भोटेकोशी बाढीले क्षतिग्रस्त १२ झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० सम्म सञ्चालनमा ल्याउने तयारी

३१ भदौ ८३, बुधबार
Share this
708shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त झोलुङ्गे पुलहरूको मर्मत कार्य सरकारले तीव्र बनाएको छ। क्षतिग्रस्तमध्ये १२ वटा पुलको मर्मत सुरु भइसकेको छ। धादिङका कालिकास्थान, मालिङ्गा मझुवाटार दोभान, महादेवा मास्टर, चिरौंदी खोला, शितलबजार क्युरेनीटार र बेल्खु भुतिया तथा नुवाकोट–धादिङ जोड्ने केउरेनी गहते, पिमलटार जागाराम, कोतपु कल्लेरी, फोस्रेटार र फिलिङ पुलको मर्मत भइरहेको छ। गोरखा–धादिङ जोड्ने बादरे झोलुङ्गे पुलको पनि मर्मत सुरु भएको छ।यी पुलहरू असोज २० गतेभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको सरकारले जनाएको छ।

Advertisement

त्यस्तै, थप ८ वटा क्षतिग्रस्त पुलको मर्मतका लागि प्राविधिक तथा प्रशासनिक तयारी अघि बढाइएको छ। आवश्यक डेकलगायत सामग्री खरिदका लागि निर्माण कम्पनीसँग सम्झौता भई पहिलो चरणका सामग्री कार्यस्थलमा पुर्‍याइसकिएको छ भने दोस्रो चरणका स्टिल पार्ट्स खरिद प्रक्रिया अघि बढाइएको छ। मर्मत गर्न नसकिने गरी क्षतिग्रस्त ३३ वटा पुल भने पुनर्निर्माण गरिने भएका छन्। त्यसका लागि सरकारले भदौ १७ गते बोलपत्र आह्वान गरिसकेको छ। पुल निर्माण तथा मर्मतका लागि आवश्यक लठ्ठा र ‘बुलडग ग्रिप्स’ लगायत सामग्री खरिद गर्न बोलपत्र आह्वान गरिएको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top