आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको बिदा प्रस्ताव : कानुनमन्त्री गौतम

३१ भदौ ८३, बुधबार
Share this
692shares

काठमाडौं । कानुनमन्त्री सोबिता गौतमले आमालाई कम्तीमा ६ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको बिदा दिने व्यवस्था प्रस्ताव गरिएको बताएकी छन्। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि तयार गरिएको विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको उनले जानकारी दिइन्। विधेयक मन्त्रिपरिषद् हुँदै संसदमा लैजाने तयारी भइरहेको गौतमले बताइन्।

Advertisement

उनका अनुसार बदलिँदो जीवनशैली र कामको चापका कारण परिवार एक वा दुई सन्तानमा सीमित भइरहेका बेला नवजात शिशु र परिवारलाई पर्याप्त समय दिन अभिभावकलाई सहयोग गर्नु राज्यको जिम्मेवारी हो। गौतमले बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया भए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको बताइन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top