×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुनकोशीमा बस दुर्घटना : एक जनाको मृत्यु र सात जनाको जीवितै उद्धार

२६ आश्विन २०७५

सिन्धुली, असोज २६
बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रिठ्ठे भिरबाट आज यात्रुबस सुनकोशीमा खसेको छ । सडकबाट सुनकोशी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको र सात जनाको जीवितै उद्धार गरिएको छ । अहिले उद्धार कार्य जारी रहेको छ ।

सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडाँैतर्फ जाँदै गरेको सुपर वासुकी यातायातको ना ६ ख ९१२ नं को बस सुनकोशीमा खसेको हो । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

Advertisement

सुनकोशी नदीबाट स्थानीयवासी, प्रहरीको प्रयासमा सात जनालाई उद्धार गरी उपचारका लागि धुलीखेलतर्फ पठाइएको र नदीबाट एउटा शव निकालिएको स्थानीयवासी मीन श्रेष्ठले जानकारी दिए ।

सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडाँैतर्फ जाँदै गरेको सो बसमा आठजना सवार रहेको र सात जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए ।

दुर्घटनामा सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–८ निवासी २९ वर्षीय रवि भण्डारीको मृत्यु भएको उनले जानकारी दिए ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर र तीन जनाको अवस्था सामान्य रहेको जनाइएको छ । उनीहरु सबैको उपचारका लागि धुिलखेल पठाइएको उनले जानकारी दिए । दुर्घटनाको कारण थप विवरण आउन बाँकी रहेको छ ।

Advertisement

रासस

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top