प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

२६ भदौ ८३, शुक्रबार
Share this
743shares

२६ भदौ , काठमाण्डौ ।

Advertisement

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै ।

बैठक दिउँसो १ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने कार्यसूची ।

Advertisement

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम ।

यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

Advertisement

दुवै विधेयक संघीय संसद्को विधायिकी प्रक्रियाअन्तर्गत प्रतिनिधि सभामा छलफलका लागि अघि बढाइँदै ।

आजको बैठकमा कर्मचारी सञ्चय कोष र नेपाल कानुन आयोगसँग सम्बन्धित दुई महत्वपूर्ण विधेयकमाथि प्रारम्भिक छलफल हुने भएकाले बैठकलाई विधायिकी कामकारबाहीका दृष्टिले महत्वपूर्ण रूपमा हेरिदै ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top