यातायातमा सीसीटीभी मुन्तिरै घूस

यातायात कार्यालयले सञ्चालन गर्ने ट्रायल स्पट (ट्रायल लिने ठाउँ) का विभिन्न कुनामा सीसीटीभी राखिएको छ  । ट्रायलका क्रममा कर्मचारीले बदमासी गरेर फेल भएकालाई पास गराउन नसकुन् भन्ने उद्देश्यले सीसीटीभी जडान गरिएको हो  ।

तर, पछिल्लो समय सीसीटीभी निगरानीकै बाबजुद कर्मचारीले ‘घूस’ खाएर ट्रायल फेल भएकालाई ‘पास’ उल्लेख गरी लाइसेन्स जारी गरेको भेटिएको छ ।

‘उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा ट्रायलमा उपस्थित नै नभएका र फेल भएकालाई समेत लाइसेन्स जारी गरेको भेटियो,’ अख्तियारका प्रवक्ता रामेश्वर दंगालले कान्तिपुरसित भने, ‘प्रक्रियामा संलग्न कर्मचारीमाथि पदको दुरुपयोग गरी गलत काम गरेको आरोपमा भ्रष्टाचार मुद्दा चलाइएको हो ।’

Advertisement

अख्तियारले यातायात कार्यालयको सवारी चालक अनुमतिपत्र फाँटका प्रमुख तेजनारायण यादवसहित अधिकृतहरू ईश्वर रेग्मी, भूपराज दाहाल, शिवप्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी, शालिग्राम पौडेल, मेकानिकल इन्जिनियर श्याम केसी, कम्प्युटर अपरेटरहरू लक्ष्मण तिवारी, विज्ञान खड्गी र नासु लेखनाथ भुसाललाई भ्रष्टाचार मुद्दा चलाएको छ ।

अख्तियार स्रोतका अनुसार अनुसन्धानका क्रममा यातायात कार्यालयमा देखिएका अनियमितताका घटना विश्वास नै गर्न नसकिने खालका छन् । अनियमिततामा संलग्न कर्मचारीले बिनाकुनै संकोच खुलमखुला मनोमानी ढंगले काम गरेको अधिकारीहरूको भनाइ छ ।

Advertisement

२०७४ फागुन ५ गते शनिबार भएकाले सबै यातायात कार्यालयहरूले ट्रायल लिएका थिएनन् । तर, त्यही दिन ट्रायल पास गरेको भनेर लाइसेन्स जारी गरेको भेटियो । एक अधिकारीले भने, ‘सीसीटीभी हेर्दा त्यो दिन ट्रायल भएकै देखिन्न ।’,यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top