प्रधानमन्त्री शाहसँगको भेटपछि भारतीय राजदूतले भने– ‘मोदीको सन्देश दिएँ’

२५ साउन ८३, सोमबार

काठमाडौं- नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश दिएको बताएका छन्।

Advertisement

श्रीवास्तवले सोमबार बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गरेका थिए। भेटवार्तापछि उनले सामाजिक सञ्जाल एक्समार्फत भारत–नेपाल सम्बन्धका विषयमा समेत छलफल भएको जानकारी दिएका हुन्।

‘नेपालका सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहसँग आज बिहान भेटवार्ता गर्न पाउँदा सम्मानित महसुस गरेको छु। प्रधानमन्त्री नरेन्द्र मोदीजीको हार्दिक शुभकामना उहाँसमक्ष व्यक्त गरेँ,’ श्रीवास्तवले लेखेका छन्। उनले भारत–नेपालबीचको सुदृढ र बहुआयामिक साझेदारीलाई अझ गहिरो बनाउने विषयमा सार्थक र फलदायी विचार आदानप्रदान भएको पनि बताएका छन्।

Advertisement

यसअघि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न कूटनीतिज्ञसँग सामूहिक रूपमा भेटवार्ता गर्दै आएका थिए। तर, यसपटक उनले भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका हुन्।

प्रधानमन्त्री शाहले सोमबार दिउँसो ३ बजे चिनियाँ राजदूतसँग सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top