देशभर मनसुनी वायुको प्रभाव, आज तीन प्रदेशमा भारी वर्षा

१ असोज ८३, बिहीबार
Share this
772shares

१ असोज , काठमाण्डौ।

Advertisement

देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज अधिकांश भू–भागमा बदलीसहित वर्षाको सम्भावना ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले कोशी, बागमती, गण्डकी र मधेश प्रदेशमा मौसम सामान्यतया बदली रहदा गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानमा विहानैदेखि हल्कादेखि मध्यम वर्षा ।

Advertisement

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहदा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही स्थान तथा कर्णालीका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना ।

पहाडी तथा तराईका विभिन्न क्षेत्रमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना ।

Advertisement

कोशी प्रदेशको पहाडी तथा तराई भू–भाग, बागमतीको तराई र गण्डकीको पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान ।

रातिसमेत देशभर बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र तराई क्षेत्रमा वर्षाको सम्भावना

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top