किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

२८ साउन ८३, बिहीबार

काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकारिता तथा सञ्चार क्षेत्रसँग सम्बन्धित विषयमा पत्रकारलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

Advertisement

विज्ञप्तिमा पत्रकार आचारसंहिता, पत्रकारको मर्यादा तथा प्रेस स्वतन्त्रतासँग सम्बन्धित विषयको निरूपण र अनुगमन गर्ने जिम्मेवारी प्रेस काउन्सिलको रहेको स्मरण गराइएको छ। सञ्चारमाध्यम र पत्रकारबाट आचारसंहिताको उल्लंघन भएमा त्यसबारे काउन्सिलले आवश्यक प्रक्रिया अघि बढाउँदै आएको पनि काउन्सिलले जनाएको छ।

काउन्सिलले पत्रकारलाई पक्राउ गर्ने वा अनुसन्धान अघि बढाउने विषयमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवेदनशीलतालाई ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। साथै, पत्रकारिता क्षेत्रसँग सम्बन्धित विषयमा प्रेस काउन्सिलको क्षेत्राधिकार र भूमिकालाई समेत ध्यान दिन आग्रह गरिएको छ।

Advertisement

विज्ञप्तिमा नागरिकको सूचनाको हक र पत्रकारको मर्यादा कायम राख्दै प्रेस स्वतन्त्रताको संरक्षण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख छ।

जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठलाई व्यक्तिगत गोपनीयतासम्बन्धी कसुरको अनुसन्धानका लागि प्रहरीले बुधवार पक्राउ गरेको थियाे। श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालित भएको थियो।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top