मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा नेपाल भूषण र संचालकमा सुमन पोखरेल

२७ साउन ८३, बुधबार

२७ साउन , काठमाण्डौ ।

Advertisement

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडको अध्यक्षमा नेपाल भूषण श्रेष्ठ चयन भएका छन्।

Advertisement

संस्थाका जेष्ठ संचालक ज्ञानुकृष्ण अधिकारीको अध्यक्षतामा बसेको संस्थाको १९४औँ सञ्चालक समिति बैठकले प्राइम कमर्सियल बैंक लि.का प्रतिनिधि नेपाल भूषण श्रेष्ठलाई अध्यक्षमा सर्बसम्मत चयन गरेको हो।

नेपाल राष्ट्र बैंकबाट शपथ ग्रहण गरेपछि औपचारिक रुपमा उनले अध्यक्षको पदभार सम्हाल्नेछन्।

Advertisement

त्यस्तै संस्थाको सोही बैंठकमा संस्थापक सेयर धनी ग्लोबल आइएमई बैंक लि. ले सञ्चालक समितिको सदस्यको रुपमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल प्रतिनिधित्व हुने गरी बैठकमा पठाएको मेरोमाइक्रोफाइनान्सले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top