काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौतामा ल्याउन नयाँ सैन्य कारबाहीभन्दा आर्थिक दबाबलाई प्राथमिकता दिने संकेत गरेका छन्। अन्तराष्ट्रिय समाचार संस्था ‘एक्सियोस’ सँगको अन्तर्वार्तामा ट्रम्पले इरानको अर्थतन्त्र कमजोर बन्दै गएको दाबी गर्दै अमेरिकी नौसैनिक नाकाबन्दीले दबाब थप बढाएको बताएका हुन् । उनले अमेरिका र इरानबीच आंशिक रूपमा वार्ता भइरहेको पनि जानकारी दिएका छन्।
यसैबीच, ओमानको मध्यस्थतामा होर्मुज जलडमरूमध्य पुनः खुलाउने विषयमा भइरहेको वार्ता सहमतिको नजिक पुगेको उनकाे दाबी छ। इरानले भने अमेरिकी नाकाबन्दी हटाउने, सैन्य कारबाही रोक्ने र युद्धको क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेको छ।
जुनमा भएको युद्धविराम केही सातापछि भंग भएपछि इरान र अमेरिकाबीच पुनः तनाव बढेको हो।




