कोलम्बियामा शक्तिशाली भूकम्पः आपत्काल घोषणा

२६ साउन ८३, मंगलबार

काठमाडाैं- कोलम्बियामा पछिल्ला वर्षहरूमध्येकै शक्तिशाली भूकम्प गएपछि कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने सरकारले आपत्काल घोषणा गरेको छ। भूकम्पका कारण भत्किएका भवनका भग्नावशेषमा अझै मानिसहरू पुरिएको आशंका रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ।

Advertisement

देशको भूगर्भीय सेवाका अनुसार स्थानीय समयअनुसार बिहान ७ः३४ बजे चोको प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्प १०३ किलोमिटर (६४ माइल) गहिराइमा गएको थियो। यसको धक्का पश्चिमी कोलम्बियाका सयौँ माइलसम्मको विशाल क्षेत्रमा महसुस गरिएको थियो। धेरैजसो मृत्यु कोलम्बियाको कफी उत्पादन क्षेत्रको सहर पेरेइरामा भएको छ। आसपासका सहर तथा भाये डेल काउका क्षेत्रमा पनि भूकम्पले ठूलो क्षति पुर्‍याएको छ।

भूकम्पको केन्द्रबिन्दु चोको प्रान्तको सान होसे डेल पाल्मार गाउँनजिकै रहेको थियो। तर स्थानीय मेयर लियोन फाबियो मारिन मोन्काडाका अनुसार त्यहाँ चमत्कारिक रूपमा कुनै मानवीय क्षति वा घाइते भएका छैनन्। यद्यपि, गाउँमा आवतजावत गर्ने सडकहरू भने क्षतिग्रस्त भएका छन्।

Advertisement

कोलम्बियाको एसोसिएसन अफ क्यापिटल सिटिजले सोमबार जारी गरेको अपडेटमा भूकम्पका कारण ४८० भन्दा बढी मानिस घाइते भएको अन्तराष्ट्रिय समाचार माध्यमले लेखेका छन् । भूकम्पको केन्द्रबिन्दुबाट करिब ५५ किलोमिटर (३४ माइल) टाढा रहेको पेरेइरा सहरमा सबैभन्दा बढी क्षति भएको छ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top