Nepal Times
Nepal Times
3
Shares

फेरि अर्को बलात्कारः छिमेकीद्वारा बालिका बलात्कृत

फेरि अर्को बलात्कारः छिमेकीद्वारा बालिका बलात्कृत

सप्तरीमा १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

सप्तरीमा यसअघि पनि ७१ वर्षीया वृद्धा र १४ वर्षीया बालिका बलात्कृत भएका थिए । त्यो घटना भएको एक साता नबित्दै जिल्लाको डाक्नेश्वरी नगरपालिका २ पातोमा बिहीबार १४ वर्षीया अर्की बालिका बलात्कृत भएकी हुन् ।

प्रहरीका अनुसार घरमा एक्लै रहेकी ती बालिकालाई छिमेकी १७ वर्षीय युवकले केही काम छ भन्दै फकाएर कोठामा लगेर बलात्कार गरेको समाचारमा उल्लेख छ ।

डिएसपी भावेश रिमालका अनुसार युवकलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.