इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’, ट्रम्पका ‘ड्रोन म्यान’को राजीनामा

Share this
724shares

१६ भदौ , काठमाण्डौ ।

Advertisement

अमेरिकाले आफ्नो भएभरको शक्ति र उपायहरु लगाएर दबाब दिइरहेपनि इरानको ड्रोन आक्रमणमा भने खतनाक बृद्धि भएको छ । र यो अरु कसैले होइन संयुक्त अरब एमिरेट्सले नै खुलाएको हो । सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का गरिएको इरानी ड्रोन आक्रमणको निन्दा गर्दै यसलाई युएईले ‘खतरनाक वृद्धि’ भनेको छ ।

यूएईमा सापेक्षिक शान्तिको केही हप्तापछि यो घटना भएको हो । यो मे महिनापछि यूएईको क्षेत्रलाई लक्षित गर्ने पहिलो इरानी आक्रमण हो, यद्यपि खाडी मुलुकले यस महिना आफ्ना जहाजहरूमाथि आक्रमण भएको रिपोर्ट गरेको छ ।

Advertisement

यूएईको परराष्ट्र मन्त्रालयले एक्समा जारी वक्तव्यमा भनिएको छ,“यूएईको क्षेत्रीय जलक्षेत्रमाथि हवाई रक्षा प्रणालीले रोकेको ड्रोन संलग्न शत्रुतापूर्ण इरानी आक्रमणको कडा निन्दा गर्दछ।” मन्त्रालयले यूएईले ‘जवाफ दिने पूर्ण र वैध अधिकार’ सुरक्षित राखेको पनि बताएको छ ।

रक्षा मन्त्रालयले इरानबाट आएको ड्रोनलाई आफ्नो जलक्षेत्रमाथि नियन्त्रण गरेको बताउँदै अमेरिकी कर्मचारी बस्ने अखडामा क्षेप्यास्त्र आक्रमण भएको अफवाह अस्वीकार ग¥यो । सोमबारको सुरुमा इरानले अल मिन्हाद हवाई अड्डालाई ‘दर्जनौँ ड्रोन आक्रमण” बाट लक्षित गरेको दाबी गरेको थियो ।

Advertisement

यसैबीच उता अमेरिकी सेनाका सचिव ड्यान ड्रिस्कोलले राजीनामा दिएका छन् । पदमा बसेको करिब १८ महीनामै उनको यो राजीनामा आएको हो । रक्षामन्त्री पिट हेगसेथसँग महिनौँदेखि जारी विवाद र तनावपछि उनले पदबाट राजीनामा दिएको अमेरिकी सञ्चारमाध्यम सीबीएसले जनाएको छ ।

४१ वर्षीय ड्रिस्कोल अमेरिकी सेनाको इतिहासमा सबैभन्दा कम उमेरमा सचिव बनेका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा उनलाई उदीयमान सैन्य प्रविधि तथा ड्रोनको प्रयोगलाई प्राथमिकता दिने अधिकारीका रूपमा चिनिन्थ्यो ।

ड्रिस्कोलले ट्रम्पको मेक अमेरिका स्ट्रङ अगेन अभियान अघि बढाउन प्रभावकारी भूमिका खेलेको र सैन्य कारबाहीका क्रममा उत्कृष्ट नेतृत्व प्रदान गरेको ह्वाइट हाउसले जनाएको छ । ड्रिस्कोल र हेगसेथबीचको विवादको विस्तृत कारण भने सार्वजनिक भएको छैन ।

सीबीएसका अनुसार ड्रिस्कोल अमेरिकी सेनाका पूर्वप्रमुख ¥यान्डी जर्जका निकट मित्र हुन् । जर्जलाई पनि हेगसेथले राजीनामा दिन दबाब दिएको बताइएको छ । ड्रिस्कोलको राजीनामा अमेरिकी सेनाका उच्च तहका अधिकारीहरूको पछिल्लो श्रृंखलाबद्ध बहिर्गमनमध्ये एक हो ।

यसअघि अप्रिलमा नौसेनाका सचिव जोन फेलनले अचानक पद छाडेका थिए । सेनाका प्रमुख ¥यान्डी जर्ज, अमेरिकी सेनाका जनरल डेभिड होड्ने र मेजर जनरल विलियम ग्रिन पनि पछिल्लो समय जिम्मेवारीबाट बाहिरिएका छन् ।

हेगसेथले पेन्टागनको नेतृत्व सम्हालेयता नौसेना सञ्चालन प्रमुख र वायुसेनाका उपप्रमुखसहित एक दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारीलाई पदबाट हटाइसकेका छन् । ड्रिस्कोलले यसअघि अमेरिकी सेनामा अधिकारीका रूपमा सेवा गरेका थिए ।

सन् २००७ मा सेनामा प्रवेश गरेका उनले क्याभलरी प्लाटुनको नेतृत्व गर्नुका साथै सन् २००९ मा केही महिना इराकमा समेत सेवा गरेका थिए । सेना सचिव बनेपछि उनी युद्धमा प्रयोग हुने नयाँ प्रविधि र ड्रोनको पक्षमा खुलेर लागेका कारण ट्रम्पका ड्रोनसम्बन्धी प्रमुख सहयोगीका रूपमा चर्चित बने ।

