काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाबारे छलफल गर्न आज फेरि सर्वदलीय बैठक बस्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।
बैठकमा भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, बेपत्ताको खोजी, उद्धार तथा राहतका साथै प्रभावित क्षेत्रको पुनःस्थापनाका विषयमा छलफल हुने जनाइएको छ । रास्वपाले यसअघि पनि बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा सर्वदलीय छलफल गर्दै आएको छ । बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सम्बन्धित पक्षको सहभागिता रहने अपेक्षा गरिएको छ ।



