१ असोज , काठमाण्डौ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट १ अर्ब ३४ करोड ७८ लाख रुपैयाँभन्दा बढीको अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा धनुषाका एक युवकलाई पक्राउ ।
पक्राउ पर्नेमा धनुषाको शहीदनगर नगरपालिका–४ का २४ वर्षीय अजयकुमार मुखिया ।

सीआईबीका अनुसार मलेसियालगायत विभिन्न मुलुकबाट अवैध रूपमा हुन्डी कारोबार भइरहेको सूचनाका आधारमा सूक्ष्म अनुसन्धान तथा विभिन्न बैंक खातामार्फत भएका कारोबारको विश्लेषण गरिएको थियो।
अनुसन्धानका क्रममा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताहरू प्रयोग गरी विभिन्न समयमा कुल १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको अवैध हुन्डी कारोबार भएको खुलेको प्रहरीको भनाइ।
मुखियालाई धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीद्वारा पक्राउ ।
पक्राउ परेका मुखियामाथि हुन्डीसम्बन्धी कारोबार गर्न नहुने कसूरमा थप अनुसन्धान भइरहेको तथा उक्त कारोबारमा अन्य व्यक्तिको समेत संलग्नता रहेको हुन सक्ने भन्दै खोजी तथा अनुसन्धानलाई तीव्रता दिइएको सीआईबीले दियो जानकारी ।