यसैले उनलाई ट्रम्पका ड्रोनम्यान समेत भनिन्थ्यो ।रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले भएका वार्तामा पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए । यसक्रममा ड्रिस्कोलले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए । ड्रिस्कोल अमेरिकी उपराष्ट्रपति जेडी भेन्सका निकट साथी हुन् ।

दुवैको भेट येल कानुन विद्यालयमा अध्ययन गर्ने क्रममा भएको थियो । यता हालैका हप्ताहरूमा मत्थर भएको इरान र अमेरिकाबिचको आक्रमण पुनः भड्किएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानमाथि थप कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

आइतबार अमेरिकाले इरानको लाराक द्वीपमा आक्रमण गरेको थियो । यसको प्रतिकारमा इरानले सोमबार राति जोर्डनमा रहेका दुई अमेरिकी सैन्य आधारलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गर्यो । लाराकमा स्ट्रेट अफ होर्मुजमा समुद्री सुरुङ बिछ्याउन तयारी गरिरहेका इरानी प्रक्षेपण प्रणालीलाई निशाना बनाइएको अमेरिकी पक्षको दाबी छ ।

घटनापछि ट्रम्पले इरानलाई कडा जवाफ दिने भनेका छन् । रानमाथि कडा प्रहार गरिने र यसको जवाफ दिइने ट्रम्पले बताएको भन्दै फक्स न्युजले समाचार छापेको छ । पछिल्लो आक्रमण–प्रत्याक्रमणले प्रतिबन्ध, नाकाबन्दी र आर्थिक दबाब मार्फत बढ्दो रूपमा लडिएको द्वन्द्व कति छिटो सैन्य कारबाहीमा परिणत हुन सक्छ भन्ने कुरालाई उजागर गरेको छ ।

यतिबेला दुवै पक्ष पूर्ण–स्तरीय युद्धमा फर्कन खोजेका छैनन । तर आफूमाथि हुने आक्रमणमा जवाफ दिन भने दुवै तयार रहेका छन् । ‘उनीहरूलाई हामी कडा प्रहार गर्नेछौँ,’ फक्स न्यूजका एक रिपोर्टरले ट्रम्पको भनाई उद्धृत गरेका छन् । कुनै आक्रमण भयो भने यसको प्रतिउत्तरमा आक्रमण गरिने पनि उनले बताएका छन् ।

ट्रम्पले ओभल अफिसमा पत्रकारहरूसँगको भेटमा ट्रम्पले पछिल्लो सैन्य झडपलाई पूर्ण युद्धतर्फ फर्किएको संकेतका रूपमा भने व्याख्या गरेनन् । इरानविरुद्ध आणविक हतियार प्रयोग गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा ट्रम्पले त्यसलाई अस्वीकार गर्ने कुनै कारण नरहेको बताए।

उनका अनुसार इरान सैन्य रूपमा पहिले नै गम्भीर रूपमा कमजोर भइसकेको छ । ‘यसको मतलब यो होइन कि हामी उनीहरूमाथि प्रहार गर्नेछैनौं । के हुन्छ हामी हेर्नेछौँ,’ उनले भने । इरानविरुद्ध आणविक हतियार प्रयोग गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा त्यसलाई अस्वीकार गर्ने कुनै कारण नरहेको पनि ट्रम्पले बताए ।

उनका अनुसार इरान सैन्य रूपमा पहिले नै गम्भीर रूपमा कमजोर भइसकेको छ । इरानी एक वरिष्ठ अधिकारीले पछिल्लो आक्रमण र प्रत्याक्रमणलाई सीमित र नियन्त्रणमा रहेको सैन्य भिडन्त भनेका छन् । तर अमेरिकाले पुनः आक्रमण गरेमा तेहरानले कडा जवाफ दिने चेतावनी उनले दिए ।

पछिल्लो तनावका क्रममा ट्रम्पले सामाजिक सञ्जालमा इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग द्वीपमा ठुलो विस्फोट भएको देखाउने दुईवटा भिडियो पोस्ट गरेका थिए । उनले खार्ग द्वीप ध्वस्त पारिएको दाबी पनि गरेका थिए । तर ती भिडियो वास्तविक घटनाका नभई एआईबाट तयार पारिएका थिए ।

खार्ग द्वीपमा त्यस्तो आक्रमण भएको कुनै प्रमाण भेटिएको छैन । इरानले ट्रम्पको सो पोस्टलाई हास्यास्पद भनेको थियो । सामाजिक सञ्जालमार्फत सन्देश दिन खोजेको भन्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ट्रम्पको बचाउ गरेका थिए ।

अहिलेसम्म अमेरिकाले इरानको मुख्य तेल तथा ग्यास पूर्वाधारमाथि आक्रमण थाँती राख्दै आएको छ । अमेरिकाले आफ्ना ठूला तेल तथा ग्यास पूर्वाधारलाई निशाना बनाएमा पश्चिम एशियाली देशमा विनाशकारी आक्रमण गर्ने चेतावनी इरानले दिँदै आएको छ ।

