एलपी ग्यास ढुवानीमा अवरोध नगर्न उद्योग संघको आग्रह

१ असोज ८३, बिहीबार
Share this
712shares

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन ढुवानीमा अवरोध नगर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। संघले जारी गरेको प्रेस विज्ञप्तिमा मुग्लिन–नारायणगढ सडकखण्ड तथा कृष्णभीर क्षेत्रमा पहिरोका कारण राजमार्गको केही खण्ड कटान तथा अवरुद्ध हुँदा उपत्यकामा ग्यास आपूर्ति प्रभावित भएको जनाएको छ। सडक अवरोधका कारण मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धादिङमा रहेका ग्यास उद्योगबाट उपत्यकातर्फ एलपी ग्यास ढुवानी गर्न समस्या भइरहेको संघको भनाइ छ।

Advertisement

संघका अनुसार यसअघि भदौ १९ गते जारी सूचनामार्फत काठमाडौं उपत्यकामा एलपी ग्यास आपूर्ति गर्नुपर्ने भएकाले उद्योगहरूलाई सिलिन्डरमा ग्यास भरी पठाउन निर्देशन दिइएको थियो। त्यस क्रममा ग्यास बिक्री वितरणका लागि उद्योगहरूलाई प्रतिसिलिन्डर २ हजार ५० रुपैयाँका दरले बिक्री गर्न र थप मूल्य नलिन भनिएको थियो। तर सडकखण्डमा वैकल्पिक यातायात सुचारु भइसकेको अवस्थामा समेत एलपी ग्यास बुलेट तथा सिलिन्डर बोकेका सवारीलाई आवतजावतमा रोक लगाइएको संघले जनाएको छ।

संघले सडक अवरोधका कारण उपत्यकामा ग्यासको अभाव हुन सक्ने भन्दै आपूर्ति सहज बनाउन वैकल्पिक मार्गबाट समेत ग्यास ल्याउन पाउने व्यवस्था गर्न माग गरेको छ। संघले काठमाडौं उपत्यकामा एलपी ग्यास आपूर्ति गर्ने सबै उद्योगलाई भदौ ९ गते शुक्रबारदेखि लागू हुने गरी उपभोक्ताका लागि प्रतिसिलिन्डर २ हजार ५० रुपैयाँमा ग्यास बिक्री वितरण गर्न र सोही मूल्यबारे उपभोक्तालाई जानकारी गराउन अनुरोध गरेको छ।

Advertisement

ग्यास आपूर्ति नियमित राख्न उद्योगबाट पठाइएका बुलेट तथा सिलिन्डर बोकेका सवारीलाई सहज रूपमा आवतजावत गर्ने वातावरण बनाउनुपर्ने संघको माग छ। सडक अवरोध लामो समय कायम रहेमा काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति प्रभावित भई उपभोक्ताले थप समस्या व्यहोर्नुपर्ने अवस्था आउन सक्ने संघले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top