दसैं–तिहारलगत्तै सरकारविरुद्ध आन्दाेलन गर्ने प्रचण्डकाे घाेषणा

२ असोज ८३, शुक्रबार
Share this
701shares

काठमाडाैं ।  नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसैं–तिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सरकारका गतिविधिविरुद्ध प्रतिपक्षी दल तथा विभिन्न जनवर्गीय संगठनलाई एक ठाउँमा ल्याएर आन्दोलनको तयारी भइरहेको बताए।

Advertisement

दाहालले सरकारले सुकुम्बासी, मजदुर, किसान, विद्यार्थी र ट्रेड युनियनमाथि दमन गरेको आरोप लगाउँदै चाडपर्वपछि देशको परिस्थिति मूल्यांकन गरी ‘नयाँ आन्दोलन’ सुरु गर्ने बताए। उनले पछिल्लो समय स्थापित राजनीतिक दल र नेताप्रति जनताको आकर्षण पुनः बढ्दै गएको दाबीसमेत गरे।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top