lUtima Aura सेप्टेम्बर ८ मा सार्वजनिक हुँदै, उच्चस्तरीय अडियो प्रविधि सुलभ मूल्यमा

२१ भदौ ८३, आइतबार
Share this
730shares

२१ भदौ , काठमाण्डौ ।

Advertisement

नेपालको अडियो तथा पहिरनयोग्य प्रविधि ब्रान्ड  lUtima lifestyle  ले नयाँ वायरलेस इयरबड्स lUtima Aura  यही सेप्टेम्बर ८, २०२६ मा सार्वजनिक गर्ने भएको छ। कम्पनीका अनुसार    Aura Hi-Res Audio  प्रमाणपत्र र Sony LDAC सुविधा प्राप्त गर्ने नेपालको पहिलो नेपाली ब्रान्डको इयरबड्स हो। क्यलथद्वारा ध्वनि समायोजन गरिएको यस इयरबड्समा उच्चस्तरीय अडियो, उन्नत आवाज नियन्त्रण तथा विभिन्न स्मार्ट सुविधा समावेश छन्। 

Advertisement

Aura मा ६ वटा माइक्रोफोन, ५० डेसिबलसम्मको आवाज नियन्त्रण, ३डी अडियो, ११ मिलिमिटरका टाइटेनियम चालक, ५० घण्टासम्मको ब्याट्री, ४० मिलिसेकेन्डको कम विलम्बता भएको गेम मोड तथा दुईवटा उपकरणसँग एकैपटक जोडिन सकिने सुविधा रहेको कम्पनीले जनाएको छ। त्यस्तै, १० मिनेट चार्ज गर्दा १८० मिनेटसम्म प्रयोग गर्न सकिने द्रुत चार्ज सुविधा पनि यसमा रहेको छ।

Advertisement

इयरबड्सको चार्जिङ केसमा घुम्ने नियन्त्रण चक्र समेत राखिएको छ, जसलाई  lUtima Link App  मार्फत प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार नियन्त्रण गर्न सक्नेछन्।  Aura  जर्मनीमा डिजाइन गरिएको तथा पानी प्रतिरोधी क्षमता र हराएको उपकरण पत्ता लगाउने सुविधासहित आउने कम्पनीको भनाइ छ।

Aura को अधिकतम खुद्रा मूल्य ५,९९९ रुपैयाँ तोकिएको छ। तर सीमित समयका लागि ३,४९९ रुपैयाँ को विशेष सुरुवाती मूल्यमा उपलब्ध हुनेछ। कम्पनीले महँगा अन्तर्राष्ट्रिय ब्रान्डमा पाइने उच्चस्तरीय अडियो प्रविधि नेपाली उपभोक्तामाझ सुलभ मूल्यमा पु¥याउने उद्देश्यले उत्पादन ल्याएको जनाएको छ।

Aura केवल नयाँ इयरबड्स होइन, नेपाली प्रविधि ब्रान्डले ठूलो सोचका साथ कति अगाडि जान सक्छ भन्ने देखाउने प्रयास हो। यो त सुरुवात मात्र हो,”  lUtima sf General Manager Prajwal Dhakal ले भने।

Aura को आधिकारिक सार्वजनिकता सेप्टेम्बर ८ राति ८ बजे lUtima का आधिकारिक डिजिटल माध्यममार्फत हुनेछ। सेप्टेम्बर ९ देखि भने नेपालभर रहेका lUtima का आधिकारिक आउटलेटमा उपलब्ध हुनेछ।

                                                      Aura Chiffon White Obsidian Black गरी दुई आकर्षक म्याट रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

lUtima Lifestyle l ले Aura मार्फत नेपाली ब्रान्डलाई केवल सस्तो विकल्पका रूपमा नभई नयाँ प्रविधि र नवप्रवर्तन ल्याउन सक्ने ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top