पुटिन भारतमा, मोदीसँग रक्षा सम्झौताबारे छलफल हुने

२६ भदौ ८३, शुक्रबार
Share this
724shares

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतमा ।

Advertisement

शुक्रबार बिहान करिब ३ बजे नयाँ दिल्लीस्थित विमानस्थलमा अवतरण गरेका पुटिनलाई भारतका विदेश राज्यमन्त्री केभी सिंहले स्वागत गरे ।

रातो कार्पेटसहित स्वागत गरिएका पुटिनलाई विमानस्थलमा गार्ड अफ अनरसमेत दिइएको भारतीय सञ्चारमाध्यममा उल्लेख ।

Advertisement

पुटिन दिल्लीस्थित मौर्य सेराटन होटलमा बस्ने ।

फेब्रुअरी २०२२ मा युक्रेन युद्ध सुरु भएयता रुसबाहिर आयोजना भएको ब्रिक्स शिखर सम्मेलनमा पुटिनको यो पहिलो प्रत्यक्ष सहभागिता हो।

Advertisement

सम्मेलनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पुटिनबीच भेटवार्ता हुने कार्यक्रम ।

भेटवार्तामा रक्षा सहकार्यलगायत विषयमा छलफल हुने अपेक्षा ।

विशेषगरी एसयू–५७ लडाकु विमान तथा अद्यावधिक ब्रह्मोस क्षेप्यास्त्रसँग सम्बन्धित सम्झौताबारे छलफल हुने अनुमान ।

रुसले भारतलाई एसयू–५७ बिक्रीसँगै भारतमै उत्पादन र आवश्यक प्रविधि हस्तान्तरणको प्रस्तावसमेत गरिसकेको छ।

यसैबीच, चीनका राष्ट्रपति सी चिनफिङ पनि ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत आउने ।

१८औँ ब्रिक्स शिखर सम्मेलन सेप्टेम्बर १२ र १३ मा नयाँ दिल्लीमा आयोजना हुँदै ।

सम्मेलनमा विश्वका उदीयमान अर्थतन्त्रबीच आर्थिक, राजनीतिक तथा रणनीतिक सहकार्यका विषयमा छलफल हुने अपेक्षा

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top