडेल ३ रन र इशान पाण्डे ४ रनमै आउट भएपछि नेपाल संकटमा परेको थियो। मध्यक्रममा दीपेन्द्रसिंह ऐरीले ४२ बलमा २१ रन बनाए भने आरिफ शेखले टोलीका लागि सर्वाधिक ४१ रनको योगदान दिए।

९० बल खेलेका आरिफ ४४ औँ ओभरमा आठौँ खेलाडीका रूपमा आउट भएका थिए। लिग–२ मा विदेशी भूमिमा खेलिएका १८ खेलमध्ये नेपालले भोगेको यो १२ औँ हार हो। लिग चरणको तेस्रो खेलमा नेपालले सोमबार पुनः नामिबियासँग खेल्नेछ।

बुधबार पुनः नेदरल्यान्डसँग खेल्नेछ । शीर्ष चार टोली सोझै विश्वकप छनोटमा पुग्ने प्रावधान रहे पनि नेपालको लगातारको पराजयले त्यो यात्रा थप पेचिलो बनेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top