२६ भदौ , काठमाण्डौ ।
भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा तथा भवनका भग्नावशेष हटाउन मात्रै ९५ अर्ब ४२ करोड रुपैयाँ खर्च लाग्ने अनुमान ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यक मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनले तत्काल तथा दीर्घकालीन पुनःस्थापनाका लागि ठूलो रकम आवश्यक पर्ने देखायो ।

प्रतिवेदनअनुसार बाढीबाट ४८ अर्ब २४ करोड रुपैयाँ बराबरका भवन संरचना क्षतिग्रस्त ।
करिब दुई अर्ब रुपैयाँ बराबरको माटोको थुप्रो हटाउन मात्रै ३० करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान ।
विपद् जोखिम न्यूनीकरणका लागि तत्काल ३५ करोड र दीर्घकालमा ९४ करोड ४० लाख रुपैयाँ आवश्यक पर्ने देखिएको उल्लेख ।
तत्काल पुनरुत्थानका लागि पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी ६७ अर्ब ४२ करोड रुपैयाँ खर्च हुने अनुमान ।
यसअन्तर्गत जलविद्युत्, विद्युत् प्रसारण, सडक, पुल, सञ्चार, खानेपानी, सरसफाइ, सिँचाइ तथा नदी व्यवस्थापनका काम हुने ।
सामाजिक क्षेत्रको पुनरुत्थानमा ८ अर्ब २९ करोड र उत्पादन क्षेत्रका लागि ५ अर्ब रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख ।
उत्पादनतर्फ कृषि, माछापालन, पशुपालन, बैंकिङ तथा जीविकोपार्जनमा खर्च गरिने।