अमेरिकी अधिकारीका अनुसार अमेरिकी सेनाले आइतबार इरानको लाराक द्वीपमा रहेका दुईवटा प्रक्षेपण प्रणालीलाई निशाना बनाएको थियो । इरानी रिभोलुसनरी गाड्र्सका सदस्यहरूले स्ट्रेट अफ होर्मुजमा समुद्री सुरुङ बिछ्याउन रकेट प्रहार गर्ने तयारी गरिरहेको देखिएपछि सीमित र सटीक कारबाही गरिएको अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ ।

अमेरिकी आक्रमणमा तीन जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमले भनेका छन् । तीमध्ये दुई जना रिभोलुसनरी गाड्र्सको नौसैनिक दस्ताका सदस्य रहेको बताइएको छ । लाराक द्वीप स्ट्रेट अफ होर्मुजमा पर्ने सानो द्वीप हो । यस द्वीपबाट इरानको झन्डै ९० प्रतिशत तेल बाहिरिन्छ ।

इरानी सरकारी टेलिभिजनले स्ट्रेट अफ होर्मुजको दक्षिणी क्षेत्रमा दुईवटा समुद्री सुरुङमा ठोक्किएपछि एउटा ठुलो तेल ट्यांकरमा आगलागी भएको दाबी गरेको थियो । तर अमेरिकी सेनाले उक्त दाबी अस्वीकार गरेको छ । अमेरिकाले पछिल्लो समय इरानमाथि सैन्य कारबाहीभन्दा आर्थिक दबाब बढाउने रणनीतिलाई प्राथमिकता दिँदै आएको छ ।

पछिल्लो समय अमेरिकाले इरानको तेल खरिद गर्ने तेस्रो देशका कम्पनी तथा संस्थालाई समेत लक्षित गर्दै अमेरिकाले दोस्रो तहका प्रतिबन्ध थप कडा बनाएको छ । नयाँ प्रतिबन्धको असर अर्थतन्त्रमा देखिन थालेपछि इरान बिच्किएको अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भनेका छन् ।

‘अर्थतन्त्रको अवस्था देखेर तिनीहरूलाई झट्का लागेको छ,’ उत्तर क्यारोलिनामा जी२० को अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नरहरूको एउटा भेलामा बेसेन्टले भनेका थिए । दोस्रो स्तरका नयाँ प्रतिबन्धहरू केही हप्तामै सार्वजनिक गरिने र यो इरानको बैंकमाथि केन्द्रित हुने आइतबार बेसेन्टले रोयटर्सलाई भनेका थिए ।

उनका अनुसार आर्थिक दबाब बढ्दै गएपछि इरानले त्यसको प्रतिक्रिया सैन्य रूपमा दिन थालेको हो । केही हप्ताभित्रै इरानमाथि दोस्रो तहका नयाँ प्रतिबन्ध घोषणा हुन सक्ने बेसेन्टले भनेका छन् । यसको शुरुमा बैंक तथा वित्तीय संस्थालाई लक्षित गरिने उनको भनाइ छ ।

यता अमेरिका र इरानबिचको पछिल्लो सैन्य तनावका बाबजुद इरानी राष्ट्रपति मसुद पेजेस्कियानले युद्धको अन्त्य वार्ताबाट खोज्नुपर्ने बताएका छन् । किर्गिस्तानमा क्षेत्रीय सुरक्षा बैठकका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटमा पेजेस्कियानले युद्ध जारी राख्नु इरान, क्षेत्र र मानवताकै हितमा नरहेको बताएका हुन् ।

तेहरान अझै सहमति र समझदारीको बाटो खोज्ने पक्षमा रहेको उनले बताए । ट्रम्पले इरानमाथिको बमबारी अभियान अप्रिलमा अपरेसन एपिक फ्युरी नामकलाई युद्धविराममार्फत रोकेका थिए । त्यसपछि जुनमा वार्ताका लागि अस्थायी सहमतिसमेत बनेको थियो । तर त्यो सहमति टिक्न सकेन । जु

लाईमा अमेरिकाले दुई सातासम्म इरानमाथि हवाई आक्रमण गरेको थियो । पछिल्लो एक महिनादेखि अमेरिकाले इरानी बन्दरगाहको नाकाबन्दीमार्फत तेहरानमाथि आर्थिक दबाब बढाउँदै आएको छ । इरानले भने स्ट्रेट अफ होर्मुज बन्द रहेको र आफ्नो निगरानीमा मात्र पुनः खोलिने बताउँदै आएको छ ।

यद्यपि युद्ध सुरु गर्दा ट्रम्पले अघि सारेका प्रमुख उद्देश्य—इरानको आणविक कार्यक्रम ध्वस्त पार्ने, क्षेत्रीय प्रतिद्वन्द्वीमाथि आक्रमण गर्ने उसको क्षमता घटाउने र इरानको धार्मिक शासनविरुद्ध जनविद्रोहका लागि परिस्थिति सिर्जना गर्ने—अझै पूर्ण रूपमा हासिल हुन सकेका छैनन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top