चाडपर्वमा चिनी अभाव नहुने, प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको सरकारको दाबी

३१ भदौ ८३, बुधबार
Share this
749shares

काठमाडौं । सरकारले चाडपर्वका बेला बजारमा चिनीको अभाव नहुने जनाएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा चिनीको पर्याप्त आपूर्ति भइरहेको भन्दै उपभोक्तालाई नआत्तिन आग्रह गरेको हो। विभागले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा भोटेकोशी नदीमा आएको बाढीपहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरो गई बाटो अवरुद्ध भएको तथा भारतले चिनीलगायत वस्तुको निकासीमा प्रतिबन्ध लगाएको विषयलाई लिएर चाडपर्वमा चिनीको अभाव हुने भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको उल्लेख गरेको छ।

Advertisement

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्रीको अध्यक्षतामा २०८३ भदौ ३० गते सरोकारवालासँग भएको बैठकका आधारमा विभागले काठमाडौं उपत्यकाका भाटभटेनी, बिगमार्ट, सेल्सबेरीलगायत एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा चिनी सर्वसुलभ रूपमा बिक्री भइरहेको जनाएको छ।

विभागका अनुसार बजारमा चिनीको सहज र पर्याप्त आपूर्ति भइरहेकाले आम उपभोक्तालाई आवश्यकताभन्दा बढी चिनी खरिद नगर्नसमेत आग्रह गरिएको छ।

Advertisement

विभागले चिनीको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी वा अनुचित मूल्यमा बिक्री वितरण गरेको पाइएमा अनुगमन गरी कारबाही गर्ने संकेत पनि गरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top