तपाईंको बजारले ल्यायो ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर

२ असोज ८३, शुक्रबार
Share this
671shares

२ असोज , काठमाण्डौ ।

Advertisement

राइड सेयरिङमार्फत युवालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित नेपालमा ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरिएको छ ।

तपाईंको बजार र भेट्रा मोटर्स प्रालिको सहकार्यमा ल्याइएको स्कुटरको मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।

Advertisement

राइड सेयरिङमा आबद्ध राइडरले दैनिक भाडा तिरेर सवारी चलाउनुपर्ने अवस्थाको अन्त्य गर्दै आफ्नै सवारीसाधनको मालिक बन्न सक्ने अवधारणासहित योजना ल्याइएको कम्पनीले जनाएको छ ।

योजनाअन्तर्गत राइडरले शून्य डाउनपेमेन्टमा स्कुटर लिन सक्नेछन् ।

Advertisement

दैनिक आम्दानीबाट किस्ता तिर्दै स्कुटरको स्वामित्व हासिल गर्न सकिने कम्पनीको दाबी छ ।

हाल राइड सेयरिङका लागि बजारमा बाइक तथा स्कुटर दैनिक ८ सयदेखि १ हजार रुपैयाँसम्म भाडामा उपलब्ध हुँदै आएका छन् ।

यही हाराहारीको रकममा राइडरलाई आफ्नै सवारीसाधनको मालिक बनाउने उद्देश्यले योजना अघि सारिएको तपाईंको बजारले जनाएको छ ।

स्कुटर सार्वजनिक कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधनको प्रयोग बढेसँगै नेपालमै रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न यस्ता योजनाले योगदान पु¥याउने बताए ।

तपाईंको बजारकी प्रमुख कार्यकारी अधिकृत माया लामाले ५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित योजना दुई वर्षअघि नै सुरु गरिएको बताइन् ।

विभिन्न कारणले योजना अघि बढाउन नसकिए पनि अहिले बेस्ट फाइनान्स र याङ्गोसँगको सहकार्यमा कार्यक्रम सुरु गर्न सफल भएको उनले जानकारी दिइन् ।

कम्पनीका अनुसार ‘भेट्रा एरोन’ले एकपटक पूर्ण चार्ज गर्दा २५० किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ ।

स्कुटरमा १६५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ५ हजार वाटको मोटर र १२० एम्पियर क्षमताको एलएफपी ब्याट्री रहेको छ ।

विशेषगरी राइड सेयरिङ तथा राइड–हेलिङलाई लक्षित गरी तयार गरिएको स्कुटर नेपाली सडकका उकाली–ओरालीलाई ध्यानमा राखेर निर्माण गरिएको भेट्रा मोटर्सका निर्देशक मनिष श्रेष्ठले बताए ।

‘भेट्रा एरोन’ पानीपोखरी, बुटवल र बिर्तामोडस्थित तपाईंको बजारका शोरुमबाट उपलब्ध हुनेछ ।

योजनामा सहभागी हुन राइडरले राष्ट्रिय परिचयपत्र, प्यान कार्ड, लाइसेन्स र फोटो बुझाउनुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले राइड सेयरिङका लागि यो योजनालाई ‘भेट्रा राइड सेयरिङ’ का रूपमा अघि बढाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top